विस्तृत खोजी

 
 
 
 
 
      

११ खोजी नतिजाहरु

निर्णय नं. ४३ - लेनदेन

 फैसला मिति:२०१५/०८/१२  फूल बेन्च इजलास  ८४५
 पुनरावेदक/ प्रतिवादी : तारा शम्शेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : श्री ३ माहिली महारानी कृष्णकुमारी राणाजिनी

(१) साहु आसामीको २ नं.– तमसुक भएका मितिले १० बर्ष भित्र रीतपूर्वकको भाखापत्र गराएको भए मात्र भाखापत्र गराएको भए मात्र भाखापत्र भएको मितिले फेरी १० बर्षको हदम्याद पाउने–गैरकानूनी ढंगबाट आयस्ता रोकेकोलाई म्याद भित्रको उजुर र भाखा करारको स्पष्ट शब्दको लिखत बेगर भाखा करार वा मन्जूरी भएको भन्न नमिल्ने । हाम्रा बाबु खसमले रू. २०००० लिनु भएकोमा हामी अंशियारले बुझाउनु पर्ने हो बुझाउँछौ । भाखा पाउँ भन्ने समेत शब्द परेका कागजहरू बेगर आफ्ना मातहतबाट दिन पर्ने अर्काको आफ्ना खुशीले रोकी दिएको कुरालाई रोक्का नहोस भनी दुःख पुकार गरेका चिठ्ठीलाई भाखापत्र सरहको मञ्जुरी भनी अर्थ लगाउन र कानून अन्तर्गतको व्यवहारिक व्यवस्था भनी मान्यता दिन न्यायमा उचित देखिएन । ऐनका मन्सायमा मिल्ने भाखापत्र बेगर मञ्जुरी भन्न नभई म्याद भित्रको उचित कानूनी कारवाई नभएपछि म्याद खिलाफ भएकै भन्न पर्छ । म्याद भित्र भाखापत्र वा उजुर नगरी आफैंले आफ्ना मनासिवबाट रोकी दिएका आयस्तालाई भाखा करार वा मन्जूरी सम्झिएका सो कुरै बदर र अवैधानिक ठहरेको भएपछि १० बर्षभित्रको भाखापत्र वा मञ्जुरी भनी हदम्याद थामी दिन नमिल्ने । गैरकानूनी तरिकाले आयस्ता रोकीदिएको कारणबाट दुःख पुरकार गर्ने अवस्था परी दुःख पुकारासम्म गरेको देखिने पत्रको विचार गरी रहनु नपर्ने । (प्रकरण नं. १२ र १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४२ - आर्य समाजी

 फैसला मिति:२०१३/०४/२५  डिभिजन वेन्च इजलास  ८५०
 पुनरावेदक/ प्रतिवादी : पूर्णबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : बिष्णुबहादुर थापा क्षेत्री

(१) कस–कसलाई आर्य समाजी मतमा ल्याए लगाए भन्ने किटानी उजुर नभएमा–सो मतमा गै सकेको र अरूलाई प्रचार गरी ल्याई सकेको नदेखिएमा–सरजमिनको आधारबाट पूरै कसूरबन्द ठहराई सजाय गर्न नमिल्ने । आर्य समाज धर्म प्रचार गरी कुनै मानिसलाई त्यस धर्ममा लगाई सकेको भन्ने किटानी साथको उजुर नभएको र म पूजाआजा गर्दै छु भनी प्र. विष्णुबहादुर समेतले बयान गरेको पछि बुझिएका सरजमिनले केही शंका गरी लेखिदिएका छन तापनि आर्य समाजको मतमा गईसकेको र अरूलाई आफ्नो मतमा ल्याई सकेको र प्रचार गरेको समेत नदेखिएकोले सिंगलबेञ्चले ठहराएको इन्साफ मनासिव छ । (प्रकरण नं. १३) (२) सरजमिनले आर्य मतमा लागेका भन्ने लेखिदिएमा–अरूको धर्ममा खलल नगरी सो मतमा जान उद्योगसम्म गरेको भन्नु पर्ने । धेरैजना सरजमिनले प्रतिवादीहरू आर्य मतमा लागेको भन्ने लेखिदिएका भएपछि अरू कसैको धर्म खलल गरेको नदेखिएकोले सो मतमा जान उद्योगसम्मगरेको भन्नु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१ - डाक रोकी पाउँ

 फैसला मिति:२०११/०९/२१  फूल बेन्च इजलास  ७३७
 पुनरावेदक/ प्रतिवादी : जिरोवती भन्ने चन्द्र कलावती बिरुद्ध विपक्षी/वादी : गेहेन्द्र शम्शेर थापा

(१) नेपाल कानून–बिदेशको व्यवहारलाई लाग्न नसक्ने । बिदेशको व्यवहारलाई नेपालको कानून लाग्न नसक्ने । बिदेशमा बक्स पाएको सदर वा बदरको इन्साफ यहाँबाट हुन नसक्ने । (प्रकरण नं. ५) (२) ससुरबाट भरी पाउने बिगो–बुहारीले बिदेशको मौजा बन्धकी राखी नेपालमा लिएको मौजाबाट–भरी भराउन हुन नसक्ने । बिदेशको आफ्ना नामको मौजा बन्धक राखी यसतर्फ लिएको चन्द्र कलावतीका नाउँको मौजे नहर्वा कमलदहहरू समेतका मौजाबाट गेहेन्द्र शम्शेरको बिगो भरी भराउ हुन सक्दैन । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४० - थुनछेक

 फैसला मिति:२०१२/०२/१३  स्पेशल बेञ्च इजलास  ७८१
 पुनरावेदक/ प्रतिवादी : कृष्ण खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : भक्तपुर मैजिष्ट्रेट

(१) नेपाल अन्तरिम शासन विधान, २००७ को दफा ३६– ऐन सवाल बर्खिलाफ काम गरेकोमा प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भएमा–अटेर गर्नेले असयोग गरेको देखिने । ऐन सवाल बर्खिलाफसँग मानिस थुनामा राखी कारवाई गरेकोमा उजुर परी प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भई आफ्नो गल्ती सावित भईसकेपछि बहाना गरी ऐनबमोजिम नगरी ऐनले थुन्न नहुने मानिसलाई थुनी राख्नु कार्यपालिकाबाट न्यायपालिकासम्बन्धी कारवाई गर्नमा नेपाल अन्तरिम शासन विधान ३६ दफाले बर्खिलाफ असहयोग गरेको प्रष्ट देखिन्छ । (प्रकरण नं. ६) (२) गैरकानूनी तरिकासँग मानिस थुनामा राखी कारवाई गर्ने र न्यायपालिकासँग असहयोग गर्ने मानिस–सजाय भागी हुने र त्यसले गरेको कारवाई बदर हुने । भक्तपुर मैजिष्ट्रेट सवालको मजबुन नबुझी कारवाई गर्नु भएमा कानूनबमोजिम निर्णय गर्ने । यस प्रधान न्यायालयलाई अधिकार भएकोले उहाँले असहयोग गर्नु भए तापनि न्यायालयले आफ्नो कर्तव्य पालन गर्नैपर्ने हुन आएकोले बेकानूनी तरिकासँग मानिस थुनामा राखी कारवाई गरेमा र मिसिल कागज नपठाएमा समेत भक्तपुर मैजिष्ट्रेट सजाय भागी हुनुपर्ने नै ठहरिन्छ । मैजिष्ट्रेटले गरेको कारवाई बेकानून देखिन ठहर्न आएकोले सो कारवाई बदर गरीदिने । (प्रकरण नं. ८ र १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९ - लिखत जालसाजी

 फैसला मिति:२०१४/०३/२८  डिभिजन वेन्च इजलास  ७०६
 पुनरावेदक/ प्रतिवादी : देवराज साहु तेली बिरुद्ध विपक्षी/वादी : भोला वीरकेशर पाण्डे समेत

(१) नालिस दिन जाने मानिस– सक्कल तमसुक बाहिर छाडी अड्डा भित्र गएको भन्न नहुने । सक्कल तमसुक आफ्नु साथमै लिई नालिस दर्ता गर्न जानु पर्ने सो नालिस दर्ता भएको भए सो नालिस दर्ता हुँदाका साथ सो तमसुकको नक्कल पेश गर्नुपर्ने । सो पेश गर्नालाई सक्कलसँग रूजु बाजू भई सक्कलको पीठमा अड्डाको छाप लगाई फिर्ता गरी नक्कल पेश हुने हुँदा त्यस्तो कागज आफ्नु साथमा नलगी बाहिर छाडी नालिस मात्र लिई वादी अड्डा भित्र गएको रहेछन भन्न सो वादीकै लेखबाट नहुने । (प्रकरण नं. ४) (२) पक्का सबुद प्रमाण नगुजारेसम्म–कसैलाई तमसुक दिएकै हो भन्न नहुने । जय बल्लभलाई तमसुक दिएकै हो भन्ने पक्का सबुद प्रमाण वादीले केही गुजार्ने नसकेको समेतबाट अर्को लिखत गराई पाउँ भन्ने वादीको उजुर पुग्न सक्दैन । (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८ - गुठी

 फैसला मिति:२०११/०४/११  डिभिजन वेन्च इजलास  ६९४
 पुनरावेदक/ प्रतिवादी : सुभद्राकुमारी बस्नेत क्षेत्रीनी समेत बिरुद्ध विपक्षी/वादी : दण्डी केशर थापा क्षेत्री

(१) दान दातव्यको ३ नं.–आफ्नो नातेदारलाई दान दातव्यपत्र पनि लेखी दिन नहुने लेखेको भए ऐनले सदर नहुने । बदर हुने ठहर्छ । दान दातव्यको ३ नम्बरको ऐनले आफ्नो नातेदारहरूलाई दान दातव्यपत्र भनी लेखि दिन नहुनेमा आमा नयनकुमारीले छोरी वादीहरूलाई दातव्यपत्र भनी लेखी दिएकीले नयनकुमारीले वादीहरूलाई गरी दिएको दातव्यपत्र ऐनले सदर नहुने भई बदर हुने । (प्रकरण नं. ८) (२) अपुतालीका ३ नं.–३ पुस्ताका हकवाला कोही नभएमा विवाहिता छोरीहरूले अपुतालीमा आधी पाउने । आधी नजिकवाला अर्को हकदारले पाउने । नजिकको हकदार एकबहादुर देखिन आएकोले अपुतालीका ३ नं. का ऐनबमोजिम नयनकुमारीको गुठी पालो मध्ये वादी सुभद्राकुमारी र वादी भुवनकुमारीले आधी र एकबहादुर थापा क्षेत्री ल.पु.इ.जाउलाखेलले आधी पाउने ठहर्छ । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७ - बेरीतसँग थुने

 फैसला मिति:२०११/०३/३१  फूल बेन्च इजलास  ७२३
 पुनरावेदक/ प्रतिवादी : ले.ज.मृगेन्द्र शम्शेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : काठमाडौं मैजिष्ट्रेट

(१) व्यक्तिगत स्वतन्त्रता ऐनको दफा ४ सार्वजनिक सुरक्षा ऐनबमोजिम मैजिष्ट्रेटले कारवाई गरी सकेकोमा–गरेको कारवाई ऐन सवालबमोजिम भएको छ, छैन भन्ने प्रश्न उठेमा–व्यक्तिगत स्वतन्त्रता ऐनको दफा ४ अन्तर्गत अदालतले विचार गर्न हुने । मैजिष्ट्रेटको कारवाई ऐन सवालबमोजिम भएको छ, छैन भन्ने विषयमा व्यक्तिगत स्वतन्त्रताको ऐन ४ दफा अन्तर्गत यस न्यायालयले मैजिष्ट्रेटको कारवाई कानूनी बेकानूनी के हो त्यसको विचार गर्नमा कुनै ऐन सवालले बाधा दिएको देखिंदैन । (प्रकरण नं. ७) (२) ने.सा.सु.ऐन प्रयोग गरी नजर बन्द राख्न परेमा प्रयोग गर्नुपर्ने कारण खोली पक्राउ गरी कारण सहितको आज्ञापत्र दिनुपर्ने भएको कारवाई यस्तो नदेखिएमा कारवाई बेहिसाव र लापरवाहिसँग भएको मानिने । ने.सा.सु.ऐन प्रयोग गरी नजरबन्द राख्न पर्दा पहिले पक्राउ गर्ने र त्यसपछि थुनामा राख्ने ठहर पर्चा गर्नुपर्ने उक्त ऐनमा उल्लेख नभएकोले सो ऐन प्रयोग गर्नुपर्ने अवस्था परे प्रयोग गर्नु परेको अवस्था कारण देखाई पक्राउ गरी सो कारण खोली अज्ञापत्र दिए पुग्नेमा माथि उल्लेख गरिएबमोजिम बेहिसाव लापरवाहीसँग कारवाई गरेको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६ - आगलागी ज्यान

 फैसला मिति:२०१६/०२/१८  डिभिजन वेन्च इजलास  ८१०
 पुनरावेदक/ प्रतिवादी : आइ सिंह तामाङ्गनी बिरुद्ध विपक्षी/वादी : सुनारायण तामाङ्ग समेत

(१) आगो लगाउनेको ४ नं. ज्यानसम्बन्धीको २५ नं. र दण्डसजायको ९० नं.–जानी जानी मानिस भएको घरमा आगो लगाई ज्यान मार्नेलाई दामलको सजाय हुने । अभियुक्त सावित भएको कारणबाट समेत घरमा आगो लगाएकोले बालक मर्न गएको बखत ज्यानसम्बन्धीको २५, आगो लागउनेको ४ नं. दण्डसजाय ९० नं. बमोजिम अभियुक्तलाई दामल गर्ने अपीलले ठहराएको मनासिव । (प्रकरण नं. ६) (२) अदालती बन्दोबस्तको १८१ नं. केही मुद्दा बाहेक एका मुद्दाको प्रतिवादीले त्यसै मुद्दामा वादी भई मुद्दा चलाउन नसक्ने–चलेको भएमा खारेज हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५ - जग्गा बाली

 फैसला मिति:२०१५/१२/०५  डिभिजन वेन्च इजलास  ७५८
 पुनरावेदक/ प्रतिवादी : तुयु सिंह महर्जन समेत बिरुद्ध विपक्षी/वादी : आशामरू महर्जन

(१) बाँकी बाली पाउँ भन्ने वादी दावीमा–प्रतिवादी सावित भएमा–बाँकी बाली बुझाउनु पर्ने आफ्नो लेना भए ऐनबमोजिम नालिस गर्नुपर्ने । वादीका दावीबमोजिमको बाली पाउँ भन्नेसम्म तुयुसिंह सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी लिनु पर्ने, तिर्जा बाली रोकी राख्न नहुने हुँदा तुयुसिंहको हकमा बाली बुझाउ नै पर्ने । (प्रकरण नं. ७) (२) बाँकी बाली पाउँ भन्ने दावीमा वादीबाट पेश भएको तिर्जासम्मको बालीमा–बुझाएको केही निस्सा दरपिठ नभएमा–बाली बुझाउनु पर्ने–तिर्जा पेश नभएको बाली बुझाउनु नपर्ने । वादीको दावीबमोजिमको बाली पाउँ भन्नेमा बुझाईसकेको छु । भनी इन्कारी लिएको ९९ साल देखि ४ साल तकको तिर्जा वादीबाट पेश नभई ५।६।७ सालको तिर्जा मात्र दाखिल भएकाले बाली तिरे भन्ने प्रतिवादी भई वादीबाट तिर्जा दाखिल हुन नआएको हुँदा ९९ साल देखि ४ सालतकको अष्टमानले तिर्न नपर्ने र ५।६।७ सालको हकमा तिरे बुझाएको निस्सा दाखिल नभएको तिर्जा वादीले पेश गरेको दरपिठ भएको समेत नदेखिएकोले सो सालको बालीको हकमा बुझाउनै पर्ने ठहर्छ । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३४ - सुन बिदेश निकासी

 फैसला मिति:२०१६/०१/२४  डिभिजन वेन्च इजलास  ८३६
 पुनरावेदक/ प्रतिवादी : रामदास राजभण्डारी बिरुद्ध विपक्षी/वादी : पूर्णरत्न बज्राचार्य

(१) २०१०।३।२३ मा गजेटमा प्रकाशित सुनचाँदिको र जवाहरात जडान भएको माल निकासी गर्ने सवालको दफा २ र निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७।०१० सालको सवालको दफा २ को रीत नपुर्या्ई सुन बिदेशतर्फ लैजान लागेको बयान र अरू स्थितिबाट देखिन आएमा–कानून बर्खिलाफ बिदेश निकासी गर्न लागेको ठहर्ने । रक्सौल जाने गाडीमा वीरगञ्जमा गिरफ्तार भएपछि वीराटनगर वा सप्तरी राजवीराजमा पुर्याीउन लैजान लागेको हुँ भन्ने बयानबाट पनि सो सुन वीरगञ्जमा रहने राख्ने नभई बिदेशतर्फ लैजान लागेको देखिन आउँछ । निकासी पैठारी विषयमा ‘निकासी प्रठारी (नियन्त्रण) ऐन, २०१३’ माघ २२ गतेको गजेटमा प्रकाशित भएको छ । सो ऐन लागू भईसकेपछि २०१०।३।२३ को सवालको दफा २ को रीत पुर्यारउनु पर्दैन कि भन्नलाई निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७ यस प्रकार छ, “यो ऐन जारी हुनु भन्दा अगावै सरकारले कुनै वस्तु वा वस्तुहरूमा लगाई राखेका प्रतिबन्धको खारेजी वा संशोधनको सूचना नभएसम्म कायम रहनेछ ।” यस कारणले वीराटनगर वा राजवीराज लैजान निमित्त पनि ०१०।३।२३ को सवाल दफा २ को रीत पुर्या्उनु पर्ने आवश्यकै थियो । तर पक्राउ भईसकेपछि मात्र “वीराटनगर वा राजवीराज लैजान लागेको हुँ” भनी बयान हुनुबाट त सजायबाट बच्नलाई मात्र सो कुराको आधार लिनु भएको देखिन आउँछ । माथि लेखिएका प्रमाण परिबन्दबाट रामदासले सो सुन कानून बर्खिलाफ बिदेश निकासी गर्न लाग्नु भएको ठहर्छ । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३ - दोहरा लिखत

 फैसला मिति:२०१४/०३/१२  डिभिजन वेन्च इजलास  ८१९
 पुनरावेदक/ प्रतिवादी : शशिकला देवी ब्राम्हणी बिरुद्ध विपक्षी/वादी : रामदेनी तिवारीनी समेत

(१) अदालतीको बन्दोबस्तको ८४ नं.–हाकिमका नाउँमा कराउनेको ९ नं. बमोजिम छलफलमा झिकाएका अर्जी खबरसम्म गर्न नपाउने झगडीया म्याद भित्र हाजिर हुन नआएमा–अदालती बन्दोबस्तको ८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा – गुज्रेको म्याद थाम्न हुने । हा.क.९ नं. ले छलफलमा झिकाएका झगडीयाले अर्जी खबरसम्म गर्न नपाउने र छलफलको म्याद टाँसिएको म्याद भित्र झगडीया हाजिर हुन नआएमा अ.वं.८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा गुज्रेका मितिले म्याद भित्र थमी पाउँ भनी अ.बं.८४ नं. को म्याद भित्र निवेदन परेमा थामिदैन भन्ने ऐन सवाल नभएकोले झिकाएका हकमा हरदेवले गुज्रेको म्याद थामी पाउँ भनी पहिला पटक ५० दिन भित्रै दिएका निवेदनमा ऐन सवालबमोजिम गर्नु भन्ने तोक लागि म्याद तारिख नथामिएको मनासिव नदेखिएकोले सो व्यहोरा रजिष्ट्रार अफिसमा सूचना दिनु । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु