विस्तृत खोजी

 
 
 
 
 
      

१०० खोजी नतिजाहरु

निर्णय नं. १२४३ - लिखित बदर

 फैसला मिति:२०३६/०३/०४  डिभिजन वेन्च इजलास  ७५१
 पुनरावेदक/ प्रतिवादी : नु.जि. राप्ती गा.पं.वार्ड नं. १ समुन्द्रटार भई हाल ऐ.वडा नं. २ नौबिसे बस्ने वर्ष ३४ को पद्मप्रसाद उपाध्याय आचार्य बिरुद्ध विपक्षी/वादी : नु.जि. तामे गा.पं.वार्ड नं. ५ बाह्विसेको हाल रामति गा.पं.वार्ड नं. ६ बाह्रबिसे बस्ने अं.वर्ष ५२ को चूडाबहादुर पाण्डे क्षेत्री

अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकोले अचल सम्पत्तिको हकबाट गरेको लिखित बदर गरीपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२४२ - कर्तव्य ज्यान

 फैसला मिति:२०३६/०३/१४  डिभिजन वेन्च इजलास  ७६३
 पुनरावेदक/ प्रतिवादी : सु.रामबहादुर राजलवटको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. सुनसरी धरान न.पं.वार्ड नं. २ बस्ने ईन्द्रप्रसाद श्रेष्ठ समेत

मृत्युको कारण रहस्यमय भएको स्थितिमा ज्यान जस्तो कसूरमा प्रतिवादीलाई सजायको भागी ठहर्या उन नमिल्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२४१ - लिखत बदर

 फैसला मिति:२०३६/०३/२९  फूल बेन्च इजलास  ७६८
 पुनरावेदक/ प्रतिवादी : का. जिल्ला चावहिल गा.पं.वा.नं. ७ बस्ने रूकुमकुमारी सेन ठकुरी समेत बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला हाल न.पं.लगनटोल बस्ने पूर्ण देवी ठकुरी १

आमा, छोरा र बुहारी समेत संग साथै भएको अवस्थामा आमाले कन्या छोरीलाई सम्पत्ति हस्तान्तरणको लिखत गरे पनि बुहारीको निमित्त सम्पत्ति परिवार देखि बाहिर गएको मान्नु पर्ने अवस्था नहुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२४० - जारी चोरी

 फैसला मिति:२०३६/०३/१५  फूल बेन्च इजलास  ९३३
 पुनरावेदक/ प्रतिवादी : जि. डडेलधुरा गा.पं.वा.नं. ७ बस्ने हरिदत्त पाण्डे बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने परमानन्द बोहरा

पछि आएको ऐनमा किटानसाथ अन्यथा व्यवस्था भएकोमाबाहेक मुद्दामा पक्षहरूको हक र दायित्व फिरादपत्र परेको बखत भइरहेको कानून बमोजिम निर्धारित हुने कुरा हो । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३८ - अपुताली

 फैसला मिति:२०३६/०२/१८  डिभिजन वेन्च इजलास  ८३५
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला भैरहवा बजार डेरा गरी बस्ने रमाकान्त बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

ऐनको रीत पुर्यानई हकदारलाई बुझाई दिनुपर्छ भन्ने कुराको अधिकार अपुतालीको १७ नं. ले अञ्चलाधिशलाई प्रदान गरेको हुँदा त्यस्तो कार्यसम्म अञ्चलाधिशले सबूद बुझी छुट्याउने निर्णय दिन पाउने अधिकार अञ्चलाधिशले गर्ने हैन भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३७ - फैसला बदर

 फैसला मिति:२०३६/०२/१३  डिभिजन वेन्च इजलास  ७७८
 पुनरावेदक/ प्रतिवादी : का.जि. कमलादी टुकुचा का.न.पं. वडा नं. ३१ बस्ने अष्टमान तण्डुकार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. कमलपोखरी चाटबूर्जा बस्ने देवराजेश्वरी थापा समेत

मञ्जुरीनामा लिखतलाई आफ्नो हकको श्रोत भनी प्रमाण पेश गरेकोमा सो लिखतलाई सद्देकीर्तेमा सुनाएको तर निष्कर्षमा नपुगी निर्णय गरेकोबाट अदालती बन्दोबस्तको ८२ नम्बरको त्रुटि देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३६ - अपुताली जग्गा दर्ता

 फैसला मिति:२०३६/०१/२६  डिभिजन वेन्च इजलास  ७६९
 पुनरावेदक/ प्रतिवादी : देउखुरी जिल्ला गङ्गगरी गाउँ पञ्चायत वडा नं. ८ बस्ने धनकुमारी बस्नेत बिरुद्ध विपक्षी/वादी : दाङ्ग जिल्ला फूलबारी गा.पं.वार्ड नं. ३ मजघटुवा बस्ने जीतबहादुर बस्नेत

तत्कालिन अपुतालीको ३ नं. मा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने अपुताली अचलमा आधा पाउने र हक पुग्ने हकवालामा लोग्ने स्वास्नी छोरा वा छोरीको छोरा नभएमा सवै अपुतालीको छोरीज्वाइँले खान पाउने मिल्ने भएको, हकवालाले पाउँदैन भन्ने देखिन्छ, लोग्ने स्वास्नी छोरा वा छोरीका छोरा कोही नभएको नदेखिएको भिन्न भएका हकवालाको हकमा उपयुक्त ऐनले पाउने नदेखिएकोले संग बसी स्याहार सम्भार गर्ने छोरी वादी देखिन आएकोले वादी दावीको जग्गामा अपुतालीको ३ नं. ले छोरीको एकलौटी हक पुग्ने देखिन आउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३५ - बाली समेत

 फैसला मिति:२०३५/०२/०४  डिभिजन वेन्च इजलास  ७७८
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि. न.पं. वडा नं. १६ बस्ने तुलसीमाया रञ्जितकार समेत बिरुद्ध विपक्षी/वादी : ल.पु.जि. न.पं.वार्ड नं. १२ टेंगल टोल बस्ने ईन्द्रमान रञ्जितकार समेत

दानदातव्यको ५ नं. बमोजिम २१ वर्षभित्र आफ्नो हक कायम नगराएको हुनाले अपुतालीको ऐन बमोजिम वादी दावीको जग्गा वादीहरूको हक हुने देखिएकोले २ सालको दानपत्र बमोजिमको गुठी कार्य वादीहरूले नै चलाउनु पर्ने गरी वादीले बाली बिगो भरी पाउने ठहर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३४ - ज्यान

 फैसला मिति:२०३६/०२/०४  डिभिजन वेन्च इजलास  १०४७
 पुनरावेदक/ प्रतिवादी : ई.श्यामप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : तुजु भन्ने सखरबहादुर तामाङ समेत

मार्ने मनसाय गरी कुटपिट गरी मारेको भन्ने कुरा कतैबाट पनि देखिन नआएमा कुटपिटबाट भएको चोटले मानिस मर्न गएमा ज्यान सम्बन्धी १३ नं. बमोजिमको कसूर अपराध मिल्न देखिन नआउने । (प्रकरण नं. ९३) (२) कुटपिट चोटपिरबाट भवितव्य भई मरेको ठहराई ज्यानसम्बन्धी ६ नं. देहाय २ दफा बमोजिम सजाय गर्ने गरी भएको फैसला उपर अ.बं.१८६ नं. ले जाहेरी फैसला गर्नुपर्ने नदेखिने । (प्रकरण नं. ९४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३४/०४/२७  डिभिजन वेन्च इजलास  ७८१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तू सिधीपुर वार्ड नं. ४ वस्ने पूर्णवासी दगौरिया थारू समेत बिरुद्ध विपक्षी/वादी : जि. भू.प्र.का. कपिलवस्तू श्री शाखा अधिकृत

जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८ अनुसार दिएको निवेदन उपर ऐन बमोजिम प्रमाण बुझी निर्णय गर्नुपर्नेमा नगरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१२/२८  डिभिजन वेन्च इजलास  ८००
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. नकदेश गा.पं.वार्ड नं. ३ बस्ने काजीबहादुर बाँडे बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासनको हाल भूमिसुधार कार्यालय भक्तपुर शाखा समेत

भूमी प्रशासन ऐन, २०२४ को दफा ४ अनुसार दर्ता नभएकोमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ख) अनुसार मोही हुने प्रश्न नै नउठ्ने हुँदा मोहियानी हक पाएको भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३१ - उत्प्रेषणको आदेश जारी पाउँ

 फैसला मिति:२०३६/०१/०६  डिभिजन वेन्च इजलास  ७७५
 पुनरावेदक/ प्रतिवादी : का.जिल्ला स्यूचाटार गा.पं.वार्ड नं. ४ बस्ने चित्रकुमारी खड्का क्षेत्री बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी समेत

अदालतमा उठेको खिचोला मुद्दामा मोहियानीको विवाद सिर्जना गरी निरोपणको लागि मिसिल भूमिप्रशासन कार्यालय समक्ष पठाउने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३० - उत्प्रेषणको आदेश जारी पाउँ

 फैसला मिति:२०३६/१२/०२  डिभिजन वेन्च इजलास  ७९५
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला मधुमल्ला गा.पं.वार्ड नं. २ बस्ने सन्तकुमार राई बिरुद्ध विपक्षी/वादी : प्रधान वन कार्यालय विराटनगर समेत

हक स्थापित भई नसकेको कुरालाई लिएर हक प्रचलन गराई पाउँ भनी आएको निवेदनबाट संविधानको धारा ७१ अन्तर्गत हक प्रचलन गराउन नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१२/१२  डिभिजन वेन्च इजलास  ७८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट ब्रम्हापुरी पञ्चायत वार्ड नं. १ मा घर भई हाल का.जि. गैरीधारा बस्ने किशोरीप्रसाद बर्मा बिरुद्ध विपक्षी/वादी : कैलाली भन्सार कार्यालय धनगढीको निमित्त प्रमुख भन्सार अधिकृत श्री राजबहादुर गुरूङ समेत

नोकरीबाट राजीनामा गरी अवकाश पाएपछि निजामती सेवा नियमावली, २०२१ अनुसार पाउँने सुविधाहरू निवेदकले उपभोग गरिसकेको भएपछि निवेदकको हकमा कुनै अघात परेको भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२८ - ज्यान

 फैसला मिति:२०३६/०१/०४  डिभिजन वेन्च इजलास  ७६१
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : भोजपुर हतुवादेवाल्टार गा.पं.वार्ड नं. ७ बस्ने बमबहादुर बस्नेत क्षेत्री समेत

करणीको कुराको आशंकामा सोधपुछ गर्दागर्दै मर्नेले एक्कासी खुर्पाले काट्न आँटेको अवस्थामा उठेको रिसको आवेशमा हिर्काएको चोटबाट मरेकोमा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२७ - जग्गा खिचोला

 फैसला मिति:२०३६/०१/०३  डिभिजन वेन्च इजलास  ७८४
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला मोतिपुर गा.पं.वार्ड नं. १ बस्ने शिवकुमारी घिमिरे बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने यम.एम.थमाई

सबूद प्रमाणको आधारमा मिति यकिन गरी हदम्यादभित्र उजूर परेको छ छैन हेरी मात्र निर्णय दिनु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२६ - खिचोला

 फैसला मिति:२०३६/०१/०३  डिभिजन वेन्च इजलास  ७७५
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १४ बस्ने दुर्गामान मर्हजनसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने गौरीशरण महर्जन समेत

नाउँसारी नभएसम्म जग्गामा हक प्राप्त हुन नसक्ने भएमा राजीनामाबाट प्राप्त हुन आएको हक निष्क्रिय हुनजाने हुनाले राजीनामाबाटै अ.बं.८२ नं. बमोजिम नालिस गर्न हकदैया पुग्ने नै देखिन आउने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२५ - प्रतिषेधको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/११/१०  डिभिजन वेन्च इजलास  ८७४
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज न.पं.वार्ड नं. ७ बस्ने हरिप्रसाद अग्रवाल बिरुद्ध विपक्षी/वादी : अञ्चलाधिश नारायणी अञ्चलाधिशको कार्यालयसमेत

घर पसलबाट उठाइपाउँ भन्ने सम्बन्धको मुद्दा हेर्ने अधिकार जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने । घर पसलमा बसेको व्यक्तिले गरी दिएको कागज बमोजिम खाली गरी नदिएकोमा अदालतमा उजूर गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२४ - माना चामल

 फैसला मिति:२०३५/१२/२१  डिभिजन वेन्च इजलास  ११६१
 पुनरावेदक/ प्रतिवादी : फरिणमाया शाक्य का.जि. का.न.पं. वडा नं. २३ धर्मपथ बिरुद्ध विपक्षी/वादी : ताराबहादुर शाक्य का.जि. न.पं. वडा नं. २३ झोंछे

वादीले आफ्नो दावीलाई समर्थित गराउने सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीबाट माना चामल भराई दिन न्यायोचित नपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२३ - उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१२/२४  फूल बेन्च इजलास  ९९०
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला पोखरा न.पं.वार्ड नं. १० बस्ने गणपति न्यौपाने समेत बिरुद्ध विपक्षी/वादी : नगर विकास योजना नापी सम्बन्धी विशेष अदालतसमेत

पुनरावेदनको म्याद दिने कानूनी कर्तव्यलाई वैकल्पिक रूपमा लिन नसकिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु