विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. २१८० - जालसाजी

 फैसला मिति:२०४१/१०/२३  डिभिजन वेन्च इजलास  ६८०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा विरगंज न.पं. वा.नं. ७ बस्ने राजेन्द्रप्रसाद वर्नवाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने शशीभुषणप्रसाद वर्नवाल ऐ ऐ बस्ने दमयन्ती देवी बर्नवाल जि. सर्लाही मौजे मुसौनी हाल जि. पर्सा विरगंज न.पं. वार्ड नं. ५ बस्ने महेश्वर झा ब्राह्मण ऐ ऐ वा.नं. ६ बस्ने रामदयाल राउत वरै ऐ ऐ वा.नं. १४ बस्ने राम दयाल प्रसाद गोड ऐ ऐ वा.नं. ९ बस्ने राम बहादुर विष्ट

 कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/०२  सिङ्गल बेञ्च इजलास  ५७५
 पुनरावेदक/ प्रतिवादी : का.जि.सौखेल गा.पं. वार्ड नं. ८ बस्ने उजेली सर्किनी ऐ ऐ बस्ने लुरे सार्की ऐ ऐ बस्ने बल बहादुर सार्की बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कोपची सर्केनी ऐ ऐ बस्ने शम्भु सार्की श्री मध्यमाञ्चल क्षेत्रीय अदालत श्री वागमती अञ्चल अदालत श्री काठमाडौं जिल्ला अदालत

 साक्षी सबूत प्रमाणहरू समेतको मूल्याङ्कन गरी अधिकार प्राप्त अदालतहरूबाट तह–तहबाट भएको फैसला र आदेशबाट रिट निवेदकहरूको हकमा आघात भएको स्थिति नदेखिई विपक्षीहरूले गरे विराएको (प्राईमाफेसी) समेत नदेखिँदा विपक्षीहरूसँग लिखितजवाफ मगाई रहन परेन । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९४ - ठगी

 फैसला मिति:२०४१/१०/०४  डिभिजन वेन्च इजलास  ६१८
 पुनरावेदक/ प्रतिवादी : रौतहट गौर गा.पं. वा.नं. ९ बस्ने कमलेश्वर उपाध्याय ऐ ऐ बस्ने मिथिला देवी बिरुद्ध विपक्षी/वादी : रौतहट जिल्ला साविक बसतपुर गा.पं. वडा नं. ८ हाल बर्डहवा गा.पं.बस्ने अम्बिकादेवी ब्राम्हणी

 बन्धकी राख्न दिएको भनी स्वीकार गरी विश्वासको भरमा रसिद भर्पाई नलिएको र सुन निखन्न जाँदा के को सुन कस्तो सुन भनी निखन्न नदिएको भनी ठगी अन्तर्गतको कार्य गरेको भनी परेको वादी दावा ठगीको १ नं. को परिभाषासँग मिल्ने देखिँदैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९३ - अंश लिखित बदर

 फैसला मिति:२०४१/१०/१५  डिभिजन वेन्च इजलास  ६२९
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ गोविन्दपुर गा.पं. वडा नं. ९ बस्ने अमरलाल राजवंशी बिरुद्ध विपक्षी/वादी : जि.मोरङ गोविन्दपुर गा.पं. वडा नं. ९ बस्ने चिनी राजवंशी मरी मु.स. गर्ने निजको पत्नी ऐ. बस्ने तेलानी राजवंशी ऐ बस्ने सम्त तेलानी राजवंशी ऐ बस्ने मट्ठतासरी राजवंशी ऐ बस्ने पुस्पतलाल राजवंशी

 सगोलको सम्पत्ति बकस दिँदा लेनदेन व्यवहारको १० नं. ले मञ्जूरी लिन पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९२ - उत्प्रेषण

 फैसला मिति:२०४१/११/०४  डिभिजन वेन्च इजलास  ६०९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला गुल्मी अर्वाधोक घर भै हाल जि.का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी डेरागरी बस्ने माधवप्रसाद उपाध्याय अर्याल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भूमि सुधार विभाग काठमाडौं भूमि सुधार कार्यालय काठमाडौं पशुपति अमालकोट कचहरी देवपाटन काठमाडौं का.जि. का.न.पं. वार्ड नं. २९ बकेनापाटी बस्ने लिला देवी थपलिया ऐ ऐ वार्ड नं. २ लाजिम्पाट बस्ने माधव प्रसाद उपाध्याय अर्याल

 जग्गाधनीको निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई नभएको । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९१ - ज्यानमार्ने उद्योग

 फैसला मिति:२०४१/०९/२६  डिभिजन वेन्च इजलास  ६६५
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर न.पं. वार्ड नं. २ जलोटोल बस्ने इश्वरीराज बोहजु बिरुद्ध विपक्षी/वादी : आशाबहादुरको जाहेरीले श्री ५ को सरकार

 चक्कु खोसी छुट्याएको भन्ने कुरा स्पष्ट देखिन आएको हुँदा प्रयोग गरेको हतियार र चोटको किसिमबाट मनसाय भएको पुष्टि हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/२५  डिभिजन वेन्च इजलास  ५८९
 पुनरावेदक/ प्रतिवादी : मेची अंचल झापा जिल्ला चन्द्रगढी गा.पं. वार्ड नं. ६ को हाल भद्रपुर न.पं. वार्ड नं. ६ बस्ने विवेचना साप्ताहिक सम्पादक तथा प्रकाशक नकुलकाजी बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय चन्द्रगढी झापा

 प्रमुख जिल्ला अधिकारीको आदेशमा चित्त नबुझे सम्बन्धित क्षेत्रीय अदालतमा पुनरावेदन गर्न सक्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/११/१३  डिभिजन वेन्च इजलास  ५८२
 पुनरावेदक/ प्रतिवादी : शा.अ. कृष्णधर श्रेष्ठ समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला ओखलढुंगा देउराली गा.पं. वार्ड नं. ८ बस्ने टंकबहादुर खत्री

 तथ्ययुक्त ठोस सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने। (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८८ - उत्प्रेषण

 फैसला मिति:२०४१/११/०८  डिभिजन वेन्च इजलास  ६७०
 पुनरावेदक/ प्रतिवादी : जि.स्याङजा छाङदी गा.पं. वडा नं. १ छप्राक बस्ने खगेन्द्रप्रसाद रेग्मी बिरुद्ध विपक्षी/वादी : लोकसेवा आयोग लुम्बिनी अञ्चल कार्यालय बुटवल श्री अंचलाधीश लुम्विनी अंचलाधीश कार्यालय का.मु.प्र.जि.अ. श्री कृष्ण घिमिरे, जि.का.नवलपरासी अध्यक्ष, बढुवा समिति भू.सु.का. नवलपरासी का भू.सु.अ. श्री गिरिराज गौतम, सदस्य बढुवा समिति मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत कलानीधि पौडेल सदस्यऽ बढुवा समिति ऐ का मुखिया शिव प्रसाद शर्मा

 राजपत्रको सूचनाले प्र.जि.अ. अध्यक्ष तोकिएकोले अञ्चलाधीश सदस्यमा रहन अव्यवहारिक हुने भए पनि निजले कुनै प्र.जि.अ.लाई सदस्यमा तोक्न सक्ने कानुनी व्यवस्था रहे भएको पाइने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/१३  डिभिजन वेन्च इजलास  ६३१
 पुनरावेदक/ प्रतिवादी : खोटाङ जिल्ला दुवेकोल गा.पं. वा.नं. २ सिले घले गाउँ बस्ने मनोरथ निरौला बिरुद्ध विपक्षी/वादी : ऐ वार्ड नं. ३ बस्ने सिंले घले गाउँ बस्ने सर्वजित घले ऐ बस्ने भक्ति विलास पाण्डे ऐ जिल्ला न्यायिक समिति जिल्ला पञ्चायत सचिवालय खोटाङ दिक्तेल

 आफ्नो क्षेत्रभित्र रहेको साँध सीमाना कुलो पानी वा सन्धीसर्पन सम्बन्धी मुद्दा हेर्ने अधिकार गा.पं.लाई २०३७।५।३० मा श्री ५ को सरकारले प्रदान गरेको पाइन्छ । ०३४ सालमा गा.पं.लाई सन्धीसर्पन मुद्दा हेर्ने अधिकार नभएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८६ - ज्यान डाँका

 फैसला मिति:२०४१/११/१०  डिभिजन वेन्च इजलास  ६७२
 पुनरावेदक/ प्रतिवादी : लालबहादुरको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.प.जि.शारदा गा.पं. वडा नं. ६ बस्ने माझी सार्की समेत

 एकै दिनमा जाडोको मौसममा पहाड जस्तो ठाउँमा लास सडी गली जाने अवस्था हुँदैन । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/०४  डिभिजन वेन्च इजलास  ६६०
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा गोविन्दपुर गा.पं. वार्ड नं. ८ बस्ने बिल्टु यादव बिरुद्ध विपक्षी/वादी : जि.धनुषा सबेला गा.पं. वार्ड नं. ९ बस्ने रामदेवी प्रधानाङ्ग जिल्ला भूमि सुधार कार्यालय धनुषा जनकपुरको भूमि सुधार अधिकारी

 निर्णय भइसकेपछि त्यस्तो निर्णयलाई सोही भूमिसुधार कार्यालय आफैंले बदर गर्ने अधिकार प्रचलित नेपाल कानुनले प्रदान गरेको पाइन्न । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८४ - अंश

 फैसला मिति:२०४१/११/१७  डिभिजन वेन्च इजलास  ६८१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. २७ त्यौड चमाननी बस्ने मंगलदास डंगोल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने न्हुछेमाया डंगोलनी

 जुनबेलादेखि संशोधित अंशबण्डाको १८ नं. लागू भएको छ सोही समयदेखि संशोधित अंशबण्डाको १८ नं. बमोजिम कसैबाट निजी तवरले बकस पाएको सम्पत्ति अन्यथा प्रमाणित नभएमा निजी हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/११/१७  डिभिजन वेन्च इजलास  ६९१
 पुनरावेदक/ प्रतिवादी : जोगबुडा गा.पं.को जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जोगबुडा गा.पं.अन्तर्गत जोगबुढा बस्ने नैनसिंह धामी समेत

 आफैं यकीन नभएको लास जाँच मुचुल्काको संदिग्ध लेखाइको आधारमा घाँटीमा देखिएको प्वाल गोलीकै हो भन्ने स्थिति रहेन । (प्रकरण नं. २८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/०३  डिभिजन वेन्च इजलास  ६७८
 पुनरावेदक/ प्रतिवादी : जि.रौतहट गौर गा.पं. वडा नं. ७ बस्ने सत्रुघनलाल दास समेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय गौर जि. रौतहट गौर गा.पं. वा.नं. ७ बस्ने गफुर मियाँ धुनिया

 विवादको कित्ता जग्गा आफ्नो बाबु बाजेका पालादेखि मोहीमा नकमाई भोग लखबन्धक रहे भएको अवस्था लखबन्धक साहुबाट कमाउन पाएको देखिँदा भोगबन्धकी दिनुभन्दा अगावैदेखि विवादको कित्ता जग्गा मोहीमा कमाएको भन्ने स्थिति रहेन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१८१ - उत्प्रेषण

 फैसला मिति:२०४१/११/११  डिभिजन वेन्च इजलास  ६३२
 पुनरावेदक/ प्रतिवादी : जि.बर्दिया सोरहवा गा.पं. वा.नं. २ बस्ने कृष्णबहादुर लोहार बिरुद्ध विपक्षी/वादी : जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको हाल श्री ५ को सरकार भूमि सुधार मन्त्रालय सिंहदरबार जि. बर्दिया सोरहवा गा.पं. वा.नं. २ बस्ने पूर्ण चन्द्र शर्मा

 हक स्वामित्वमा बाधा पर्ने गरी अनुपस्थितिमा गरेको जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको जग्गाजफत गर्नेगरेको निर्णय प्राकृतिकन्याय सिद्धान्तको बिपरीत हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७९ - उत्प्रेषण

 फैसला मिति:२०४१/१०/२१  डिभिजन वेन्च इजलास  ७८५
 पुनरावेदक/ प्रतिवादी : जि.तनहुँ सत्रसय ओबु गा.पं. वार्ड नं. ६ बस्ने पूर्णबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : प्र.जि.अ.श्री मंगलकृष्ण श्रेष्ठ जिल्ला कार्यालय तनहुँ

 विलम्ब हुनाको उचित कारण निवेदकले आफ्नो रिट निवेदनमा उल्लेख गर्न नसकेको हुँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७८ - उत्प्रेषण

 फैसला मिति:२०४१/११/०१  डिभिजन वेन्च इजलास  ७६४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सुनसरी धरान न.पं. ५ स्थित एटलस ट्रेडिङ कं.का प्रोप्राइटर अशोककुमार लोहिया बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर श्री ५ को सरकार, भन्सार कार्यालय रानी, विराटनगर

 कानुनको व्यवस्था जस्तो गम्भीर प्रश्नमा असाधारण अधिकार गुहार्न बाधा छ भन्न पनि मिल्दैन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/१३  डिभिजन वेन्च इजलास  ७३७
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. ठिमी बालकुमारी गा.पं. वडा नं. १ बस्ने लक्ष्मीनारायण न्हुच्छे श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ ऐ पकान्डोल दधीकोट गा.पं. वडा नं. ३ बस्ने चिरंजीवी न्यौपाने भूमि सुधार शाखा अधिकृत, भूमि सुधार शाखा भक्तपुर

 उजूर परेकोमा बाली भरी पाउने नपाउने र मोही निष्कासन हुने नहुने कुराको निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१७६ - उत्प्रेषण

 फैसला मिति:२०४१/११/१७  डिभिजन वेन्च इजलास  ७४५
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी भरतपुर खरे गा.पं. को हाल लक्ष्मीनिया गा.पं. वडा नं. ८ बस्ने खरेबहादुर मुक्तान बिरुद्ध विपक्षी/वादी : : मालपोत कार्यालय महोत्तरी जि. महोत्तरी भरतपुर खारे गा.पं. को हाल लक्ष्मीनीया गा.पं. वडा नं. ८ बस्ने खड्ग बहादुर थापा मगर

 राजीनामा बमोजिमको जग्गा दा.खा. गर्दा नमिले नभिडेकोमा जग्गावालालाई बुझी कुन जग्गा राजीनामा गरी दिएको हो यकीन गरी मात्र दा.खा. गर्ने गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु