विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २२७१ - हक कायम गरी खिचोला मेटाई पाउँ

 फैसला मिति:२०४२/०२/०१  फूल बेन्च इजलास  ६४५
 पुनरावेदक/ प्रतिवादी : जि.ललितपुर,ललितपुर नगर पंचायत वा.नं.१२ इखाटोल बस्ने ठूलो भाइ हलुवाइ । ऐ.ऐ बस्ने सानो भाई हलुवाई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. १४ मंगलबजार बस्ने नारायण गोविन्द हलुवाई

प्रतिवादीको नाउँमा स्पष्ट रूपबाट दर्ता नभएको स्थितिमा वादीको नालिश गर्ने हदम्याद गइसकेको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२७० - दर्ता बदर नामसारी

 फैसला मिति:२०४२/०२/१८  फूल बेन्च इजलास  ६५२
 पुनरावेदक/ प्रतिवादी : जि.रूपन्देही, आनन्दवन गा.पं.वा.नं.२ प्रेम नगर बस्ने सुमित्रादेवी क्षेत्रीनी ऐ.ऐ बस्ने जय बहादुर घर्ती ऐ.ऐ बस्ने भिउसिंन लामिछाने टेकमान पुनको मु.स.गर्ने ऐ.ऐ बस्ने गोपाल पुन ऐ.ऐ बस्ने मान बहादुर गुरुङ ऐ.ऐ बस्ने लक्ष्मी कुमारी क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने दामोदर भण्डारी

वादीको हक कायमतर्फ अदालतमा मुद्दा परेकोले त्यस्तो मुद्दा पर्दा पर्दैको अवस्थामा त्यस्तो विवादका जग्गाहरूलाई प्रतिवादीले आफ्नो नाउँमा नापी दर्ता गराएको नाताबाट त्यस्तो दर्तालाई सदर मान्ने स्थिति नै हुँदैन । (प्रकरण नं.१६) अदालतमा जग्गाको हक बेहकतर्फ उजूर परेकोमा त्यस्तो उजूरीको निर्णय अन्तिम रूपले भई नसक्दै त्यस्तोमा जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी वादी आउन पर्छ भन्नु न त न्यायसंगत हुन्छ न त जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को स्प्रीटसँग मिलेको छ भन्न सकिन्छ । (प्रकरण नं.१७) ऐनका हदम्याद भित्रै प्रमाण पूर्जा पाउँ भनी वादीको उजुरी परेकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को हदम्याद नाघेको भन्न मिलेन । (प्रकरण नं.१७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६९ - ज्यान मार्ने उद्योग

 फैसला मिति:२०४२/०२/११  फूल बेन्च इजलास  ६३५
 पुनरावेदक/ प्रतिवादी : जनकपुर अंचल रामेछाप, निगालपानी गा.पं.वडा नं.८ बस्ने अन्तरे भन्ने ओम बहादुर लामा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

दुइ भिन्दा भिन्दै अवस्थाको विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.२९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६८ - अंश

 फैसला मिति:२०४२/०१/२५  फूल बेन्च इजलास  ६०६
 पुनरावेदक/ प्रतिवादी : प्रेम बहादुर राउत क्षेत्री मरी मु.स.गर्ने ऐ.को छोरा ल.पु.जि.गोदाम चौर गा.पं.वडा नं.३ बस्ने नारायण बहादुर राउत क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने धन कुमारी राउत क्षेत्री । ऐ.ऐ बस्ने अंकुर राउत क्षत्री

एउटै विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट दुई भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नुपर्ने । (प्रकरण नं.१७) अलग–अलग विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६७ - जबरजस्ती करणी

 फैसला मिति:२०४२/०१/११  फूल बेन्च इजलास  ६७४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी सिसवा कटैया गा.पं.वार्ड.नं.९ बस्ने वीरेन्द्र कुमार तिवारी बिरुद्ध विपक्षी/वादी : हरिहर महतो कोइरीको जोहरीले श्री ५ को सरकार

अर्को व्यक्तिसँग भएको चुनावको रिसइवी साँध्नका लागि आफ्नो छोरीको सतित्व तथा इज्जत लुट्यो भनी झुठ्ठा घटनाको सिर्जना गर्योफ भन्ने कुरा अविश्वासनीय देखिने । (प्रकरण नं.२२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६६ - खुन डाँका

 फैसला मिति:२०४२/०१/०७  फूल बेन्च इजलास  ८१७
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही ईश्वरपुर गा.पं.वा.नं.२ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा, सर्लाहीमा थुनामा रहेको विष्णु बहादुर गिरी । ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.६ घर भै हाल ऐ.ऐ मा थुना रहेको कालुमान योन्जन ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.६ घर भै हाल ऐ.ऐ मा थुना रहेको अमिर मान पाख्रिन ऐ.ऐ वा.नं.३ घर भै ऐ.ऐ थुनामा रहेको रवि घलान तामाङ ऐ.ऐ शंकरपुर गा.पं.घर भै ऐ.ऐ मा रहेको बीर बहादुर योन्जन ऐ.ऐ गंगापुर गा.पं.वा.नं.३ घर भै ऐ.ऐ मा रहेको मेहीलाल दनुवार ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.३ घर भै ऐ.ऐ मा रहेको आश बहादुर पाख्रिन बिरुद्ध विपक्षी/वादी : वेद कुमारीको जाहेरीले श्री ५ को सरकार

वारदातमा आफू सावित भई पोल गर्ने सहअभियुक्तहरूको बयानमा विश्वास गर्नुनपर्ने कुनै कारण देखिँदैन । (प्रकरण नं.४२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६५ - ज्यान ।

 फैसला मिति:२०४१/१२/२३  फूल बेन्च इजलास  ६०८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट प्रगन्ना परोश फरहदवा गा.पं. वडा नं.५ घर भै रौतहट कारागारमा थुनामा रहेको शेख तफाजुल मियाँ बिरुद्ध विपक्षी/वादी : शेष अबुलेस समेतका जाहेरीले श्री ५ को सरकार

अतः शंका र अनुमानको आधारमा प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको भन्न नमिल्ने शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं.१८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२६४ - दर्ता बदर हक कायम

 फैसला मिति:२०४२/०१/१४  फूल बेन्च इजलास  ६६७
 पुनरावेदक/ प्रतिवादी : जि.चितवन भरतपुर नगर पञ्चायत वडा नं. ९ बस्ने लाला बुद्धिमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने मेघराज उपाध्याय

एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.१२) हक प्रमाणको प्रमाणिक अभिलेखको सिर्जना दर्ता श्रेस्ताबाटै हुने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु