विस्तृत खोजी

 
 
 
 
 
      

४ खोजी नतिजाहरु

निर्णय नं. १२१ - धनमाल करकाप

 फैसला मिति:२०१८/०१/०६  डिभिजन वेन्च इजलास  ६७९
 पुनरावेदक/ प्रतिवादी : सिद्धबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : दुर्गालक्ष्मी श्रेष्ठनी

(२) बिक्री गरेकै घरमा बसेको देखिन आएमा धनमाल रहे भएकै देखिने । घर फार्छे बदर गरी पाउँ भन्ने तर्फ सुजन कलाल समेतका सबै साक्षीले प्रतिवादीहरूले धनमाल कब्जा गरेकै हो भन्ने बकी लेखी दिएको । प्र. का साक्षी नारान महर्जन; सानु महर्जनले वादीका लोग्ने सुज्र्येबहादुर श्रेष्ठले प्रतिवादी बसेको ठूलो घरमा मरेको हो भनी बकी लेखी दिएको । सो बिक्री गरेको घरमै वादी बसेको देखिन आएपछि धनमाल रहे भएकै देखिने । (प्रकरण नं. ६) (र; सिंगल बेञ्चको बुँदाको हकमा हेर्नोस्) (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२० - बकसपत्र बदर

 फैसला मिति:२०१७/०६/०३  डिभिजन वेन्च इजलास  ६८७
 पुनरावेदक/ प्रतिवादी : मधुसुधन उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्यामा देवी समेत

(१) वादीले आफै बन्देज तोडेमा प्रतिवादीले मात्र बन्देजको अधिनमा रहनु पर्छ भनी कर लगाउन नमिल्ने । वादी स्वयम् आफैले आफ्नो पंक्ति मौजा भैरवप्रसादलाई बिक्री गरी बन्देज तोडेको देखिएको हुँदा प्र. श्यामा देवीले मात्र सो ८१ सालको बन्देज अधिनमा रहनु पर्छ भनि कर लगाउन नमिल्ने । (प्रकरण नं. ७) (२) आफ्नो पतिको सम्पत्ति आफ्नो खुसी गर्न पाउँदैन भनि भन्न नमिल्ने । बिधवाको सम्पत्ति हुँदा बिधवा अंश धनको १ नम्बरको देहाय २ दफाले चलमा सबै अचलमा दशौंद बाँकी राखी अरू श्री सम्पत्ति आफ्ना खुस गर्न पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११९ - गैरकानूनी तरिकाबाट थुनी राखे

 फैसला मिति:२०१७/०१/१०  सिङ्गल बेञ्च इजलास  ६५६
 पुनरावेदक/ प्रतिवादी : टिकाप्रसाद थकाली बिरुद्ध विपक्षी/वादी : वन मन्त्रालयका सेक्रेटरी भवनाथ शर्मा समेत

(१) अदालतबाट सोधनी भएको कुराको प्रष्ट विवरण खुलाई जवाफ दिनु पर्ने – नागरिक ऐन, २०१२ को दफा १५ को उप दफा २ र १५ को १ (क) – थुन्नेले बाटाका म्याद बाहेक २४ घण्टा भित्र नजिकको अदालतमा सौंपी दिनु पर्ने र, यथासमय भित्रै थुनुवा पूर्जी दिनु पर्ने । उपरोक्त परिबन्दको बिपरित गरेमा गैरकानूनी तरिकाले थुनेको भन्न पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८-१ - जग्गा बाली

 फैसला मिति:२०१७/०८/०७  डिभिजन वेन्च इजलास  ६८१
 पुनरावेदक/ प्रतिवादी : हिरामान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : रत्नकुमारी श्रेष्ठनी

(१) जग्गावालाको हक छुटाउने बदनियत चिताएको देखिएमा र ३ सालको बाली समेत नबुझाई बाँकी राखेमा बादीले मोही पजनी गर्न पाउने र बाँकी राखेको बाली समेत बुझाउनु पर्ने । .... सालको तिरो धान मुरी ५।५ को दामासाहीले जग्गा रोपनी ६।ऽ।।। को हुने साल १ को तीरो धान मुरी ३।९।५।६ को साल १ को तिरो धान मुरी ७।४।४।५ को रु. ३१।१५ मालले बुझी गरी दिएका रसिदबाट देखिएकोले त्यसको दामासाहीले सालको रु. १४।६७ प्र. हिरामानले सालमा कुत तिर्नु बुझाउनु पर्नेमा नबुझाएबाट वादीले बुझाएको ३,४ र ५ सालको साल ३ को जम्मा रु. तिरो ४४।१ र सोही साल ३ को जम्मा मुनाफा धान मुरी १०।९।१। को बादी दावी बमोजिम रु. १ को धान १।२ का दरले हुने मोहरू १६७।३१।१ समेत जम्मा बिगो रु. २११।३२ प्रतिवादी हिरामानले बादी रत्नकुमारीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । आफ्ना नाता पर्ने बादीको सो जग्गै बादीको हक छुट्याउन प्रतिबादीले आफ्ना नाउँमा मालमा दर्ता गराएकोमा पछि बदर भएको ०३।४।११ का मालबाट फैसला भएकोबाट प्रतिबादीबाट बदनियत चिताएको देखिने र बुझाउनु पर्ने कुत तिरो बाली समेत ३,४ र ५ साल ३ को नबुझाई बाँकी समेत राखेकोले समेत मोही पजनी गर्न पाउँछ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु