विस्तृत खोजी

 
 
 
 
 
      

३ खोजी नतिजाहरु

निर्णय नं. १४२६ - उत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं

 फैसला मिति:२०३७/१२/०४  डिभिजन वेन्च इजलास  ७७९
 पुनरावेदक/ प्रतिवादी : जि. धनुषा रघुनाथपुर गा.पं.हाल वडा नं. ४ उत्तर बारी बस्ने बाबुलाल साहू सुडी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने भवानीप्रसाद शर्मा, भूमिसुधार कार्यालय धनुषाका भु.सु.अ.

भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही हुनलाई अरूको जग्गा कमाउनुपर्ने व्यवस्था उल्लेख छ । विपक्षीले पाएको ४ नं. जोताहा अस्थाई निस्साबाट अरूको जग्गा कमाएको भन्ने देखिँदैन तसर्थ निजलाई उक्त जग्गाको मोहियानी प्रमाणपत्र बनाइदिने गरी गरेको निर्णयमा भू.सं.ऐन, २०२१ को दफा २(ख) को त्रुटि गरेको देखिएकोले उक्त विपक्षी भू.सु.का.धनुषाको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२५ - जग्गा दर्ता

 फैसला मिति:२०३७/१२/०९  डिभिजन वेन्च इजलास  ७९८
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला लामाचौर गा.पं.वडा नं. ७ बस्ने ख.अमरमान सिं भण्डारी क्षेत्री बिरुद्ध विपक्षी/वादी : नगर विकास योजना नापी सम्बन्धी विशेष अदालत र समिति मुकाम पोखरा

विशेष अदालत ऐन, २०३१ को दफा १० ले क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने कानुनी व्यवस्था भएकै हुँदा, परेको पुनरावेदनमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा नगरी पुनरावेदन लिई निर्णय दिन नमिल्ने भनी पुनरावेदन खारेज गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिएकोले सो निर्णय बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२४ - सन्धी हक निखनाई पाउं

 फैसला मिति:२०३७/१२/१८  डिभिजन वेन्च इजलास  ६८०
 पुनरावेदक/ प्रतिवादी : प्यूठान जि.मरठाना गा.पं.वडा नं. ५ बस्ने चुमान सिंह बस्नेत क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. बस्ने कुलबहादुर खड्का

जुन कित्तामा सन्धीसर्पन पर्छ सो कित्ता सन्धीसर्पन पर्ने व्यक्तिले मात्र निखन्न पाउँछ तसर्थ सन्धीसर्पन नपरेको जग्गा निखन्न पाउने हुनसक्तैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु