शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८९१ - कर्तव्य ज्यान

भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक:

निर्णय नं. ६८९१           ने.का.. २०५७            अङ्क ४

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ

सम्वत २०५६ सालको फौ.पु.नं. ..१७६

सम्वत २०५४ सालको साधक ..२०३

फैसला मितिः २०५७।३।७।४

मुद्दाः   कर्तव्य ज्यान ।

पुनरावेदक/प्रतिवादीः दोलखा जिल्ला, दोलखा गा.वि.. वडा नं. १ घर भै हाल कारागार शाखा त्रिपुरेश्‍वर काठमाडौंमा थुनामा रहेको वर्ष २८ को टिकाबहादुर दाहाल

विरुद्ध

विपक्षी/वादीः प्र.ना.नि. रुद्रबहादुर सिलवालको जाहेरीले श्री ५ को सरकार

वादीः प्र.ना.नि. रुद्रबहादुर सिलवालको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः दोलखा जिल्ला, दोलखा गा.वि.. वडा नं. १ घर भै हाल कारागार शाखा त्रिपुरेश्‍वर काठमाडौंमा थुनामा रहेको वर्ष २८ को टिकाबहादुर दाहाल

§  प्रतिवादी टिकाबहादुरले प्रहरी तथा अदालतमा बयान गर्दा निजका साथीहरु कृष्ण धौबन्जारा र पुण्य धौबन्जाराले तिम्रो श्रीमती गंगा अरुसँग मोटरसाईकलमा बसि जाने गरेकोले त्यस्तो स्वास्नीलाई कि मार कि राख भनी भनेको र सो सुनेको प्रतिकृयास्वरुप घरमा आई स्वास्नीसँग भनाभन भै मुड्‍कीले छातीमा हानी सिलौटो समेत प्रयोग गरी मारेपछि जलाउन लगेको हुँ भनी आरोपित कसूरमा सावित रहेको देखिन्छ । मृतकको छाति र टाउकोमा चोट परेको कारणले मृत्यु भै मृत्यु पछि जलाएको भनी पोष्टमार्टमा उल्लेख भएकोले प्रतिवादीको उक्त सावितिलाई पुष्टि गरेको पाइछ । मार्ने पूर्व तयारी रिसइवी नभै तत्काल उठेको कुरामा रीस थाम्न नसकी हात र साधारण ढुंगा सिलौटाले हानेको अवस्था हुँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुनुपर्ने भन्‍ने जिकिर तर्फ हेर्दा ज्यान सम्बन्धीको १४ नं. मा उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी हान्दा ज्यान मर्न गएमा उक्त दफा लागु हुने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीको भनाई बमोजिम घरमा मृतकसँग भएको झगडाको कारणले तत्काल उठेको रिसले कुटपिट गर्दा मृत्यु हुन गएको भन्‍ने नदेखिई श्रीमतीको चरित्र बारे घरमा आउनु अघि नै बाहिर साथीको कुरा सुनी पूर्वाग्रही भै घरमा आई श्रीमतीलाई कुटपीट गरी भुईमा लडी सकेपछि ३ पटक सिलौटोले कन्चटमा प्रहार गरेको देखिन्छ । यसरी ३ पटक कंचटमा सिलौटाले प्रहार गरेकोलाई ज्यान सम्बन्धीको १४ नं. अन्तर्गत साधारण लाठा ढुंगाको प्रहारबाट हुने चोटसँग तुलना गर्न मिल्ने हुदैन । मुडकीले छातीमा छानेको चोट नै सांघातिक हुनेमा झन ३ पटक सिलौटाले कन्चटमा गरेको प्रहार त घातक सिद्ध हुने कुरा निर्विवाद छ । यसरी अन्यत्र देखि नै आफू पूर्वाग्रही भै आई घरमा वारदात गरेकोलाई ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुन सक्ने अवस्था नदेखिँदा प्र.टिकाबहादुर दाहाललाई ज्यान सम्बन्धी १३() नं. बमोजिम सर्वश्‍वसहित जन्मकैद गर्ने ठहर्‍याएको शुरु भक्तपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।   

  (प्र.नं. २३)

§  प्र.टिकाबहादुर दाहालले अपराध गर्दाको अवस्था विचार गर्दा, ज्यान मारी हाल्ने पूर्ण इवी नदेखिएको, साथीभाईले श्रीमतीको चरित्रमा शंका उब्जिने गरी उचालेको, जात्राको समयमा रक्सी खाई मात समेत लागेको तथा गरेको अपराध बारे सत्य तथ्य विवरण अदालतमा समेत आई बयान गरी दिएको सन्दर्भमा निजलाई सर्वश्‍वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने महसुस भएकोले मु.ऐन अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १२ (बाह्र) हुने ।

 (प्र.नं.२४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री मोहनबहादुर बन्जारा

विपक्षी वादी तर्फबाटः x

अवलम्बित नजिरः x

फैसला

        न्या.गोविन्दबहादु श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५३।३।१८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छः

2.            मिति २०५२।१।२ गते सिपाडोल १ स्थित खेतको कुनामा नाम थर वतन खुल्न नआएको महिलाको आगोले डढी कालो भएको लाश फेला परेकोले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने प्रतिवेदन ।

3.            शरीरको माथिल्लो तिघ्रादेखि माथिको भाग पूरै डढेको भुँडी फुटी आन्द्रा बाहिर निस्किएको भन्ने लाश प्रकृति मुचुल्का, टिकाबहादुर दाहाल र गंगा बुढाथोकीको फोटोसहितको नागरिकता फेला परेको । ¥याल र रगतका टाटाहरु समेत फेला परेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

4.            मिति २०५२।१।१ गतेको दिन सूर्यविनायक स्थित आफ्नो डेरा कोठातर्फ काठमाडौं गई फर्की जाँदै गर्दा बाटोमा पर्ने म सँगै डकर्मी काम गर्ने कृष्ण धौवन्जारा र पुण्य धौवन्जाराको घरमा एकक्षण पसेर आउन भनी कृष्ण धौबन्जराको घर कोठामा जाँदा दुवै जना कृष्ण धौबन्जारा, पुण्य धौबन्जारा कोठामा बसी मासु चिउरा रक्सी खाइरहेका रहेछन् । म र श्रीमती पुगेपछि हामीलाई बस भनी कृष्णले मासु चिउरा ल्याएर राखिदिए । मलाई एक ग्लास रक्सी पनि खान दिए । श्रीमतीले मासु चिउरा खाई सकेपछि घर जाउ म अली बेरमा आउँछु भनी कोठातर्फ पठाएपछि कृष्णलालले तिम्रो स्वास्नी अरुको मोटरसाइकलमा पछाडि बसेर जान्छिन् यस्तो स्वास्नीलाई कि छाड कि मार बेइज्जतको भारी बोकेर के बस्छन् भनेको हुँदा अन्दाजी २१.३० बजेतिर आफ्नो कोठामा पुग्दा श्रीमती गंगा खाटमा सुतेको देखि तिमी त म नभएको बेला अरुको मोटरसाइकलमा बसेर जाने गरेको कुरा छ के हो ? किन यसरी बेइजजती गरीमसँग बसेकी त्यस्तो छ भनी गइहाल भन्दा तपाईलाई के मतलब ग एभने गए भनी जवाफ दिएकाले यो साले रण्डी झन् उल्टो मुख लाग्दो रहिछ यो रण्डीलाई नमारी छाडदिन भनी मुड्कीले छातीमा हिर्काउँदा भुइ कोठामा लडी चिच्याउन थालेकोले ठूलो आवाज आउँछ भनी रेडियो खोली कोठा बन्द गरी मसला पिध्ने गरेको ढुंगाको लोहराले कन्चटमा ३।४ चोटी हिर्काउँदा कराउन छाडी लल्याकलुलुक भएकोले अब मरी भन्ठानी कोठाको ताल्चा लगाई तल कृष्ण र पुण्य भएको ठाउँमा पुगी मैले श्रीमतीलाई मारिसके अब के गर्ने भन्दा त्यसो हो भनी लासलाई अन्यत्र लगी जलाई दिनुपर्छ भनेकाले तीनै जना मेरो कोठामा गई ढोका खोली भित्र पस्यौं र राती सुनसान भएपछि मृतक श्रीमतीको टाउको मैले कृष्णले बीच भागमा र पुण्यले खुट्टामा समाती कोठाबाट निकाली डेरा पछाडि खेतको गराको कुनामा घोप्टो पारी सुताई कृष्ण र पुण्य मेरो कोठामा गई मट्टितेल ल्याएकोले पुण्यले लासमा मट्टितेल खन्याए कृष्णले श्रीमतीको चप्पल ल्याई लास नजिकै राखेपछि मैले सलाई कोरी लासलाई जलाई दिएँ त्यसपछि पुण्यले ४००। र कृष्णले रु. ५० दिई भागी गइ हाल भनेकोले भोलिपल्ट आफ्नो घर चरिकोट पुगी बाबु आमालाई मेरो श्रीमती आफै मट्टितेल खन्याई आगो लगाई मरिन भनी बताएकोले सोही दिन म र बाबु घरबाट निस्की भोलिपल्ट मिति २०५२।१।३ गते भक्तपुर सल्लाघारी फुपुको घरमा बसी साँझ प्रहरीमा खबर गर्न आउँदै गर्दाको अवस्था पक्राउ परेको हुँ भनी टिकाबहादुर दाहालले प्रहरीमा गरेको बयान ।

5.            टिकाबहादुरलाई तिम्रो श्रीमती अरुसँग मोटरसाइकलमा हिडछिन त्यस्ती श्रीमतीलाई कि छाडिदिनु बेस कि मारिदिनु भनेकोमा टिकाबहादुरले डेरा कोठामा गई स्वास्नी मारी सकेपछि हामीलाई भन्न आएकोले म पुण्य र टिकाबहादुरसहित भई लास खेतमा लगी मट्टितेल खन्याई जलाईटिकालाई भगाएको समेत हुँ भनी कृष्ण धौबन्जाराले प्रहरीमा गरेको बयान ।

6.            आफूले टिकालाई स्वास्नी मार नभने पनि लास दबाउन घटनास्थलबाट खेतमा लगेको र मट्टितेल खन्याउनुको साथै टिकाबहादुरलाई भगाउन रु. ४००। समेत दिउको भनी पुण्य धौबन्जाराले प्रहरीमा गरेको बयान ।

7.            मृतकको टाउकोमा र छातीमा चोट परेकोले मृत्युपछि जलाएको भन्ने पोष्टमार्टम रिपोर्ट ।

8.           टिकाबहादुरले आफ्नै श्रीमतीलाई मारी कृष्ण धौबन्जरा र पुण्य धौबन्जारा समेत तीन जनाले लासलाई खेतमा लगी आगो लगाई जलाई दिएको भन्ने कुरा सुनी थाहा पाएको भन्ने मिति २०५२।१।११ गते साधुराम सुवाल समेतले गरी दिएको घटनास्थल वस्तुस्थिति मुचुल्का ।

9.            टिकाबहादुरले गंगालाई कर्तव्य गरी मारिसकेपछि सो लास दबाउन छिपाउन मद्दत गरेको र टिकालाई भगाउन रु. ४००। समेत दिएको भन्ने सहअभियुक्तको बयान प्रमाणको साथै मृतकलाई मार्ने मनसाय पनि भएको नदेखिएको र गंगालाई मार्दाको अवस्थामा कुनै मत नदेखिएतापनि मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(), २५ र २६ नं. बमोजिम कसुर गरेको समेत प्रमाणित हुन आएकोले निज प्रतिवादी टिकाबहादुर दाहाललाई ज्यानसम्बन्धी महलको १३() नं. बमोजिम प्रतिवादी कृष्ण धौबन्जारालाई ज्यान सम्बन्धी महलको १३() बमोजिम तथा प्रतिवादी पुण्य धौबन्जारालाई ज्यान सम्बन्धी महलको १७() २५ र २६ नं. बमोजिम कारवाही गरी पाउँ भन्ने अभियोग दावी ।

10.          मिति २०५२।१।१ गते म र मेरो श्रीमती काठमाडौं घुम्न गएका थियौं । दिनको २ बजे फर्केपछि सूर्यविनायक ट्रलिबस पार्कमा मासु किनी कृष्ण धौबन्जाराको घरमा गयौं । त्याँ भोज खाई रहेको रहेछ । मलाई र मेरो श्रीमतीलाई पनि खान दिए मैले श्रीमतीलाई घरमा पठाए । श्रीमती घर गएपछि कृष्ण धौबन्जाराले भने तिम्रो स्वास्नी कसैको मोटरसाइकलमा पछाडि चढी घुम्छे मैले त्यस्तो स्वास्नीलाई छाडिदिन्छु भने यो कुरा श्रीमतीले सुनिरहेको रहेछ । अनि मेरो श्रीमतीले मलाई डेरामा लेराई मैले श्रीमतीलाई भात पकाउन लगाइ म जात्रा हेर्न आएँ । म पेन्टर कृष्ण धौबन्जराको घरमा आए अनि फेरि रक्सी खाई रक्सी धेरै लागेछ, रक्सी खाँदाखाँदै रात धेरै वितेछ । राति ९ बजे कोठमा गएँ, अरुको मोटरसाइकलमा चढी घुम्न हिड्छेस भनेर हप्काई श्रीमतीलाई भने, गएँ तपाईलाई के मतलब भनी अनि मलाई रिस उठी मुड्कीले छातीमा हिर्काइ जिरामरिच पिध्ने लोहोरो भेट्टाएर त्यसैले कन्चटमा हिर्काइ त्यही चोटले श्रीमती मरिसकेकी रहिछ । म कृष्ण धौबन्जरा र पुण्य धौबन्जराको घरमा आएँ तिमीहरुले भने जस्तै मैले स्वास्नी मारी आए र उनीहरुलाई भने कृष्ण धौबन्जराले तिम्रो स्वास्नीलाई एक ठाउँमा लगेर आगो लगाई दिनुपर्छ भनी भने अनि म कृष्ण र पुण्य मेरो कोठामा गयौं । हामी ३ जनाले लासलाई गहुँबारीमा राख्यौं, कोठाबाट कृष्णलालले मट्टितेल ल्याए पुण्यले श्रीमतीको चप्पल ल्याए मैले सलाई कोरी लासमा लगाइ दिएँ । हामी ३ जना कृष्ण धौबन्जराको घरमा आयौं । पुण्यले घर जाने खर्च भनी रु. ५००। र कृष्णले रु. ५० दिए अनि म चरिकोट घरमा पुगेपछि श्रीमतीले आत्महत्या गरी मरी भनेर आमा र बुबालाई भने चौकीमा रिपोर्ट गर्नु पर्दैन भनी बाले कराउनु भयो । अनि बा र म भोलिपल्टै भक्तपुर आई डिएसपी कार्यालयमा मेरो स्वास्नी आत्महत्या गरी मरिछे भनी भनेपछि प्रहरीले मलाई कुटी स्वास्नी मार्ने त होइनस भनी मलाई समाती त्यहीँ राखे मैले स्वास्नी मारेको हुँ मेरो स्वास्नी मर्दाको अवस्थामा अरु कोही थिएन । म आफैले मात्र मारेको हुँ भनी प्रतिवादी टिकाबहादुर दाहालले शुरु अदालतमा गरेको बयान ।

11.         निजले स्वास्नी मारेको कुरा भोलिपल्ट मात्र थाहा पाएको हो । निजलाई मैले स्वास्नी मार भनेको छैन । स्वास्नी मारिसकेपछि भगाउन पैसा दिएको पनि होइन । म समेत भई लास जलाएको भन्ने झुठ्ठा हो प्रहरीमा भएको बयान मेरो राजिखुशीबाट भएको होइन भन्ने प्रतिवादी पुण्य धौबन्जाराले शुरु अदालतमा गरेको बयान ।

12.         हामीले २ दिनपछि मत्र टिकाले स्वास्नी मारेछ भन्ने कुरा सुनेको हो । म ससुराली गएको बेला मिति २०५२।१।३ गते भोज खान गएको बेला प्रहरीले समाती ल्याएका हुन त्यस ज्यान सम्बन्धमा कुनै पनि अपराध गरेको छैन । प्रहरीमा भएको बयान मेरो राजिखुखीबाट भएको होइन भन्ने प्रतिवादी कृष्ण धौबन्जराले शुरु अदालतमा गरेको बयान ।

13.          टिकाबहादुरले श्रीमतीलाई मारेको भन्ने सुनेको हो अरु कुरा केही थाहा छैन भनी सर्जमिनका मानिसले शुरु अदालतमा गरेको बकपत्र ।

14.         कृष्ण धौबन्जरा र पुण्य धौबन्जराले यस ज्यान मार्ने काममा सहयोग पुर्‍यााएका छैनन् । निजहरु त्यस्तो मानिस होइन, उनीहरुले लास लगेर आगो लगाएको पनि होइन भन्ने प्रतिवादी कृष्ण धौबन्जरा र पुण्य धौबन्जराको साक्षीले शुरु अदालतमा गरेको बकपत्र ।

15.         प्रतिवादी टिकाबहादुर दाहालको प्रहरी समक्ष र अदालतमा कसुरको साविती उल्लेखित सबुद प्रमाणबाट समर्थित भएको देखिँदा निज प्र.टिकाबहादुरले आरोपित कसुर गरेको पुष्टि भएको देखिन् । निज प्रतिवादी टिकाबहादुरले ज्यानसम्बन्धी महलको १ नं. बमोजिमको आरोपित कसुर गरेको ठहर्छ । निज प्रतिवादीलाई ऐ.महलको १३ नं. को देहाय ३ बमोजिम सर्वश्‍वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी कृष्ण धौबन्जराले गंगा दाहाललाई मार्न भनी प्र.टिकाबहादुरलाई बचन दिएको खम्बीर सबुत प्रमाण गुजारी वादी पक्षले दावी पुष्टि गर्न सकेको नदेखिँदा प्र.कृष्ण धौबन्जरालाई ज्यान सम्बन्धी महलको १३() नं. बमोजिम सजाय गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने भई निज प्रतिवादी कृष्ण धौबन्जराले सफाई पाउने ठहर्छ । प्रतिवादी पुण्य धौबन्जराले सफाइ पाउने ठहर्छ । प्रतिवादी पुण्य धौबन्जाराले गरेको अभियोग तथ्ययुक्त सबुद प्रमाण गुजारी वादी पक्षले पुष्टि गर्न सकेको पनि पाइदैन । प्रतिवादीको प्रहरी समक्ष भएको बयान कागजले शंका उत्पन्न गराएको शंका र अनुमानको आधारमा प्रतिवादीलाई सजाय गर्न नमिल्ने शंका सुविधा प्रतिवादीले पाउने समेतका उपरोक्त सवुद प्रमाण र कारणहरुबाट प्रतिवादी पुण्य धौबन्जराले आरोपित कसुर गरेको नठहर्दा अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने शुरु भक्तपुर जिल्ला अदालतको फैसला ।

16.         शुरु जिल्ला अदालतले प्रतिवादी पुण्य धौबन्जारा र कृष्ण धौबन्जारालाई सफाइ दिने गरी भएको निर्णयमा चित्त बुझेन । प्रतिवादी कृष्ण धौबन्जारा र पुण्य धौबन्जाराको माग दावी बमोजिमकै कसुर गरेको देखिँदा देखिँदै सफाइ दिएको सम्मको शुरुको फैसला सदर गरी अभियोग दावी बमोजिम सजाय हुन सादर अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पपरेको पुनरावेदन पत्र ।

17.          शुरु जिल्ला अदालतले मलाई सर्वश्‍वसहित जन्मकैद हुने ठहराई गरेको निर्णयमा मेरो चित्त बुझेन अदालतमा भएको बयान समेतबाट मृतक र मेरो बीचमा रिसइवी नभएको मार्नेमनसाय नरहेको र मृतककै क्रियाकलापबाट तत्काल रिस उठन गई आवेशमा आई लोहोरोले प्रहार गर्दा गंगा दाहालको मृत्यु भएको स्पष्ट रुपमा उल्लेख गरेको मेरो भनाइलाई मिसिल संलग्न प्रमाणले समे समर्थन गरेको र मृतकलाई मैले मार्नुपर्ने सम्मको रिसइवी थियो मनसायपूर्वक योजना बनाई तयारीका साथ प्रहार  गरिएको हो भन्ने कुरा सर्जमिन लगायत कतैबाट नदेखिएको समेत व्यहोराले आवेशमा प्रेरित हत्या हो भन्ने पुष्टि भइरहेको ज्यान सम्बन्धी महलको १४ नं. आकर्षित हुने स्पष्ट अवस्था हुँदाहुँदै त्यसतर्फ ध्यान नदिई सो महलको १३() नं. बमोजिम सर्वश्‍वसहित जन्मकैद गर्ने गरी भएको शुरु फैसला वदर गरी १४ नं. बमोजिम गरी पाउँ भन्ने पुनरावेदन प्रतिवादी टिकाबहादुरको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

18.         यसमा प्रतिवादीले मृतकलाई सिलौटा समेत प्रयोग गरी मारी जलाएको भन्ने कुरा स्वीकार गरेको तथा घरमा मृतकसँग भएको झगडाको कारणले उठेको रिसले केही ग र्दा मृत्यु भएको भन्ने नभई घरमा आउनु अघि नै बाहिरबाटै पूर्वाग्रही भई आई घरमा बारदात गरेकोलाई ज्यान सम्बन्धी १४ नं. आकर्षित हुने अवस्था नदेखिँदा प्र.टिकाबहादुर दाहाललाई ज्यान सम्बन्धी १३() नं. बमोजिम सजाय गरेको शुरुको इन्साफ मिलेकै देखिन्छ । प्र.कृष्ण धौबन्जाराको हकमा मार्ने मतलबमा पसी मार्नु पर्नेसम्मको प्रयोजन भई मार्नको लागि वचन दिएको भन्ने मिसिल प्रमाणबाट नदेखिएकोले निजलाई ज्यान सम्बन्धी १३() नं. को कसुर कायम नगरी सफाइ दिएको शुरुको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ । प्र.कृष्ण धौबन्जाराको हकमा निजले मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारण खुलाउन नसकेको तथा वारदात स्थलमा उपस्थित भउको पनि नदेखिएको र प्र.टिकाबहादुरले मृतकलाई मार्ने भन्ने करा अघि नै चाल पाएको भन्ने पनि नदेखिएको अवस्थामा ऐ.को १७() २५ र २६ को व्यवस्था आकर्षित हुन सक्ने नदेखिइ सफाई दिने गरेको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ भन्ने पु.वे..पाटनको २०५३।६।१८ को फैसला ।

19.         पुनरावेदन अदालतको फैसला मेरो चित्त बुझेन । वारदात गर्ने पूर्वतयारी र मनसाय नरहेको चश्मदित व्यक्तिको अभाव, निवेदक स्वयं जाहेरवाला रक्सी सेवन गरेको अवस्थामा चरित्र सम्बन्धमा श्रीमतीलाई सामान्य सोधपुछ गर्दा निजकै व्यवहारले आक्रोशित भई तत्काल उठेको रिस थाम्न नसकी भवितव्य रुपमा घटना घटेको स्थिति र प्रहरी र अदालतमा समेत तथ्य स्वीकार गरेको अवस्थामा ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्नुपर्नेमा नगरी ऐ.को १३() नं. बमोजिम सजाय गर्ने गरेको शुरु अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी इन्साफ पाउँ भन्ने प्र.टिकाबहादुर दाहालको पुनरावेदन पत्र ।

20.         नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री मोहनबहादुर बन्जारा क्षेत्रीले मेरो पक्षले श्रीमतीको चरित्रको सम्बन्धमा सोधपुछ गर्दा मृतकको व्यवहारबाट तत्काल आक्रोशित भई उठेको रिस थाम्न नसकी हातले हान्दा मृत्यु हुन गएको हुँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुनुपर्नेमा ऐ. १३() नं. बमोजिम सजाय गरेको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

21.         विद्वान अधिवक्ताले गर्नु भएको बहस जिकिर सुनी पुनरावेदनपत्र सहित मिसिल समेत अध्ययन गरी प्र. टिकाबहादुरलाई मु..ज्यान सम्बन्धी १३() नं. बमोजिम सजाय गरेको शुरु भक्तपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने भएको छ ।

22.         निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी टिकाबहादुर दाहालको पुनरावेदन परेको देखिँदा पुनरावेदनको रोहबाट हेर्नुपर्ने हुँदा साधक नं. २०३ को लगतकट्टा गरी दिनु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.टिकाबहादुर दाहाललाई मु.ऐन ज्यानसम्बन्धी महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी अ.वं. १८८ नं. बमोजिम तजविज कैद वर्ष १२(बाह्र) मात्र हुने ठहरेकोले सोही बमोजिम निजबाट कानुन बमोजिम कैदको लगत कसी असुल उपर गर्नु भनी शुरु भक्तपुर जिल्ला अदालतम लेखी पठाई दिनु .....

मिसिल नियमानुसार गरी बुझाई दिनु ……………………….......

 

उक्त रायमा म सहमत छु ।

 

न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ

 

इति सम्वत २०५७ साल आषाढ ७ गते रोज ४ शुभम............

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु