विस्तृत खोजी

 
 
 
 
 
      

६ खोजी नतिजाहरु

निर्णय नं. १५६ - ज्यान

 फैसला मिति:२०१०/०४/२१  डिभिजन वेन्च इजलास  ८३०
 पुनरावेदक/ प्रतिवादी : मेघबहादुर पाखा राई बिरुद्ध विपक्षी/वादी : दलबहादुर लिम्बु

(१) सरजमिन समेतका बकाइबाट कुटपीट लछार पछार गरेको कुरा नदेखिए – वादीले पनि कुछपीट गरेकै हो भनी किटानसाथ भन्न नसके, केवल शंकामात्र देखाएमा – र कुटपिटको चिच्चाहट आदि नसुनिए –कुटपीट गरेको रहेछ भन्ने शंका उठाउन उचित नपर्ने – अनुमानी कुराको अधारमा अपराध कायम गर्न उचित नपर्ने । मर्ने नारायणबहादुर प्रतिवादीहरूकै कुटपिटका चोटपीरबाट मरेको रहेछ कि भन्ने थोरै अभास पर्न आउँछ तापनि वास्तव अरु प्रमाण परिबन्द तर्फ बिचार गर्दा बुझिएका सारा सरजमिन समेत कसैका बकाइबाट पनि मेघबहादुर समेतका प्रतिवादीहरूले मर्ने नारायणबहादुरलाई हात छोडी कुटपिट लछारपछार गरेको भन्ने कुरा देखिन नआएको । खूद नारायणबहादुरको बुबा वादी दलबहादुर तालुकदार तिलक सिंले पनि नारायणबहादुरलाई कुटपीट गरेकै हो भनि किटानसाथ भन्न नसकी शंका लाग्छ भनि शंकाको कुरासम्म देखाएका । मानिसहरू सुती निदाई सकेको बखत मध्यरातका अबस्थामा वारदात भएको हुनाले कुटेको साक्षी सरजमिनहरूले देख्न नपाएकाबाट नभनेका रहेछन् कि भन्ने शंका लिनलाई पनि त्यसरी कुटपिट लछारपछार परेको भए मलाई कुटपिट गरी मार्न लागे भनि मर्ने नारायणबहादुरले अबश्य कराउनु चिच्याउनु पथ्र्यो । सो कराए चिच्याएको थियो भन्ने कुरा घटनास्थल नगिचै घर हुने पूर्णबहादुरकी सासु आसमणी र रामप्रसादको आमा लाखमणी समेत कसैले पनि भन्न नसकी चोर पक्रीयो भन्ने खलबलसम्म गरेको सुन्यौं भनी बकेका । शेरबहादुर एकजनाले बकपत्र गर्दा नारायणबहादुरलाई पक्राउ गरी ल्याएपछि अैेया भनेको थियो भनि लेखाएको हूँदा कुटपिट गरेकै रहेछ कि भन्ना पनि मर्नेले कुटे भन्ने शब्द उच्चारण गरेको थियो भन्ने कुरा कतैबाट देखिन नआएकोले त्यसबाट पनि कुटपिट गरेको रहेछ भन्ने शंका उठाउन उचित परेन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५५ - वन

 फैसला मिति:२०१०/०९/२५  सिङ्गल बेञ्च इजलास  ९५६
 पुनरावेदक/ प्रतिवादी : शेरबहादुर लिम्बु बिरुद्ध विपक्षी/वादी : गडुल ध्वज लिम्बु समेत

(१) घर धुरी खडा भएको देखिएमा – बँझ्याई दिन मुनसिव नपर्ने । नक्सामा लेखिएका आवाद गर्ने मोही भक्तबहादुर हाल आवाद गर्ने काले दमाई ग्याँजे काली दमिनि लालहाङ, जय ध्वजको छोरा र गडुल ध्वज, लालहाङ चन्द्र ध्वज वृखसिं लिलानाथको खेत लाल लालहाङको खेत इन्द्रबहादुरको आवादी हेम लाललाई बिक्री गरेको डम्बरबहादुरको आवादी श्री नारायणलाई पास गरी दिएको र छिता रामको खेत भनी लेखिएको आवाद भएको जग्गामा घरधुरी समेत खडा भएको देखिएको हुनाले बँझ्याई दिन मुनासिब नपर्ने ठहराएको इन्साफ सदर अमिनी गोश्वाराको मुनासिब । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५४ - जग्गा बाली

 फैसला मिति:२०११/०८/२०  फूल बेन्च इजलास  ९१०
 पुनरावेदक/ प्रतिवादी : बिसुनी मरी मुद्दा सकार गर्ने निजका छोरा लक्ष्मीनारायण राउत थारु बिरुद्ध विपक्षी/वादी : साहेबज्यू रेवेन्द्रविक्रम शाहाका रानी छोरा

(१) भए गरेको काम कुरा फलाना ऐन सवाल अन्तर्गत भएको भन्ने सबुद गुजार्न पर्ने – सबुद गुजार्न नसके सवाल अन्तर्गत भएको भनि भन्न नमिल्ने । बाँकी तिर्न नपर्ने भनी विसुनिको उजुरीबाट मुद्दा हुँदै गई भारदारीबाट ९८।१२।१४ मा बाँकी तिर्नै पर्ने ठहराई आखिरी फैसला भएको देखिनाले सो फैसला नहुँदै बीच बीचमा थुनी मौजे पिपरियाको जग्गा बिगाहा ३६।–।। ४ कं. रु. २३७४।–।।२ मा. पं हर्षनाथले सकार गरेकोले निजलाई दिएको देखिएको सवाल बमोजिम पोत बाँकीमा लिलाम बडाबड गरी कसैले सकार नगरी जिम्दारी तालुक हुन आई बन्दोबस्त गरेको भन्ने मालका जवाफबाट नदेखिएको । सो बाँकी बारेमा भारादारीबाट फैसला भएको मिसिलमा रहेको फर्मायसी बिर्ता मालका रिपोर्टबाट पिपरियाको जग्गा ९४।२।१० मा लिलाम गर्दा कसैले सकार नगरेको भन्ने लेखिएको देखिनाले सो लिलाम बिषयको श्रेस्ता फाराम झिकाएमा दाखिल गर्न नसकी बगहीको जग्गा लिलाम गरेको ९८ सालको लिलामी मुचुल्का दाखिल भएकोले फेरि भएका कागजपत्र लिइ आउनु भनी साहेबज्ूका रानी छोराका नाउँमा म्याद जारी गरी पठाउदा साहेबज्यू कृष्णविक्रम शाहाले वारिस गरी पठाएको ख. प्रेमनाथले पनि सो पिपरियाको जग्गा महारानीले पं. हर्षनाथलाई बन्दोबस्त गरी दिएको सदर हुने कुनै ऐन सवाल भएको भन्ने समेत सबुद दिन गुजार्न नसकेको । (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५३ - न्वारान गराई पाउँ

 फैसला मिति:२०१९/०२/२३  फूल बेन्च इजलास  १००५
 पुनरावेदक/ प्रतिवादी : ना. डि. केदारमानन्धर बिरुद्ध विपक्षी/वादी : पूर्णलक्ष्मी मानन्धर्नी

(१) रगत जाँचबाट यसैको सन्तान हो भन्ने एकिन हुन नसक्ने । रतग जाँचबाट यसैको सन्तान हो भन्ने कुरा एकिन हुन नसक्ने भन्ने बिशेषज्ञहरूको रिपोर्टबाट देखियो । (प्रकरण नं. ३२) (२) अनुहारको भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नहुने । वादीको छोरीको अनुहार हेर्दा धेरै जसो आमासँग मिल्ने देखिएको । नाक देखि मुन्तिरको भाग केही बाबुसँग मिल्ने देखिए तापनि त्यतिकै भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नदेखिएकाले । (प्रकरण नं. ३३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५२ - थुनछेक

 फैसला मिति:२०१०/११/२२  फूल बेन्च इजलास  ८२६
 पुनरावेदक/ प्रतिवादी : चक्रमान शाक्य समेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार मार्फत् सेक्रेटरी गृह मन्त्रालय समेत

(१) (क) छापाखाना र प्रकाशन सम्बन्धी ऐनको १७ दफाको (४) उपदफाले बडाहाकिमलाई दिएको अधिकार – बडाहाकिमले अनधिकृत ठहराई नष्ट गर्न सक्ने । (ख) छापाखाना र प्रकाशन सम्बन्धी ऐन बमोजिम कारवाई गर्दा थुनुवामा राखी कारवाई गर्ने अधिकार सो ऐनले कसैलाई दिएको छैन । सो ऐनको २१ दफाले दफा ५ को उपदफ (१) मा लेखिएको तत्व देखिएमा सरकारले अपनाउनु पर्ने तरिका – अपनाइएको तरिकाबाट हुन आउने प्रतिक्रिया । (ग) थुनुवामा राख्नै नहुनेलाई थुनुवामा राखेमा बेकानूनी कारवाई गरेको गहर्ने । छापाखाना र प्रकाशन सम्बन्धी ऐनको १७ दफाको (४) उपदफाले बडाहाकिमलाई पुलिसले दाखिल गरेको कुनै लिखतपत्र अनाधिकृत ठहराउने र नष्ट गर्न सक्ने अधिकार दिएको देखिन्छ ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५१ - भैंसी चोरी

 फैसला मिति:२०१०/११/२५  सिङ्गल बेञ्च इजलास  ८८५
 पुनरावेदक/ प्रतिवादी : मौलेश्वर मल कुर्मी बिरुद्ध विपक्षी/वादी : रामबली अहिर समेत

(१) नेपाल सरकार र भारत सरकारको बीचको सपुर्दगीको सन्धिपत्र अन्तर्गत चौपाया चोरी मुद्दा पर्ने – उसपारबाट लेखी नआएमा र यसै पारमा उजुर परेमा जाफताको २१ दफा र चोरी को २६ नं. ले कारबाई गर्नु पर्ने । १० साल माघ ५ गते संख्या २२ को गजेटमा प्रकाशित भएको नेपाल सरकार र भारत सरकारका बीचको सपुर्दगीको सन्धीपत्रमा लेखिएका व्यहोराले चौपाया चोरी मुद्दा सो सन्धीपत्रमा उल्लेख गरिएको अपराध भित्र पर्ने र उसपारबाट लेखी नआई यसै तर्फ उजुर पर्न आएको भए पनि जाफताको २१ दफा र चोरीको २६ नं. ले कारवाई गर्र्न हुने । निकासालाई जाहेर गरी रहन नपर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु