विस्तृत खोजी

 
 
 
 
 
      

७२ खोजी नतिजाहरु

निर्णय नं. ९५० - .

 फैसला मिति:2032/04/30  फूल बेन्च इजलास  ७१२
 पुनरावेदक/ प्रतिवादी : जि.रौ. गाउँ पञ्चायत सिरसिया वडा नं. १ बस्ने जमुनाप्रसाद श्रीवास्तव बिरुद्ध विपक्षी/वादी : सचिव श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालय काठमाडौं

(१) प्रहरी कर्मचारीलाई प्रहरी फोर्स नियमावली, २०१५ को नियम ४ को खण्ड ५ र ७ को अभियोगमा सोही नियम ४ अनुसार नोकरीबाट हटाउने अथवा बरर्खास्त गर्ने आदेश दिँदा अवस्था हेरी कारण देखाउने मौका दिन वा नदिन पनि सक्ने अधिकार त्यस्तो आदेश दिने अख्तियारवालालाई भएको, प्रहरी ऐन २०१२ को परिच्छेद ३ दफा ९ को व्यवस्थाबाटै प्रष्टै हुने । (२) उक्त दफा ९ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (ख) ले निर्दिष्ट गरेबमोजिम कारण देखाउने मौका दिन मुनासिव नदेखिएको भन्ने व्यहोराको पर्चा खडा गरी राखेकैमा त्यस्तो अवस्था किन नपरेको हो त्यसको बस्तुनिष्ट कारण र आधार पनि खुुलाउनु पर्ने कानूनी बाध्यता नभएको । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४९ - विदेशी मुद्रा विनियत गर्योर भन्ने

 फैसला मिति:2032/09/10  डिभिजन वेन्च इजलास  ७४३
 पुनरावेदक/ प्रतिवादी : का.जि. मखन बस्ने रामचन्द्र रौनियार बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) प्रहरी इन्सपेक्टर अधिकार प्राप्त अधिकारी भएकोमा का.मु.डि.एस.पी.ले मुद्दा चलाएको गैरकानूनी हुने । (प्र.नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४८ - जासुसी

 फैसला मिति:2032/09/15  फूल बेन्च इजलास  ८०३
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.जि. डिल्लीबजार डेरा गरी बस्ने पूर्णकुमार प्रधान समेत

(१) राजपत्रमा प्रकाशित सूचनालाई आफ्नो अधिकारको श्रोत देखाई गरेको फैसलामा जासूसी ऐन अन्तर्गतको विशेष अदालत भन्ने नामाकरण गरेको हुँदैमा स्वयं घोषित अदालत भन्न नमिल्ने । (प्रकरण नं. २०) (२) चेक पोष्ट र प्रहरी आ.वा.बाट प्रहरी प्रधान कार्यालयलाई पठाएको आ.वा.हरू अंग्रेजी रोमन लिपी सामान्य भाषाको हुँदैमा अन्यथा प्रमाणित हुनुको बेगर गोप्य रहन नसक्ने किसिमको भनी कल्पना गर्न नमिल्ने र श्री ५को सरकारबाट गोप्य हुने किसिमका हुन् भनी प्रहरी प्रधान कार्यालयले डि.एस.पी.कार्यालयलाई जवाफ दिएको भएपछि गोप्य राखिएको हो होइन भन्नेतर्फ शंका उठाउन वान्छनीय नहुने । (प्र.नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/05/12  डिभिजन वेन्च इजलास  ६७५
 पुनरावेदक/ प्रतिवादी : का.जि. मनमैजु गा.पं. वडा नं. ८ बस्ने वसन्तराज शर्मा समेत बिरुद्ध विपक्षी/वादी : माननीय उद्योग तथा वाणिज्य राज्यमन्त्री श्री ५ को सरकार समेत

(१) नेपालको संविधानको धारा १० ले कानूनमा समान संरक्षण हुनेमा, कसैलाई केही कसैलाई केही गर्ने गरी घर भएको वा नभएको भनी विशेषता देखाएको संवैधानिक संरक्षण हनन भएको निणर्यको मान्यता रहन नसक्ने । (प्र.नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/06/05  डिभिजन वेन्च इजलास  ७१४
 पुनरावेदक/ प्रतिवादी : का.जि. आदर्श गा.पं. वार्ड नं. १ बस्ने गणेशप्रसाद खरेल बिरुद्ध विपक्षी/वादी : श्री मूलपूजारीमार्फत श्रीपशुपति अमालकोट कचहरी जयवागेश्वरी समेत

(१) जग्गाको बाली गुठी संस्थानमा धरौट राख्ने अवस्था कानूनमा भएको नदेखिने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४५ - ज्यान

 फैसला मिति:2032/10/18  डिभिजन वेन्च इजलास  ७२०
 पुनरावेदक/ प्रतिवादी : (हेमबहादुर गौतमको जाहेरीले) वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. मोरङ विराटनगर न.पं. वा.नं. ८ बस्ने मोहनचन्द्र अधिकारी समेत

(१) अ.बं.१८६ नं.का व्यवस्थाअनुसार मृत्युदण्ड सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका व्यक्तिका हकमा मात्र साधक जाहेर हुने नभई पुरै मुद्दाको साधक जाहेर हुने कानूनी व्यवस्था देखिने, त्यस्तो सजाय नभएका व्यक्तिका हकमा साधक तहबाट सजाय घटाउन नमिल्ने भन्ने जिकिर मुनासिव नदेखिने । (प्र.नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/10/02  फूल बेन्च इजलास  ६९०
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि. गोदामचौर गा.पं. वार्ड नं. १ बस्ने खड्गबहादुर महत क्षेत्री बिरुद्ध विपक्षी/वादी : भूमि प्र. कार्यालय ललितपुरका भूमिप्रशासक गजेन्द्रबहादुर सिंह समेत

(१) बिनाकारण ज्यादै ढिलो गरी निवेदन गर्न आउनु निवेदकको आचरणमा लापरवाही देखिने, त्यस्तो निवेदकलाई उपचार प्रदान गरेको खण्डमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) अनुसार मोही मानिने अवस्थाको प्रत्यर्थीको हकहितमा असर पर्न जाने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४३ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/10/06  फूल बेन्च इजलास  ७३६
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चलाधीशको कार्यालय बिरुद्ध विपक्षी/वादी : राजस्थान विकानेर घर हुने रुपचन्द नाहटा समेत

(१) रुलिङ्ग बाझिएको नदेखिएपछि फेरि कारवाई किनारा गर्न डिभिजन बेञ्चमा पठाउनु पर्ने आवश्यकता नै नहुने । (प्र.नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४२ - जग्गा

 फैसला मिति:2032/10/13  फूल बेन्च इजलास  ७०१
 पुनरावेदक/ प्रतिवादी : जि. बारा वसन्तपुर मौजे गडहल बस्ने विसुन दयाल साहु तेली बिरुद्ध विपक्षी/वादी : जि. बारा प्र.खश्राहा मौजे रामपुर बस्ने राजहरण तुराहा समेत

(१) अ.बं.२०१ नं.–अ.बं.२०१ नं. को व्यवस्थाअनुसार तारेखमा नबस्ने गरी धरौटीमा राखी पुनरावेदन गरेकोमा त्यस्तो पुनरावेदन डिसमिस हुनलाई पुनरावेदन सुुन्ने अदालतले झिकाएको म्यादमा हाजिर भई तारेखमा रहेकोमा सो तारेख गुजारेको हुनुपर्ने कि आफै तारेखमा रही गुजारेको हुनुपर्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४१ - जोत बदर

 फैसला मिति:2032/10/09  फूल बेन्च इजलास  ६६३
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला सरस्वतीखेल बस्ने कृष्णबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. ७ नं.नुवाकोट बस्ने किर्तिमान प्रधान

(१) परस्पर अमिल्दो किसिमले बकेको कुराहरू प्रमाण योग्य मान्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९४० - उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/09/10  डिभिजन वेन्च इजलास  ७९८
 पुनरावेदक/ प्रतिवादी : तनहुँ जि.सेमघर हटिया गा.पं.वार्ड नं.८ बस्ने सिरुमायाँ न्यौपानेसमेत बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन कार्यालय नवलपरासी समेत

(१) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ ले मोहियानी हकको राजीनामा हुनै नसक्नेमा राजीनामा गराएको छु भन्ने निवेदकको भनाई बमोजिम हक प्रचलन गराउँन नमिल्ने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/06/06  डिभिजन वेन्च इजलास  ६८५
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं नगरपञ्चायत वार्ड नं.९ किलागल बस्ने गजेन्द्रभक्त माथेमा बिरुद्ध विपक्षी/वादी : श्री म्यानेजर, यातायात संस्थान, नारायणी अञ्चल शाखा समेत

(१) नेपाल यातायात संस्थान विनियम, २०२२ को परिच्छेद ६ को नियम ६(२) मा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा समितिले कारण जनाई राखी त्यसो गर्न सक्नेछ भन्ने लेखिएकोमा अस्थायी कर्मचारी भएको र माथि लेखिएअनुसारको कुरा रेकर्डबाट समेत प्रमाणित भईरहेको भन्दै निजसँग स्पष्टिकरण माग्न तथा सफाइको मौका दिन आवश्यक नसम्झी नियम ६(२) को प्रतिबन्धात्मक वाक्यांशको अधिकार प्रयोग गरी गरेको निर्णय उक्त विनियम विपरीतको निर्णय भन्न मिल्ने नदेखिने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३८ - उत्प्रेषणको परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जि जारी गरी हक प्रचलन गराइ पाउँ

 फैसला मिति:2032/10/05  डिभिजन वेन्च इजलास  ८२८
 पुनरावेदक/ प्रतिवादी : स.स.अ. तथा स.स.अ. कार्यालय स्याङ्जाका का.मु. स.स.अ. भुपनिधि पन्त बिरुद्ध विपक्षी/वादी : श्री सचिव, कानून तथा न्याय मन्त्रालय सिंहदरबार समेत

(१) बढुवा गर्दा एक विभागीय प्रमुख मातहतको उम्मेद्वार छँदा छँदै अर्को विभागीय प्रमुख मातहतको अदालतको कर्मचारी उम्मेद्वार हुन सक्दैन भन्न नमिल्ने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३७ - पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ

 फैसला मिति:2032/06/12  डिभिजन वेन्च इजलास  ६६२
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं इन्द्रचोक बस्ने मिश्री कुस्लेनी बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला काठमाडौं भोसीको टोल बस्ने ऐश्वर्यमान श्रेष्ठ समेत

(१) क्षेत्रीय अदालत नियमावली नियम १८ (ङ)–तल्लो तहको निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३६ - उत्प्रेषण, परमादेश मिश्रित जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/10/05  डिभिजन वेन्च इजलास  ६७१
 पुनरावेदक/ प्रतिवादी : पू.२ नं. रामेछाप जि. फलासी गा.पं. वार्ड नं. ५ बस्ने रङ्गध्वज चौहान बिरुद्ध विपक्षी/वादी : जनकपुर अं.अ. का का.मु. अञ्चल न्या. ऋद्धिमानन्द बज्राचार्यसमेत

(१) अधिकार प्राप्त दौडाहामा यो यति जग्गा बण्डा गर्नुपर्ने भनी मञ्जुर गरी मिलापत्र गरेको देखिन आएको स्थितिमा तायदाती नआएको अंश मुद्दा भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/04/15  डिभिजन वेन्च इजलास  ७५१
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा प्रिप्रा गाउँ पञ्चायत वडा नं.१ बस्ने महन्त राघव दाससमेत बिरुद्ध विपक्षी/वादी : सह–अञ्चलाधीश, अञ्चलाधीश कार्यालय नारायणी अञ्चलसमेत

(१) अञ्चलाधीश कार्यालयलाई अदालतमा मुद्दा परेको जग्गाको बाली रोक्का राख्ने आदेश दिने अधिकार जग्गा मिच्नेको १० नं. ले दिएको नदेखिने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३४ - हक सफा

 फैसला मिति:2032/10/17  डिभिजन वेन्च इजलास  ८३५
 पुनरावेदक/ प्रतिवादी : स्याङ्जा भोटेपोखरी गा.पं. वडा नं. ९ बस्ने श्यामबहादुर पौडेल समेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने नरबहादुर पौडेल क्षेत्री

(१) प्रमाण बुझी निर्णय दिनुपर्ने स्थितिमा निर्णय गर्ने अधिकार माल तथा प्रमुख जिल्ला अधिकारीलाई मुलुकी ऐन रजिष्ट्रेशनको ३५ नं. ले दिएको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३ - नेपालको संविधानको धारा ७१ बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2032/07/30  डिभिजन वेन्च इजलास  ७२२
 पुनरावेदक/ प्रतिवादी : केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको वर्ष १५ को लालकाजी तामाङको हकमा सहोदर बाबु सिंगबहादुर तामाङ बिरुद्ध विपक्षी/वादी : जि. कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी श्री मदनकृष्ण श्रेष्ठ

(१) सिमा बाहिर जिल्लामा रहे बसेको मानिसलाई पक्रने र नजरबन्द राख्ने प्रमुख जिल्ला अधिकारीको आदेश कानूनी अधिकार विहिन देखिन आउने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२ - चोरी

 फैसला मिति:2026/01/05  डिभिजन वेन्च इजलास  ६५२
 पुनरावेदक/ प्रतिवादी : का.ई. डुगंबहिल बस्ने अक्कलबहादुर खड्गी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) सयकडा बढी मुनाफा लिएको देखिए चोरीको माल भनी निजलाई थाहा भएकै कुरा देखिन आउने त्यस्तोमा चोरीको २४ नं.बमोजिम सजाय हुने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३१ - वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ

 फैसला मिति:2032/09/29  फूल बेन्च इजलास  ६४४
 पुनरावेदक/ प्रतिवादी : मोरङ प्र.मानगढ मौजे बोक्सी बजार बस्ने माधवीदेवी आचार्ज बिरुद्ध विपक्षी/वादी : मोरङ भिमचोरी गा.पं. वार्ड नं. १ बस्ने टंक भडारी समेत

(१) अ.बं.२२० नं. अनुसार दस्तुर टिकट नटाँसेको र अ.बं.९१ नं. अनुसार ठाडो बुझ्ने आदेश पनि नभएको निवेदन पत्रबाट कुनै कारवाई हुन नसक्ने । (२) माल आफैले गरेको लिलाम बदर गर्ने सम्बन्धमा आफैले कारवाई चलाई एकपटक भइसकेको लिलाम बदर गर्नेगरी निर्णय गर्न पाउने कुनै कानूनद्वारा अधिकार प्रदान नभएको । (प्र.नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु