विस्तृत खोजी

 
 
 
 
 
      

१ खोजी नतिजाहरु

निर्णय नं. ९२ - खाद्यान्न इस्टक राखे

 फैसला मिति:२०१७/०३/२३  डिभिजन वेन्च इजलास  ९०६
 पुनरावेदक/ प्रतिवादी : चन्द्रकुमारी श्रेष्ठनी बिरुद्ध विपक्षी/वादी : सरकार

१. बढी अन्न छँदै थिएन भन्न र सो यो काममा खर्च हुने भन्ने समेतको प्रमाण मौकैमा विवरण सहितको सूचना नदिएमा बढी अन्न राखेको ठहर्ने । बस्तु नियन्त्रण अल्पकालिन ऐन, २०१२ को दफा ४। नियन्त्रण गर्नको लागि व्यवस्था मिलाउने सम्म सरकारलाई अधिकार दिएको । आदेश बर्खिलाप गरेमा सो ऐनको दफा ७ लाग्ने । बढी अन्न छँदै थिएन भन्न र सो यो यो काममा खर्च हुने भन्न समेत अपीलाटले मौकामा विवरण सहितको सूचना दिन नसकेकोले समेत बढी अन्न राखेको ठहराएको सम्म का. मजिष्ट्रेटको राय सदर गरेको सिंगल बेञ्चको मुनासिव । जफत गर्ने गरेको सम्बन्धमा बस्तु नियन्त्रण अल्पकालिक ऐन, २०१२ को दफा ४ को (ज) बमोजिम जफत गर्ने भनी का. मजिष्ट्रेटको फैसलामा र उक्त दफा ४ को (घ) प्रयोग गर्नु पर्ने देखिन्छ भन्ने सिंगल बेञ्चको रायमा उल्लेख भएको हकमा उक्त दफा ४ नियन्त्रण गर्नको लागि व्यवस्था मिलाउने सम्म सरकारलाई अधिकार दिएको देखिएकोले सो दफा यस मुद्दामा अदालतले लगाउन उपयुक्त नदेखिने भई आदेश बर्खिलाफ गरेमा सो ऐनको दफा ७ लाग्ने ठहर्छ । सो बमोजिम बढी भएको अन्न जफत गर्ने गरेको समेत का. मजिष्ट्रेटको राय मुनासिब छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु