विस्तृत खोजी

 
 
 
 
 
      

४२ खोजी नतिजाहरु

निर्णय नं. २२६३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०१/२१  डिभिजन वेन्च इजलास  ६९३
 पुनरावेदक/ प्रतिवादी : जि.ताप्लेजुङ फुङलिङ गा.पं. वार्ड नं. ४ बस्ने याम बहादुर लिम्बू ऐ.ऐ बस्ने कृष्ण बहादुर लिम्बू ऐ.ऐ बस्ने तुल बहादुर लिम्बू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने राम कुष्ण लिम्बू ऐ.ऐ बस्ने भीम बहादुर लिम्बू ऐ.ऐ बस्ने खिन माया लिम्बूनी पूर्वाञ्चल क्षेत्रीय अदालत,धनकुटा

निवेदनमा अनुमति प्रदान नभएको भन्ने उल्लेख भएबाट तह–तह हुँदै फैसला भई पू.क्षे.अ.बाट पनि कानुन बमोजिम फैसला भएको कानुनी त्रुटिपूर्ण भएको भन्न सकिने कुनै अवस्था नहुँदा आफ्नो अधिकार क्षेत्रभित्र रही ऐन नियमको रीत पुर्या्ई पू.क्षे.अ.ले गरेको फैसला बदर गरिपाउँ भन्ने निवेदकको माग अनुसार आदेश जारी गर्न मिलेन । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६२ - उत्प्रेषण

 फैसला मिति:२०४२/०१/२७  डिभिजन वेन्च इजलास  ६२३
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा न.पं.वडा नं. ७ स्थित मंगलमय ईंटा टायल उद्योगको साझेदार चण्डी प्रसाद श्रेष्ठ ऐ.को साझेदार नन्दिका श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय, अन्तःशुल्क विभाग श्री माननीय अर्थ मन्त्री ज्यू अर्थ मंत्रालय श्री अन्तशुल्क कार्यालय,हेटौंडा मकवानपुर

औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) १ बमोजिम सञ्चालन मिति देखि ५ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०१/०६  डिभिजन वेन्च इजलास  ५५९
 पुनरावेदक/ प्रतिवादी : बाग्लुङ जिल्ला राङखानी गा.पं.वा.नं.५ भेडीखर्क बस्ने नेत्र बहादुर राना मगर ऐ.ऐ बस्ने धनमाया राना मगर बिरुद्ध विपक्षी/वादी : धवलागिरी अंचल अदालत बाग्लुङ जिल्ला अदालत वाग्लुङ जि.ब.राङखानी गा.पं.नं.५ डाडाखानी बस्ने मन बहादुर पुन मगर ऐ.ऐ भेडीखर्क बस्ने जित बहादुर रान मगर

नाबालकले विवाह खर्च बापत पाएको सम्पत्ति समेत जायजात हुनुपर्ने भन्ने व्यवस्था उल्लिखित नं. मा भएको पाइँदैन । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६० - लिखित पारित

 फैसला मिति:२०४२/०१/०३  डिभिजन वेन्च इजलास  ६०९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कास्की पोखरा न.पं.वा.नं. ४ भै पाटन बस्ने डिल्ली नाथ कोइराला र आफ्ना हकमा समेत चक्रपाणी गोतामे बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वा.नं. १९ घर भै हाल जि.चितवन माडी गर्दी गा.पं.वा.नं. २ बस्ने धनसरी तिमिल्सीना

लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/२६  डिभिजन वेन्च इजलास  ५७१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मकवानपुर हाँडीखोला गा.पं. वडा नं.५ घर भई राप्ती रेञ्ज कार्यालयका सहायक रेञ्जर शिवनाथ वर्तौला बिरुद्ध विपक्षी/वादी : राप्ती दुन वन डिभिजन कार्यालय मुकाम हेटौंडा राप्ती दुन वन डिभिजन कार्यालयका डि.एफ.ओ श्री अमृन लाल जोशी राप्ती दुन वन डिभिजन कार्यालयका डि.एफ.ओ श्री प्रताप मान श्रेष्ठ राप्ती दुन वन डिभिजन कार्यालयका नि. डि.एफ.ओ श्री पदम बहादुर डंगोल नारायणी अञ्चलाधिश मुकाम विरगञ्ज

मूल अड्डा प्रमुख भन्नाले नि.से.नि. २०२१ को दफा २ मा गरिएको परिभाषा अनुसार उक्त नि.से.नि. २०२१ को अनुसूची १(ख) मा उल्लेख भए अनुसार डि.एफ.ओ. हुन आउँछ । तसर्थ डि.एफ.ओ. ले विभागीय कारवाही गर्न पाउने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/२६  डिभिजन वेन्च इजलास  ६४१
 पुनरावेदक/ प्रतिवादी : ना.अ.जिल्ला मकवानपुर होडी खोला गा.पं.वा.नं. ५ बस्ने शिवनाथ वर्तौला बिरुद्ध विपक्षी/वादी : राप्ती दुन वन डिभिजन कार्यालय हाल परिवर्तित मकवानपुर जिल्ला वन कार्यालय समेत

निमित्त डि.एफ.ओ.ले कारवाही गरी निमित्त कन्जरभेटरले अनाधिकार कारवाही र निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५७ - उत्प्रेषण

 फैसला मिति:२०४२/०१/२४  डिभिजन वेन्च इजलास  ५१४
 पुनरावेदक/ प्रतिवादी : जि.जाजरकोट जगतीपुर गा.पं. वडा नं. ५ बस्ने कर्णजंग शाहको अधिकृत वा बाशुदेव शर्मा बिरुद्ध विपक्षी/वादी : जग्गा बिक्री वितरण छानविन आयोग वर्दिया हाल भूमि सुधार मन्त्रालय,काठमाडौं भूमि सुधार अधिकारी भू.सु.का वर्दिया

निवेदकको नाउँमा दर्ता रहेको जग्गा जफत गर्नुपर्ने हुन आएमा सो जग्गावालालाई बुझी निजको कुरा सुनी प्रतिवादको मौका दिई जफत गर्नुपर्ने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५६ - ज्यान

 फैसला मिति:२०४२/०१/१४  डिभिजन वेन्च इजलास  ५७५
 पुनरावेदक/ प्रतिवादी : जि.नुवाकोट खडक भञ्ज्याङ गा.पं. वडा नं. ८ बस्ने दुर्गा नाथ घिमिरे बिरुद्ध विपक्षी/वादी : नरेन्द्रजंग शाहको जाहेरीले श्री ५ को सरकार

शंका र विश्वासलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन मिल्दैन । (प्रकरण नं.१८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५५ - परमादेश

 फैसला मिति:२०४२/०१/१३  डिभिजन वेन्च इजलास  ५७८
 पुनरावेदक/ प्रतिवादी : पर्सा वीरगन्ज न.पं.वा.नं. ६ बस्ने कृष्ण प्रसाद न्यौपाने जि.पर्सा सुगौली गा.पं.वा.नं.६ बस्ने भगिरथ लाल प्रसाद कुर्मि बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय श्री महल जि.धनुषा जनकपुर न.पं.वा.नं. घर भै हाल विरगजं न.पं.वा.नं१३ आदर्श नगर बस्ने किशोरलाल चौधरी जि.महोत्तरी वनौली गा.पं.वा.नं.३ बस्ने कृतनन्द झा

रिट निवेदन जिकिर अनुसार आदेश जारी गर्दा त्यसको निश्प्रयोजन हुन जाने हुँदा निवेदन माग बमोजिमको आदेश जारी गरिरहनु परेन । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५४ - परमादेश

 फैसला मिति:२०४२/०१/१३  डिभिजन वेन्च इजलास  ५३६
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं.वा.नं. ११ त्रिपुरेश्वर बस्ने वीना देवी उपाध्यायनी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुर श्री ५ को सरकार तत्काल कायम रहेको पंचायत मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र एवं स्थानिय विकास विभागको हाल कायम पंचायत तथा स्थानिय विकास मन्त्रालय स्थानिय विकास विभाग,पुल्चोक ललितपुर श्री ५ को सरकार,पंचायत तथा स्थानिय विकास मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र विकास समिति,पुल्चोक,ललितपुर

निवेदन बमोजिम काम कारवाही नभएको विपक्षी मन्त्रालय समेतको लिखित जवाफबाटै देखिएकोले निवेदिकाको माग दावी अनुसार कानुन बमोजिम काम कारवाही गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५३ - ज्यान

 फैसला मिति:२०४२/०१/०९  डिभिजन वेन्च इजलास  ५९३
 पुनरावेदक/ प्रतिवादी : जि.गोर्खा केराबारी विरौट घर भै जि.का.कारागार शाखा काठमाडौंमा थुनामा बस्ने चन्द्रमान तामाङ बिरुद्ध विपक्षी/वादी : कालु तामाङको जाहेरीले वादी श्री ५ को सरकार

मार्नका मनसाय रहेनछ ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा बिष खुवाएकोमा बाहेक लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनको म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५२ - जालसाजी

 फैसला मिति:२०४२/०१/०६  डिभिजन वेन्च इजलास  ६७७
 पुनरावेदक/ प्रतिवादी : जि.गुल्मी हदिनेटा गा.पं.वडा नं. ४ बस्ने शिवलाल काफ्ले बिरुद्ध विपक्षी/वादी : जि.नवलपरासी एवाठी गा.पं. वार्ड नं. ८ बस्ने संगिता योगीको संरक्षक ठाकुरनाथ योगी

कुनै पनि जालसाजी क्रिया हुनलाई दुई थरी हुनु अनिवार्य देखिने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०१/०५  डिभिजन वेन्च इजलास  ५५८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. २० बस्ने पन्नामान सिंह मल्ल बिरुद्ध विपक्षी/वादी : परोपकार संघको प्रमुख संस्थापक तथा सेक्रेटरी जनरल दयावीर सिंह कंसाकार वागमती अञ्चल अदालत परोपकार,संचालक समिति,परोपकार केन्द्रिय कार्यालय भिमसेनस्थान काठमाडौं

मुद्दा मामिलाको कार्यलाई अपरझट परी आउने कार्य भन्न नमिल्ने देखिँदैन । सेक्रेटरी जनरलले संघकोतर्फबाट मुद्दा गर्न पाउँदैन भन्ने विधानमा कतै उल्लेख भएकोसमेत देखिँदैन । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०१/१५  डिभिजन वेन्च इजलास  ५५९
 पुनरावेदक/ प्रतिवादी : जि.झापा अनारमनी गा.पं.वार्ड नं. ३ देवी बस्ती बस्ने भरतबाबु भन्ने सि.के.प्रसाई ऐ.वार्ड नं. ७ बस्ने मनरथ पाठक ऐ.ऐ बस्ने ध्रुव पाठक ऐ.ऐ बस्ने वार्ड नं. ५ बस्ने कृष्ण प्रसाद अधिकारी ऐ. वार्ड नं.३ बस्ने गोपाल निरौला ऐ.ऐ बस्ने शान्तिराम आचार्य ऐ.ऐ बस्लने प्रकाश कुटुवाल ऐ.ऐ बस्ने चैतन्य पाठक ऐ.ऐ बस्ने गोपाल कुमार कार्की बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत झापा अनारमनी गा.पं. झापा

मत्स्यपालन हुँदैमा पूजाआजा बली चढाउने समेतको अन्य धार्मिक अनुष्ठान रोकिन जान्छ भनी अनुमान गरी रिट जारी गर्न न्यायोचित देखिन्न । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२४९ - निषेधाज्ञा

 फैसला मिति:२०४२/०१/१४  डिभिजन वेन्च इजलास  ६०८
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला बिरगंज नगर पञ्चायत वडा नं. १३ बस्ने पशुपती प्रसाद गुप्ता बिरुद्ध विपक्षी/वादी : चितवन सिंचाई योजना भरतपुर चितवन कार्यालयका प्रमुख प्रो.ई. गोकुललाल अमात्य ।

आफूले गरेको शर्तनामामा मञ्जूरी समेत गरी सकेकोले निवेदकको निवेदन खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२४८ - लिखत बदर

 फैसला मिति:२०४२/०१/१३  डिभिजन वेन्च इजलास  ५९४
 पुनरावेदक/ प्रतिवादी : का.जि.दापचा गा.पं. वडा नं. २ गहने गाउं बस्ने नैन लाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने रानी तामाङ

अंशबण्डाको १९ नं. मा पिता पूर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०१/१०  डिभिजन वेन्च इजलास  ५८२
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.न.पं. वडा नं. १६ बस्ने तेखाचो कृष्णदेवी जोन्छेनी ऐ.ऐ बस्ने नारायण भक्त जोन्छे बिरुद्ध विपक्षी/वादी : प्रधान पंच श्री ज्ञानबहादुर न्याई च्याई भक्तपुर नगर पंचायत

विवादको जग्गाहरू यो यसको हो वा होइन भनी हक बेहक छुट्याउने अधिकार नगर पञ्चायत ऐन, ०१९ को दफा १७(८) ले नगर पञ्चायतलाई प्रदान गरेको देखिन्न । (प्रकरण नं.७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२४६ - उत्प्रेषण

 फैसला मिति:२०४१/१२/२२  डिभिजन वेन्च इजलास  ५९३
 पुनरावेदक/ प्रतिवादी : वागमती अंचल ललितपुर जिल्ला ललितपुर नगर पंचायत वडा नं. ११ अन्तर्गत बस्ने खपीन्छे बस्ने वेखालाल महर्जन बिरुद्ध विपक्षी/वादी : ललितपुर नगर पंचायत कार्यालयका प्रधान पचं श्री बुद्धिराज बज्राचार्य ऐ.बागमती अंचल ललितपुर नगर पंचायतका वडा नं.११ अन्तर्गत भिडयोलाछी बस्ने सन्तलाल महर्जन

जिल्लामा एकलौटी हो वा साझा हो सो विवाद ल.पु.न.पं.ले साझा नै कायम गर्ने भनी अधिकार बाहिर गई बढी कुरा लेखी निर्णय गरेको त्रुटिपूर्ण देखिन आएको । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२४५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/१९  डिभिजन वेन्च इजलास  ६३८
 पुनरावेदक/ प्रतिवादी : धा.जि.नौविसे आदर्श गा.पं.वा.न. ७ खानी खोला बजार बस्ने प्र.पं.नेत्रलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत कार्यालय धादिङ जि.पं.का धादिङ का उप सभापती टेक बहादुर तामाङ ऐ.ऐ का सदस्य पुरुषोत्तम दास श्रेष्ठ ऐ.ऐ सद्स्य जगन्नाथ रुपाखेती धादिङ जिल्ला नौबिसे आदर्श गा.पं.वा.नं.८ नौबिसे सेरलाडी बस्ने उप प्र.पं.राम शरण उप्रेती

अधिकार बिना निवेदकलाई प्र.पं. को हैसियतले कार्य नगरी उप प्र.पं. को हैसियतले गा.पं. कार्यालयको ताल्चा खोली काम गर्नु भन्ने प्रत्यर्थीहरूको उक्त आदेश निर्णय अनाधिकारको तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत देखिने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२४४ - उत्प्रेषण

 फैसला मिति:२०४१/१२/१५  डिभिजन वेन्च इजलास  ६३९
 पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल जिल्ला लमजुङ समि भञ्ज्याङ गा.पं. वा.नं. ४ बस्ने पं.राम प्रसादको छोरा वर्ष ४८ लेखनाथ अधिकारी ऐ.ऐ गिलुङ गा.पं. वा.नं.२ बस्ने राम सुब्बाको छोरा वर्ष ५३ को धन प्रसाद गुरुङ ऐ.ऐ मालिङ गा.पं.वा.नं.९ बस्ने उदय सिंहको छोरा ४५ को खड्ग जंग गुरुङ ऐ.ऐ भोर्लेटार गा.पं. वा.नं.८ बस्ने कर्ण बहादुरको छोरा वर्ष ४२ को भिम बहादुर गुरुङ ऐ.ऐ रम्घा गा.पं.वा.नं.५ बस्ने मोहन मानको छोरा वर्ष ५६ को मोतिलाल श्रेष्ठ ऐ.ऐ मोहरियाकोट गा.पं.वा.नं.३ बस्ने कृष्ण बहादुरको छोरा वर्ष ४८ को डम्वर बहादुर थापा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय सिंह दरबार काठमाडौं श्री ५ को सरकार पंचायत तथा स्थानिय विकास मन्त्रालय पुलचोक ल.पु श्री ५ को सरकारको सचिव ऐ.ऐ पंचायत निति तथा जाँचबुझ समिति बानेश्वर काठमाडौं जि.पं. सचिव स्थानिय विकास अधिकारी लमजुङ जि.पं. सचिवालय

निर्वाचन बदर गरिपाउँ भन्ने रिट निवेदकको माग छैन यस्तो स्थितिमा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा श्री ५ को सरकारको निर्णय बदर गर्न रिट जारी गरे पनि निरर्थक हुन जाने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु