Contact Links Nepalese Law & Legal Materials Registry Justices General Information Home General Information
सर्वोच्च अदालत लगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाही सँग सम्वन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्वन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सिधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन Toll Free Number 1660-01-333-55 मा सम्पर्क गर्नुहोस् ।

Home »

सर्वोच्च अदालतको सूचना

सर्वोच्च अदालत लगायत मातहतका कुनै पनि अदालतमा कामसंग सम्बन्धित अदालतका सेवा ग्राहीहरुले आफ्नो कामसंग सम्बन्धित कुनै पनि समस्या, गुनासो, पिरमर्का, अनियमितता र ढिलासुस्ती जस्ता बिषयमा कुनै मौखिक उजुरी, समस्या, शिकायत वा सुझाव भए सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मीज्यूको निजी सचिवालय सर्वोच्च अदालतमा समस्या सुन्न गठन गरिएको शाखामा राखिएको टोल फ्रि टेलिफोन नं. १६६०–०१–३३३५५ मा सिधै टेलिफोन गरी जानकारी गराउन सक्ने व्यवस्था गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । न्यायिक कामकारबाहीमा पारदर्शिता, बिश्वसनियता र जवाफदेहिता बढाउने उदेश्यका साथै न्यायलयका कामकारबाही र सेवा प्रबाहमा सहजपन ल्याउन र सेवाग्राही मैत्री व्यवहार बढाउने उद्देश्यले शुरु गरिएको यस कार्यमा १६६०–०१–३३३५५ नं को टोल फ्रि टेलिफोनमा देशको जुनसुकै स्थानबाट सम्पर्क गर्दा कुनै पनि शुल्क नलाग्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

(हेमन्त रावल)
उप रजिष्ट्रार
 
[Terms of use] [Privacy Policy] [Disclaimer]
© Copyrights 2008 SUPREME COURT OF NEPAL . All Rights Reserved.
Web Mastered at IT Department, Supreme Court.