निर्णय नं. २६२३ - उत्प्रेषण
(१) अनुचित विलम्ब गरी उपचारको खोजीमा आएको देखिएकोबाट संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्रको प्रयोग गरी उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्(१) अनुचित विलम्ब गरी उपचारको खोजीमा आएको देखिएकोबाट संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्रको प्रयोग गरी उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्(१) मोही निष्कासन गर्ने निर्णय गरेको अवस्थामा कूत पनि अनिवार्य रुपले भराउन पर्छ भनी भन्न दफा २९(३) को व्यवस्थाबाट मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) बाली मुद्दा पर्दापर्दैको अवस्थामा बुझेको भन्ने देखाउन नसकेको अवस्थामा बाली बुझेको भन्ने दोष पनि जग्गा धनीलाई लगाउन मिल्ने देखिँदैन । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा स्वास्नी भनी लेखाएको जालसाजी ठहर्याई जालसाजतर्फ सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्(१) जग्गाधनी नरहेकाका नामबाट प्रकाशित २ नं. अनुसूचीबाट निवेदक प्रत्यर्थीको जग्गामा मोही कायम गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) आधारभूत प्रमाणको अभावमा माग गरिएको कित्ता मोहीको प्रमाणपत्र दिन नमिल्ने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्(१) कानुनले उजूरी तथा पुनरावेदन सुन्न सक्ने अख्तियारी प्रदान नगरेको स्थितिमा निर्णय गर्ने अधिकारीले पुनरावेदन गर्न जानु भनी सुनाउँदैमा र त्यसरी सुनाएको कारणले पुनरावेदन गर्न जाँदैमा क्षेत्राधिकारको प्रारम्भ हुन सक्ने स्थिति नरहने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) ऐनले बाध्य गरे अनुसार सफाईको मौका दिँदा अव्यवहारिक हुने कुराको कारण नखुलाई खडा गरेको निर्णय पर्चाको आधारमा रिट निवेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको निर्णय समेत कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्(१) कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पहिल्याउन सकिने हुन्छ । (प्रकरण नं. २२) (२) अपराधजन्य कार्य नै मनसाय तत्व पहिल्याउने शसक्त एवं भरपर्दो माध्यम हो । (प्रकरण नं. २२)
पूर्ण पाठ हेर्नुहोस्(१) निश्चित साँध किल्लाभित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १६) (२) वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत बनाई हक भोग बिक्री व्यवहार समेत गरेको देखिएकोबाट हक नपुग्ने गोठ, तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिएको हुँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १७)
पूर्ण पाठ हेर्नुहोस्