विस्तृत खोजी

 
 
 
 
 
      

१० खोजी नतिजाहरु

निर्णय नं. १६५२ - लिखत पास

 फैसला मिति:२०४०/०४/१२  डिभिजन वेन्च इजलास  ६११
 पुनरावेदक/ प्रतिवादी : शान्तिदेवी शाह (थापा) मरी मु.स.गर्ने नक्साल बस्ने राजकुमार थापा समेत बिरुद्ध विपक्षी/वादी : चन्द्रकुमारी (साविक पेज नं. १६०) मास्केको मु.स.गर्ने सुन्दरराज मास्के

(१) राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएका कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नहुने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५१ - उत्प्रेषण

 फैसला मिति:२०४०/०४/१८  डिभिजन वेन्च इजलास  ६०३
 पुनरावेदक/ प्रतिवादी : जानकी मैदा मिल्स प्रा.लि.को सञ्चालक बृजलाल अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री जनकपुर नगरपञ्चायत जनकपुर समेत

(१) न.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) अनुसार न.पं.ले आफ्नो क्षेत्र बाहिर बिक्री गर्ने मालको कर उठाउन पाउने अधिकार नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६५० - कर्तव्य ज्यान

 फैसला मिति:२०३९/११/१९  डिभिजन वेन्च इजलास  ६८३
 पुनरावेदक/ प्रतिवादी : पूर्णबहादुरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : कालीकोट जि.बाखी सदराभक्त गलजेना गा.पं.वार्ड नं.४ वडासैनी बस्ने अनिपाल शाही समेत जवान ४ चार

(१) रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको भनिएको मर्नेको रगत भन्न नमिल्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४९ - करकाप

 फैसला मिति:२०३९/११/०४  डिभिजन वेन्च इजलास  ६४७
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु गा.पं.रंगपूर वा.नं.३ मौजे सानो सेमेरी बस्ने लदुर मुसलमान समेत बिरुद्ध विपक्षी/वादी : परसाहिमा गा.पं.अन्तर्गत वा.नं.७ सानो सेमरी बस्ने नबलकिशोर तिवारी

(१) लेखक साक्षीलाई अदालतबाट बोलाएकोमा निज उपस्थित नभएकै कारणले व्यवहार सद्दे रहेनछ भनी निष्कर्षमा पुग्ने स्थिति नहुने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/१२  डिभिजन वेन्च इजलास  ५७२
 पुनरावेदक/ प्रतिवादी : जुम्ला जिल्ला तातोपानी गाउँ पञ्चायत वार्ड नं.८ बस्ने रमाभक्त अधिकारी बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधिश कर्णाली अञ्चलाधिशको कार्यालय जुम्ला समेत

(१) बढुवाको प्रतिशत कायम हुनुभन्दा अघिबाट सरुवा भई आफ्नो पदमा रहिरहेको बढुवा त्रुटिपूर्ण छ भन्ने निवेदन जिकिर साररहित देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४७ - उत्प्रेषण

 फैसला मिति:२०४०/०४/१३  डिभिजन वेन्च इजलास  ५९२
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं.वडा नं.१२ वोलाछे टोल बस्ने नानीबेटी कासुला १ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने नारानभक्त सुजखु १ समेत

(१) निज सो सँधियार नभई म हुँ भनी रिट निवेदिकाले उजूर गरेकोमा सँधियार को हो भनी यकिन गर्ने अधिकार नगरपञ्चायतलाई नभएको । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/१५  डिभिजन वेन्च इजलास  ५५७
 पुनरावेदक/ प्रतिवादी : का.जि.न.पं.वडा नं.१ नक्साल डेरा गरी बस्ने तोमप्रसाद विमली बिरुद्ध विपक्षी/वादी : केन्द्रीय प्रहरी विशेष अदालत मुकाम गृह मन्त्रालय समेत

(१) अदालती बन्दोबस्तको ३५ नम्बर बमोजिम मुद्दा हेर्ने तथा निर्णय गर्ने निकाय नै अनधिकृत ठहरेकोमा परमादेशको आदेश जारी गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४५ - जग्गा

 फैसला मिति:२०४०/०४/३०  डिभिजन वेन्च इजलास  ५८६
 पुनरावेदक/ प्रतिवादी : जि.डडेलधुरा छगर्खा राई गा.पं.बुडाली गाउँ बस्ने सर्वजित ऐर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनबहादुर लिटीरी खड्कासमेत

(१) राजीनामाको आधारमा दाखिल खारेज गरी तिरोभरो समेत गरी आएको कुरा प्रतिवादीहरूले स्वीकार गरेको स्थितिमा वादीलाई नालिस गर्न अ.बं.८२ नं.ले हकदैया प्राप्त भएकै देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४४ - अंश दपोट दर्ता बदर

 फैसला मिति:२०४०/०३/१०  डिभिजन वेन्च इजलास  ६००
 पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल तनहुँ जिल्ला किहुं गा.पं.वार्ड नं.३ बस्ने केशरी पाध्यानी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने टिकानिधी पाध्या समेत

(१) मानो छुट्टिएको मितिभन्दा पछि राजीनामाबाट आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्नसक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्या एको इन्साफ मनासिव हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६४३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३९/१२/१८  फूल बेन्च इजलास  ५६२
 पुनरावेदक/ प्रतिवादी : हाल जिल्ला कार्यालय कारागार शाखा भैरहवामा थुनामा रहेको निररत्न शाक्य भिक्षुको हकमा ऐ.ऐ.एकाघरको श्रीमती ऐ.बस्ने भुवनलक्ष्मी शाक्य बिरुद्ध विपक्षी/वादी : लुम्बिनी अञ्चल अदालत समेत

अ.बं.११८(१८) आकृष्ट हुनको लागि अभियुक्त आफू उपर लागेको कसूरमा सावित हुनुपर्ने । प्रहरी तथा अदालत दुवै ठाउँमा इन्कारी बयान दिएको देखिएकोले अ.बं.११८(१८) नं.को आधारमा निज अभियुक्तसँग जरिवाना कैद वा बिगो बापत धरौट माग्ने स्थिति देखा नपर्ने । अदालतले त्रुटिपूर्ण रूपमा अ.बं.११८(१८) प्रयोग गरी धरौट माग गरेको र सो धरौट राख्न नसकेको कारणबाट अ.बं.११८ को (१९) नं.बमोजिम थुनामा राख्ने गरेको सम्पूर्ण आदेश नै गैरकानुनी देखिँदा निज अभियुक्तलाई थुनामा राखी कारवाही गर्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु