विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. ४६०७ - इन्साफ जाँच

 फैसला मिति:२०४९/०९/२८  संयुक्त इजलास  ४९०
 पुनरावेदक/ प्रतिवादी : ज्योती क्लियरिंग एण्ड फर्वाडिड्ड एजेन्सीका प्रो.अमृत ज्योती कंसाकार बिरुद्ध विपक्षी/वादी : दुग्ध विकास संस्थानका कार्यकारी अध्यक्ष पलजंग राणा

(१) संस्थानका अधिकार प्राप्त व्यक्तिबाट फिराद दायर भएकोले हकदैया नभएको भन्न पर्ने स्थिति नदेखिने । (प्रकरण नं. २) (२) प्रतिवादीले हिसाब मिलानको लागि २ महीनाको म्याद मागेकोमा सो म्यादबाट हदम्याद भित्र नालेश परेबाट हदम्याद भित्र नै फिराद परेको देखिने । (प्रकरण नं. २)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६०६ - अदालतको अवहेलना

 फैसला मिति:२०४९/०१/१६  पूर्ण इजलास  ५६०
 पुनरावेदक/ प्रतिवादी : जि.बाँके जसपुर गा.वि.स. वडा नं. ६ बस्ने मोहम्मद हैदर दर्जीको मु.स. गरी आफ्नो हकमा समेत मुनीर अहमद दर्जी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार वन तथा भू–संरक्षण मन्त्रालय, बबरमहल काठमाडौंसमेत

(१) अदालतका न्यायाधीश, कर्मचारी तथा अदालती कारवाहीमा सरिक कानुन व्यवसायीहरुलाई कर्तव्यबाट विचलित गराउन खोज्नु, उनीहरुको मान सम्मान वा मर्यादामा आँच पुर्याीउनु, अदालतको आदेशको अवज्ञा गर्न, न्याय प्रशासनमा अनावश्यक दख्खल वा हस्तक्षेप पुर्या‍उने कार्यलाई अदालतको अवहेलना मानिने । (प्रकरण नं. १६) (२) वास्तवमा यो यस्ता कार्यबाट मात्र अदालतको अवहेलना हुन्छ भनी प्रष्ट रुपमा किट्न वा सीमा रेखा तोक्न संभव नहुने भएर नै विधायिकाले के कस्तो क्रियाबाट अवहेलना हुन्छ भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार स्वयं अदालतलाई नै छोडी दिएको देखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु