विस्तृत खोजी

 
 
 
 
 
      

१०० खोजी नतिजाहरु

निर्णय नं. १३०१ - उत्प्रेषण, परमादेश लगायत आवश्यक आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०८/२७  डिभिजन वेन्च इजलास  ४६६
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी रूपनगर गा.पं.वा.नं. ९ वस्ने गणेशप्रसाद खरेल बिरुद्ध विपक्षी/वादी : जि. सप्तरी रूपनगर गा.पं.वा.नं. ९ बस्ने कृपा साहुतेली समेत

(१) एक सालको कूत प्रतिवादीले नदिएकोमा मोहीबाट निष्काशन गर्न मनासिव नपर्ने भएकोले मोही हक प्रतिवादीको कायम रहन्छ भनी विपक्षी भूमिसुधार अधिकारीले निर्णय गरेकोमा निष्काशन नगर्ने भनी जो कारण उल्लेख छ त्यसलाई उचित कारण भन्न मिल्ने देखिँदैन । अर्धन्यायिक मनको प्रयोग गरी स्वेच्छाचारी किसिमबाट गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३०० - अपुताली

 फैसला मिति:२०३६/०९/०६  डिभिजन वेन्च इजलास  ६६०
 पुनरावेदक/ प्रतिवादी : का.जि. भूलाखेल बस्ने लक्ष्मी खड्गीनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने नानी भन्ने गणेशकुमारी खड्गीनी

१) मुलुकी ऐन अपुतालीका ३ नम्बरले गरेको व्यवस्थाले स्याहार सम्भार गरेकोले पाउन सक्ने सम्पूर्ण अपुताली हक प्रतिवादीले पाउन सक्ने देखिँदैन । वादी र प्रतिवादी सहोदर दिदी बहिनी भएको र अपुतालीको अरू हकदार नभएको हुनाले तत्कालीन मुलुकीऐन अपुतालीका २ नं. का व्यवस्थाले अपुताली वादीप्रतिवादी दुवैले आधा–आधा पाउने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९९ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी

 फैसला मिति:२०३६/०५/२६  डिभिजन वेन्च इजलास  ५०९
 पुनरावेदक/ प्रतिवादी : लमजुङ जिल्ला चसकु गा.पं.वार्ड नं. १ चिसकु बस्ने भिद्रिका पौडेल बिरुद्ध विपक्षी/वादी : श्री शाखा अधिकृत जिल्ला कार्यालय भूमिसुधार लमजुङ बेँसिसहर

(१) बाली भराई जग्गाबाट निश्काशन गरिपाउँ भन्ने उजूरीमा अधिया बाली विपक्षीले जग्गाधनीलाई बुझाउने, निवेदिकाले बुझिलिने र मोहीको रेकर्ड राखी मोही कायम राख्ने भन्ने निष्कर्षमा पुगेर सो सम्बन्धमा कुनै कारण आधार समेत उल्लेख नै नगरी गरेको निर्णय–कानूनको दृष्टिमा त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०३६/०७/०६  डिभिजन वेन्च इजलास  ५२४
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं.वार्ड नं. १६ क्षेत्रपाटी बस्ने आजिम शाह बिरुद्ध विपक्षी/वादी : साझा केन्द्रीय सञ्चालक समिति केन्द्रीय कार्यालय पुल्चोक समेत

(१) निर्णय गर्दाको मिति भन्दा अघिको मिति देखि निवेदकलाई नोकरीबाट बरखास्त गर्ने गरेको अध्यक्ष साझा केन्द्रीय कार्यालयको निर्णय तथा सो निर्णय उपर पुनरावेदन पर्दा साझा केन्द्रीय सञ्चालक समितिको बैठकले बरखास्त गरेको समर्थन गरेको निर्णयहरू त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०९/०५  डिभिजन वेन्च इजलास  ५३१
 पुनरावेदक/ प्रतिवादी : जि. क.गा.पं.गोदावरी वार्ड नं. १ मौजे थुहवा बस्ने राजकुमारी कुर्मिनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने भगवानी कुर्मिनी, भूमिप्रशासक, भूमि प्र.कार्यालय कपिलवस्तू

(१) जग्गा दर्ता गरिपाउँ भनी छुट्टाछुट्टै निवेदनपत्र दिएकोमा दुई उजूरीमा अलग–अलग विपक्षीलाई बुझी छुट्टाछुट्टै मिसिल खडा गरी निर्णय गर्नुपर्नेमा सो नगरी दुवै उजूरीको एकै मिसिल खडा गरी गरेको निर्णयमा अ.बं.१८५ तथा अ.बं.१८५(क) को त्रुटि देखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०३६/०७/०८  डिभिजन वेन्च इजलास  ५३०
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चल का.न.पं. वडा नं. २२ का जि. दुगंवहिल बस्ने नाति महर्जन बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायत बैठक, काठमाडौं नगरपञ्चायत धर्मपथ समेत

(१) नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) मा दफा ४८ को उपदफा (१) बमोजिम परेको उजूरबाट घर बनाउने जग्गामा तेरो मेरो हक बेहक छुटयाउन पर्ने देखिन आएमा अदालतबाट हक बेहक छुटयाई आएपछि मात्र नक्सा पासको कारवाही गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०९/०३  डिभिजन वेन्च इजलास  ४६५
 पुनरावेदक/ प्रतिवादी : जि. बर्दिया डेउडाकला गा.पं.वार्ड नं. ३ मौजे थुमनी बस्ने विष्णुप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालयद्वारा गठित वर्दिया जिल्लाको जग्गा जाँचबुझ जफत तथा बितरण आयोग हाल भू.सु.मन्त्रालय काठमाडौंसमेत

(१) यस अदालतले अपनाई आएको सिद्धान्त मध्ये प्राकृतिक न्यायको सिद्धान्त तथा न्यायिक मनको सिद्धान्त महत्वपूर्ण हुन् यी दुई मध्ये कुनै एक सिद्धान्तको अपहेलना भएको पाइन्छ भने त्यसलाई सदर गर्न मिल्दैन । (प्रकरण नं. ९) (२) जग्गामा हक प्राप्त गरिसकेको निवेदकलाई बुझ्दै नबुझी कसूरै नखुलाई गरेको विपक्षी आयोगको निर्णय तथा त्यसको आधारमा प्रकाशित गरेको अनुसूची तथा जफत र बिक्री बितरण गरेको समेतको कार्यवाही निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९४ - न.पं.पोखरा वडा नं. ९ बस्ने खुरेन्द्रमान माकजू

 फैसला मिति:२०३६/०१/११  डिभिजन वेन्च इजलास  ४७५
 पुनरावेदक/ प्रतिवादी : न.पं.पोखरा वडा नं. ९ बस्ने खुरेन्द्रमान माकजू बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधिश, गण्डकी अञ्चलाधिश कार्यालय पोखरा समेत

(१) जग्गा प्राप्ती ऐनको दफा १९ तथा नियमावलीको नियम ४ बमोजिम क्षतिपूर्तिको अंक कायम गर्दा अपनाउनु पर्ने कानूनी प्रकृयाहरू सबै अपनाई प्रस्तुत केशमा निर्णय भएको हो भन्ने कुरा अञ्चलाधिश कार्यालयको लिखितजवाफबाट र सम्बन्धित फाइल समेतबाट नदेखिनाले प्रत्यर्थीको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०९/०३  फूल बेन्च इजलास  ७०९
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी हनुमाननगर गा.पं.अन्तर्गत बरसाईन बस्ने मिथिलेशकुमारी बिरुद्ध विपक्षी/वादी : श्री भूमिप्रशासन कार्यालय सप्तरी समेत

(१) अ.बं.७२ नं. र अ.बं.१८५ नं. मा भएको कानूनी व्यवस्था बमोजिम छुट्टाछुट्टै परेको निवेदन उजूरीमा छुट्टाछुट्टै निर्णय गर्नुपर्नेमा सो नगरी ३ वटै उजूरी निवेदनहरूमा एउटै निर्णय गरेको कानूनको प्रतिकूल देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०९/१०  डिभिजन वेन्च इजलास  ५१५
 पुनरावेदक/ प्रतिवादी : भू.सु.का.बारा कलैयाको खरदार जैतुदिन अन्सारी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग सिंहदरबारका काठमाडौंसमेत

(१) माग अनुसारको आरोप तथा स्पष्टीकरणमा निर्णय नभई उजूरी र माग गरिएको स्पष्टीकरण भन्दा फरक गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०८/१६  डिभिजन वेन्च इजलास  ४६९
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २५ मखन टोल बस्ने जाँचकी केदारराज श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : प्रधानपञ्च काठमाडौं नगरपञ्चायत मुकाम धर्मपथ काठमाडौं समेत

(१) काठमाडौं नगरपञ्चायतले विनियमको अभावमा बर्खास्त गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने। (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२९० - दर्ताबदर समेत

 फैसला मिति:२०३६/०८/२३  डिभिजन वेन्च इजलास  ४६६
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. यालाछे ब्यासी बस्ने हाकुराम भन्ने न्हुछेबहादुर बासुकला बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कर्णबहादुर बासुकला

(१) नापी भई दर्ता भएको दिनले मुलुकीऐन जग्गामिच्नेको १८ नं. को २ वर्ष नघाई परेको उजूरी खारेज हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८९ - लेनदेन

 फैसला मिति:२०३६/०९/०१  डिभिजन वेन्च इजलास  ४९०
 पुनरावेदक/ प्रतिवादी : अं. नारायणी जि. पर्सा वीरगञ्ज वडा नं. ७ बस्ने मदनलाल माडवारी बिरुद्ध विपक्षी/वादी : ऐ. जि. पर्सा गा.पं.देउखान वडा नं. ४ कल्याणपुर बस्ने मोहनदास थारू

(१) ऐन बमोजिम धनी ऋणी खडा भई ऋण कर्जा लिए दिए भन्ने बोली परी कानून अनुरूप तमसुक खडा भई लेनदेन भएको भन्ने रीतपूर्वकको तमसुक नभएमा १० वर्षको हदम्यादको सुविधा नपाउने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०८/२५  फूल बेन्च इजलास  ५००
 पुनरावेदक/ प्रतिवादी : का.जि. १५ कमलपोखरी बस्ने ठे.गौतमबुद्ध प्याकुरेल बिरुद्ध विपक्षी/वादी : कर कार्यालय महाकाली अञ्चल महेन्द्र नगरसमेत

१) आयकर ऐनमा व्यवस्थित कुनै आधारको अवलम्बन नगरी हचुवा किसिमबाट निवेदकको आय कायम गरेको कानूनी त्रुटि देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०८/२५  फूल बेन्च इजलास  ५६५
 पुनरावेदक/ प्रतिवादी : कम्पनी ऐन अन्तर्गत रजिष्टर्ड सुनिलकुमार एण्ड कम्पनी प्रा.लि.मुख्य कार्यालय विराटनगरका अध्यक्ष का.जि. बागबजार बस्ने पुनमचन्द्र अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री कर फछर्यौट आयोग बबरमहल काठमाडौंसमेत

(१) न्यायोचित अनुमानबाट खुद आय कायम गरी कर निर्धारण गर्न कानूनले जुन पूर्वावस्थाको अनिवार्यता गरेको छ सो कुनै पनि पूर्वावस्था निर्णयमा उल्लेख गर्न नसकेको अवस्थामा विपक्षी कर फछर्यौट आयोगले न्यायोचित अनुमानको आधारमा खूद आय कायम गरेको र सो खूद आयको आधारमा कर अधिकृतले कर निर्धारण गरेको कानूनी त्रुटि देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८६ - बण्डा बदर गरिपाउँ

 फैसला मिति:२०३६/०८/२१  फूल बेन्च इजलास  ४७५
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा न.२२ अन्तर्गत खिचापोखरी बस्ने माधव घले बिरुद्ध विपक्षी/वादी : का.न.पं. वा.नं. २२ अन्तर्गत खिचापोखरी बस्ने रेवतीकुमारी घलेसमेत

(१) अंशबण्डाको १६ नं. बमोजिम अविवाहिताले अरू अंशियारले पाउने अंशको आधा अंश पाउनेमा अरू अंशियारले पाउने सरह नै अंशबण्डा गरेको मिलेको नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८५ - बिगो भराई चलन चलाई पाउँ

 फैसला मिति:२०३६/०७/२७  डिभिजन वेन्च इजलास  ४३८
 पुनरावेदक/ प्रतिवादी : वीरबहादुरको मुद्दा सकार गर्ने श्रीमती अम्बिका कसजू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.को हाल का.जि. बांगेमुडा न्हौखा टोल बस्ने गुणकेशरी जोशी

(१) जग्गामा झगडा परी हक नछुट्टी रहेको जग्गाको बालीको दावी नभई मोहियानी हक ठहरेको जग्गाको २०१२ साल देखि २०१७ सालको बालीको दावी गरी फिराद परेको देखिन आएको र मोहीले आफ्नो श्रमशक्ति नलगाएका अवस्थाको बाली वा त्यसको क्षतिपूर्ति जग्गाधनीबाट भराई लिन पाउने कानूनी व्यवस्था नहुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८४ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०७/१५  डिभिजन वेन्च इजलास  ४७९
 पुनरावेदक/ प्रतिवादी : गा.पं.वा.नं. २ हाल चपेना गा.पं.वा.नं. ४ बस्ने रामविहारी बिरुद्ध विपक्षी/वादी : भू.सु.अ. भू.सु.का. सप्तरी राजविराजसमेत

(१) दर्ताको जग्गा मोहीमा कमाई आएको ३ नं. मोहीको प्रमाणपत्र पाउँ भनी निवेदकलाई प्रतिवादी बनाई विपक्षीको निवेदन परेपछि प्रतिवादी बनाइएका निवेदकलाई आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी विपक्षीलाई मोही ठहर्छ, २ नं. प्रमाणपत्र दिने भनी भूमिप्रशासन कार्यालय सप्तरीबाट गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३६/०८/२०  डिभिजन वेन्च इजलास  ४९३
 पुनरावेदक/ प्रतिवादी : जि. बारा फत्तेपुर गा.पं.वार्ड नं. १ भवानीपुर घर भई हाल वीरगञ्ज कारागारमा थुनामा रहेको ताराप्रसाद उपाध्यायको हकमा निजको छोरा रामेश्वरप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री विशेष प्रहरी अधिकृत नारायणी अञ्चल नारायणी अञ्चलाधिशको कार्यालय वीरगञ्ज नेपालसमेत

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ को उपदफा (२) ले धरौट वा जमानत दिन नसके थुनामा राख्न सकिने व्यवस्था भए अनुरूप सोही ऐनको दफा १९ को उपदफा (३) ले तीन महीनासम्म मात्र हिरासतमा राख्न पाउनेमा सो कानूनी व्यवस्था विपरीत निवेदक हाल थुनामा रहेको गैरकानूनी देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२८२ - लेनदेन

 फैसला मिति:२०३६/०७/०९  डिभिजन वेन्च इजलास  ५८८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. १३ बस्ने मधुकर महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ.का.न.पं.वार्ड नं. २० पकनाजोल बस्ने बद्रीमाया श्रेष्ठ समेत

(१) रूपैंयाँ भराई पाउँ भनी लेनदेन व्यवहारको २ नं. बमोजिम फिराद गरेकोमा २ नं. को व्यवस्था हेर्दा सो नम्बर तमसुक भई लेनदेन व्यवहार भएको अवस्थामा मात्र लागू हुने देखिएकोले बैनाको रूपमा कागज गरी दिएकोमा उक्त २ नं. को हदम्याद लागू हुने नभई लेनदेन व्यवहारको ४० नं. को हदम्याद लागू हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु