विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. ४५५१ - लेनदेन

 फैसला मिति:२०४९/०१/२२  संयुक्त इजलास  ८१२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं.३० कमलादी बस्ने नानी महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.१२ बस्ने बेखानारायण प्रज्ञापतिसमेत

(१) कानुन बमोजिम तयार नभएको लिखतको औचित्य भित्र प्रवेश गरी रहनु न्यायिक दृष्टिबाट मिल्ने नहुँदा वादी दावी नै खारेज हुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५५० - लिखत दर्ता बदर

 फैसला मिति:२०४९/०४/२७  पूर्ण इजलास  १०६१
 पुनरावेदक/ प्रतिवादी : बारा जिल्ला झिटकैया गा.वि.स. वा.नं.१ झिटकैया बस्ने योगन्द्रप्रसाद यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. कलैया न.पा. वा.नं.२ औधापुर बस्ने सुर्जोदेवी अहिरसमेत

(१) साक्षी हुनु र कारणी हुनुमा तात्वीक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको दर्ता बन्नु हो । साक्षीको योग्यता र कारणीको योग्यता पनि पृथक पृथक छन् । तसर्थ घरको मुख्य व्यक्ति साक्षी सम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न नमिल्ने । (प्रकरण १३) (२) अंशबण्डाको १९ नं.को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात बाबुको हकमा प्रयोग हुने हो बाबु बाहेकका घरको मुख्यलाई अंशबण्डाको १९ नं.नलाग्ने । अंशबण्डाको १९ नं.मा पनि बाबु स्वयं नै कारणी भएर व्यवहार गरेको हुनु पर्ने प्रस्तुत मुद्दामा त्यस्तो अवस्था विद्यमान नहुँदा अंशबण्डाको १९ नं.नलाग्ने । (प्रकरण १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५४९ - सुनको गहना निखनाई पाउँ

 फैसला मिति:२०४९/०६/२७  पूर्ण इजलास  ८६६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं.२९ ठमेल केशरमहल बस्ने कृष्णचन्द देवी राणा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वा.नं.२ टंगाल बस्ने पद्मलक्ष्मी राज भण्डारी

(१) नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने अरु माल नासो वा धरौट राख्दा रसीद भर्पाई गराउनु पर्ने बाध्यता ऐनले गराएको पाइने । (प्रकरण नं. १७) (२) नासो धरौट कायम हुनलाई कुनै धन माल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्नको निमित्त कसैलाई दिएको हुन पर्ने । (प्रकरण नं. १७) (३) दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने बोली परी लिखत भएको देखिन्छ । यस प्रकारको व्यवहारमा नासो धरौटको १ नं.र ६ नं.आकर्षित हुने स्थिति देखिंदैन । त्यसकारण नासो धरौटको ७ नं.को हदम्याद नलाग्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु