शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३१९ - जग्गा वाली

भाग: २१ साल: २०३६ महिना: बैशाख अंक:

निर्णय नं. १३१९ ने.का.प. २०३६

फुल बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३६ सालको दे.फु.नं. ३४

फैसला भएको मिति : २०३६।८।२५।६ मा

निवेदक : ल.पु.जाउलाखेल बस्ने पं.तोयनाथको मु.स.गर्ने छोरा कृष्णप्रसाद शर्मा

विरूद्ध

विपक्षी : वि.न.पं. वडा नं. १ बस्ने रघुनाथ रिजालसमेत

मुद्दा : जग्गा वाली

(१)  एकाले हक प्राप्त गरिसकेको जग्गालाई अर्कोले हाल आवादी दर्ता गर्न पाउने कानूनमा व्यवस्था नभएको र आफ्नै पुरानो लम्बरी हो भनेको हकमा पनि लालमोहर मठबन्दी समेतबाट पर्ति बाँझो जग्गा देखिन आएको र त्यस्तो वादीको हकको जग्गालाई मेरो पुरानो साविक दर्ताको भन्ने जिकिर मनासिव नदेखिने ।

(प्रकरण नं. ३६)

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

          न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दामा फुल बेञ्चबाट ०३४।१२।२२ मा छिनिएको मुद्दा दोहोर्‍याई पाउँ भन्ने श्री ५ महाराजाधिराज सरकारको विशेष जाहेरी विभागमा निवेदक वादी कृष्णप्रसाद शर्मा र निवेदक प्रतिवादी रघुनाथ रिजाल समेतका प्रतिवादीहरूले चढाएको निवेदनमा क.१७९४ को र यसै साथ रहेको ग.११५३ नं. को बिन्तिपत्र यसै साथ छ निवेदकहरूको बिन्तिपत्रहरूमा उल्लेख भएको जग्गा बाली मुद्दाको मिसिल झिकी दोहर्‍याई हेरी कानून बमोजिम छिनी दिनु भन्ने हुकुम प्रमाँङ्गी बक्स भई आए बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   मुद्दाको तथ्य र विवरण यस प्रकार छ : मैले दान पाएके भुल्के जङ्गलको ५० बिगाहा मध्ये प्रथम किल्ला देखि ४ नं. किल्लासम्म अं.९ बिगाहा भीमकुमारीले अं.४ बिगाहा अभिनारायणले ४ नं. किल्ला देखि ६ नं. किल्ला सम्म अं.४ बिगाहा रामचन्द्रले ६ नं. किल्लादेखि ७ नं. किल्ला भित्र अं. ६।। बिगाहा रघुनाथले र १० नं. किल्ला भित्र अरू अन्यायवालाहरूले आवाद गर्न लागेको ०११।११।१० गतेका दिन हेर्न जाँदा देखिएबाट हटक गर्न जाँदा नमानेकोले लालमोहर मेठबन्दी बमोजिम जग्गा मेरो सदर थामी पाँउ भन्ने समेत होमनाथको फिराद ।

          ३.   वादीको कुस बिर्ता हामीले आवाद गरी खाएको छैनौं हाल आवादी गरेको जग्गा आवाद गरी राखेको छौं म अभिनारायणले भीमकुमारीबाट राजीनामा गरी लिएको हुँ भन्ने समेत भीमकुमारी, रामचन्द्र, जोखन थारू, अलोपी थारू, भगलु थारू, गंगाप्रसाद, अभिनारायण समेतको प्रतिवादी ।

          ४.   कोई रैतीहरूसँग राजीनामा गराई लियाको र काई आफैंले आवाद गरी दाजुको छोरा र मेरो नाउँमा दर्ता भई भोग गरेको नम्बरीको जग्गा हो भन्ने समेत प्रतिवादी रघुनाथको प्रतिउत्तरपत्र ।

          ५.   के कति जग्गा कुन साल मिति देखि आवाद गरी खाएको सो नखुलेकोले समेत उजूरी खारेज हुने ठहर्छ भन्नेसमेत ०१२।३।२३ को विराटनगर अमिनीको र सोही इन्साफ सदर गरी मो.वि.अपीलबाट ०१२।१०।२३ मा फैसला भएकोमा यसै मिसिलबाट बुझी तहकिकात गरी दिनु भनी मिसिल विराटनगर अमिनीमा पठाउनु भन्नेसमेत ०१३।१२।१ को स.अदालत डिभिजन बेञ्चको फैसला ।

          ६.   रङ्गनाथबाट पोत बुझाउने गरी मोहीमा ५ साल देखि जङ्गल हुँदा ढालफाँड आवाद गरी रङ्गनगरको जग्गा आवाद गरी आएको भन्ने समेत मुगालालको बयान ।

          ७.   कृष्णगोविन्दकानाउँको सकलपुरको जग्गा बटैयामा भोगीआएको भन्नेसमेत झपटु रजवातरको बयान ।

          ८.   गोविन्दप्रसाद र रामचन्द्रको जग्गा बटैयामा कमाएकोमा पोहोर साल देखि जोत्न नदिएकोले कसैको जग्गा जोतेको छैन भन्ने समेत जङ्गलु रजवातरको बयान ।

          ९.   शम्भुप्रसादको जग्गा १२ वर्ष अघिदेखि बटैयामा कमाएको छु भन्ने समेत कल्लु खवासको बयान ।

          १०.  सकलपुरमा कृष्णगोविन्दका नाउँमा ४१।।।१।।४ शम्भुप्रसादका नाउँमा २४।।।२ भाइ रघुनाथका नाममा १०।।२ कृष्णलालका नाममा ४ बिगाहा समेत जग्गा हामीले भोगेको छौं भन्ने समेत कृष्णगोविन्दको बयान ।

          ११.   भाई मानबहादुरले रङ्गनाथबाट ५ बिगाहा जग्गा फँडानी गर्ने शर्तमा लिई फँडानी गरी दिएबाट २ऽ४ मानबहादुरलाई नम्बरी गरी दिएको निजले राजीनामा गरी दिएको पास गरिपाउँ भन्ने नालिस चलिराखेकै छ जग्गा मेरो भोगको हो भन्ने समेत तेजबहादुरको बयान ।

          १२.  रङ्गनाथसँग लिई आवाद गरी बाली लगाएको १।। बिगाहा गोविन्दप्रसादले मेरो हाल आवादी भनी आधी बाली खाइआए पनि मैले विर्ताबारबाट पाएको हुँ भन्नेसमेत विरसु झाँगडको बयान ।

     १३.  कृष्णगोविन्दको सकलपुर मौजाको जग्गा ३।।२।।।२ आजले ६ वर्ष अघिदेखि बटैयामा कमाई खाएको छु भन्ने समेत बतहु धामीको बयान ।

     १४.  सकलपुर मौजाको बिगाहा ४।।।ऽ।।।२ कृष्णगोविन्दसँग बटैया लिई कमाएको छु भन्ने समेत बलमी दनुवारको बयान ।

     १५.  मौजे हेलियाको जग्गा बिगाहा ३ऽ।२ हाल आवादीका लागि रामचन्द्रले निवेदन दिएको मालमा कारवाही चलिरहेको दर्ता हुन सकेको छैन जग्गा मेरो हो भन्ने समेत गोविन्दप्रसादको बयान ।

     १६.  मौजे सकलपुरको कृष्णगोविन्दको १।।।४।।।२ जग्गा बटैयामा ४ सालदेखि मैले कमाएको कृष्णगोविन्दको जग्गा हो भन्ने समेत रणबहादुरको बयान ।

     १७.  जग्गा बिगाहा २।१.२ कृष्णगोविन्दबाट १३ सालदेखि बटैयामा कमाएको भन्ने समेत ईन्द्रप्रसादको बयान ।

     १८.  मेरो भाइ पद्मबहादुरको नामको मौजे सकलपुरको जग्गा बाबुको नामबाट हाम्रो नाममा दर्ता गरी भोगी आएका छौं, भन्ने समेत मेघराजको बयान ।

     १९.  मौजे धोवीधारैमा चन्द्रबहादुरका नाममा १२ सालका बालीदेखि हाल आवादी गरी लिएको ९ऽ३ जग्गा पोत तिरी आमा रोहिणीकुमारी सगोलमै रही भोगी आएको सर्भेबाट छोरा ईन्द्रबहादुरको नाममा दर्ता रहेको भोगी आएको छु होमनाथको होइन भन्ने समेत ईन्द्रबहादुर, रोहिणी समेतको बयान ।

     २०.  सकलपुर मौजामा रघुनाथ समेतका नाममा दर्ता रहेको जग्गा बिगाहा ८०।।।३।।।२ जग्गा मेरो अंशमा परी मेरो र भाइ बहिनी समेतका नाममा दर्ता हुन आएको नापी हुँदा १११।११४।११६।११८ जग्गा हाम्रो हक भोगको हो भन्ने समेत शारदाप्रसादको बयान ।

     २१.  मौजे सकलपुरको मेरा नाममा २४।।।२ र काकाको नाममा ४१।।१।।४ र बाबुको नामा १०।।.३ र कृष्णलालको नाममा ४ बिगाहा समेत ८०।।।३।।।२ जग्गा हामीले भोगी आएको भिन्न हुँदा शारदाप्रसाद, राजेन्द्रप्रसाद, गायत्रीदेवीको भागमा परेको हुँदा निजको भागमा छ भन्ने समेत शम्भुप्रसादको बयान ।

     २२.  वन जङ्गलदेखि पूर्व ३०० बिगाहा जग्गा २००१ सालमा खड्ग निसानाबाट पिता रङ्गनाथले आवाद गर्न पाएको हो, नं. १३०।१५३।१३१।१४५।१३६।१५८ समेतको जग्गा रङ्गनगरबाट नापी भएको होमनाथको प्लट भित्र पर्ने भनी सर्भे डोरले दिएको जग्गा होमनाथको होइन पिताजीले पाउनुभएको जग्गा मध्येको हो भन्ने समेत रङ्गनाथका वा.अम्बरनाथको बयान ।

     २३.  वादीले आवादी जग्गा हाल लालमोहर समेतबाट प्रतिबाँझो जग्गा दान पाएको सो जग्गा वादीले आवाद गरेको पनि नहुँदा प्रतिवादी भीमकुमारी समेतले आवाद गरेको बाँझोप्रति नै भएको भए पनि ०१६ सालको विर्ता उन्मूलन ऐनले (क) श्रेणीको ठहरी त्यस्तो प्रति जग्गा वादीले नपाई सरकारी हुने र सर्भेको पत्रबाट जग्गा दर्ता भैरेको र वादी दावा समेतबाट प्रति नदेखिएको र मालको जवाफबाट पनि प्र.भिमकुमारी, रामचन्द्र समेतको जग्गा दर्ता भइसकेको र भगलु समेतका हकमा दर्ता हुनेमा कारवाही चलिरहेको देखिँदा सो ऐन बमोजिम हुने नभई सरकारमा दर्ता तिरो चलिरहेका दर्ता तिरोवाला रैयतबाट झिकी वादीलाई दिन दिलाउन उपरोक्त ऐनले नमिल्ने र नहुने हुँदा सोही बमोजिम वादीलाई सुनाई दिने भन्नेसमेत मोरङ विराटनगर इलाका अदालतको फैसला।

     २४.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी होमनाथ मरी सकार गर्ने कृष्णप्रसादको र प्र.तेजबहादुर समेतको छुट्टाछुट्टै पुनरावेदन ।

     २५.  वादीले आवादी जग्गा विर्ता पाउनु भएको नभई जङ्गलको प्रति पाउनु भएको विर्ता उन्मूलन ऐन, २०१६ ले यस्तो जग्गा (क) श्रेणीको विर्ता ठहरिने र यो यस्तो जग्गाको भूस्वामित्व श्री ५ को सरकारमा सरी सकेको हुनाले वादी दावी बमोजिम जग्गामा हक दावी पुग्न नसक्ने देखियो लालमोहर सदर भई वादीले पाईसकेको विर्ता उन्मूलन ऐन जारी नहुँदै वादीको नालिस परेको हुनाले सो एनेको दफा ९ मा (क) श्रेणीको हुने विर्तावारलाई क्षतिपूर्ति श्री ५ को सरकारबाट गरिने छ भन्ने लेखिएको क्षतिपूर्तितर्फ अपिल अवस्थामा पुगेपछि कानूनको रीत पुर्‍याई माग गरेमा कानून बमोजिम होला भनी वादीलाई सुनाई दिने अब थप नयाँ आवाद गर्न जङ्गल फडानी गर्न पाउँदैनौ भनी प्र.अपीलाटलाई सुनाइदिने भन्नेसमेत कोशी अञ्चल अदालतको फैसला ।

     २६.  चित्त बुझेन भन्ने समेत वादी होमनाथको छोरा कृष्णप्रसाद शर्माको पुनरावेदन ।       

     २७.  वादीको मेठबन्दिको साँध सीमाना भित्र खिचोला गरे भन्ने दावी नभएपछि वादीका जग्गाका साँध बाहिरका व्यक्तिले वादीको जग्गा चापे दखल गरे भन्ने प्रश्नै उठ्न सक्दैन वादीको विर्ता जग्गा प्रतिवादीहरूले मनोमानी तवरले आवाद गरेको भन्ने अञ्चल अदालतले ठहर गरेको देखिन आउँछ । वादीको हक नपुग्ने भनी अञ्चल अदालतले आफ्नो फैसलामा व्यक्त गरेको मनासिव हो वा होइन भन्ने विचार गर्दा अदालतमा वादी प्रवेश भएको मितिसम्म विवाद उठेको सम्पत्तिमा कस्तो कानूनी हक थियो वा छ भन्ने कुराको नै छानविन गरी निर्णय दिनुपर्ने हुन आउँछ सो भन्दा पछि कानून व्यवस्था भई अन्य केही स्थिति उत्पन्न हुन आउँछ भने सो कुरा सम्बन्धित कानून बमोजिम नै हुने विषय हुन जन्छ वादीलाई लालमोहर सदर भई नापी मोठबन्दी समेत भई कुस विर्ता जग्गा बिगाहा ५० प्राप्त भएको भएपछि सो जग्गामा वादीको हक स्वामित्व कायम रहेको मान्न पर्ने हुन आउँछ र वादीको मञ्जूरी बेगर प्रतिवादीले आवाद दर्ता समेत गरिएको काम कुराहरू वादीको हकको जग्गामा हटक खिचोला भएको सिद्ध गर्ने हुन आउँछ वादीका नापी मेठबन्दी भित्रको जग्गा पनि वादीले दावी गरेको र प्रतिवादीले आवाद दर्ता गराउने कारवाई गरे गराएको अञ्चल अदालतबाट ठहर भइसकेको छ सो ठहरबाट वादीले बिर्ता पाएको भन्ने वादी दावी सदर भएकै देखिन आउँछ दर्ता भइसकेको कलमका हकमा विर्ता उन्मूलन भई रैकरमा दर्ता हुनु नै पर्ने भएकोले सो दर्ता पनि यथावतै रहने देखिन्छ वादीको बिर्ता (क) बिर्ता वा (ख) बिर्ता हो जग्गावाला वादी र आवाद गर्ने भनेको प्रतिवादीले विर्ता उन्मूलन ऐनले के के सुविधा पाउने हुन आउँछ सो कुरा बिर्ता उन्मूलन ऐन लागू हुनु भन्दा अगावै अदालतमा हक बेहक सम्बन्धमा दायर भएको यस मुद्दाबाट विचार गर्नुपर्ने स्थिति पर्न आउँदैन विर्ता उन्मूलन ऐन प्रयोग गरी वादीको जग्गामा हक नरहेको भन्ने र क्षतिपूर्तितर्फ अदालतबाट लेखी पठाउने गरेको समेत अञ्चल अदालतको बढी बुँदा देखिन्छ अरू अञ्चल अदालतको मनासिव ठहर्छ भन्नेसमेत ०३०।३।३ मा डि.बेञ्चबाट निर्णय भएको रहेछ ।

     २८.  प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गीमा उद्धृत न्यायिक समितिको सिफारिशमा वादी दावीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको डिभिजन बेञ्चले ठहराएको देखियो खिचोला गरेको ठहर्‍याएपछि पनि प्रतिवादीहरूको दर्ता भने यथावतै रहन्छ भनी भन्न मिल्ने होइन जग्गामा वादीको स्वामित्व मानिने दर्ता भने प्रतिवादीको कायम रहँदा फैसला परस्पर बाझिन गई झगडा निरोपण नभई विवाद यथावत कायम रहने स्थिति पर्न गयो वादीको जग्गामा प्र.ले खिचोला गरेको देखिन्छ भन्ने वादीको हकको जग्गामा प्र.को दर्ता कायम रही रहने अवस्थै पर्दैन जग्गामा वादीको भूस्वामित्व कायम हुने प्र.हरूबाट हटक खिचोला भएको भए पनि निजहरूको दर्ता भइसकेको कलमको जग्गा यथावतै रहने भन्ने निर्णय हुँदा जग्गा वादीको दर्ता प्रतिवादीको हुन गई झगडा अरू उल्झनपूर्ण बनाइ यो अर्को कुरा वादीले विर्ता उन्मूलन गरी दर्ता गराएको रसिद पेश गरेको भनी डिभिजन बेञ्चको आदेशमा उल्लेख भएको पनि देखापर्छ यस्तो हुँदाहुँदै पनि विर्ता उन्मूलन भई रैकरमा दर्ता हुनु नै पर्ने हुँदा प्र.को दर्ता पनि यथावतै रहने देखिन्छ भनी भएको ठहर युक्तियुक्त देखिँदैन वादीको मेठबन्दीको साँध सीमाना भित्र खिचोला गर्‍यो भन्ने दावी नभएपछि जग्गाको साँध बाहिरका व्यक्तिले वादीको जग्गा चापे दखल गरे भन्ने प्रश्न उठ्न सक्दैन भन्ने डिभिजन बेञ्चको बूँदा छ त्यो पनि मिलेको देखिएन किनभने स.अ.को १३।१२।१।५ को वादी प्र्रतिवादीबाट खुलाई जो बुझ्नु पर्ने बुझी छिनी दिनु भन्ने निर्णय बमोजिम बुझिएर मुछिन आएका व्यक्तिहरूले वादीको किल्ला भित्रको जग्गा नापी गरे गराएको देखिएपछि वादीको जग्गामा साँध बाहिरको व्यक्तिले चापे दाखिल गरेको भन्ने प्रश्न उठ्न सकेन भनी गरेको ठहर सरासर कानून प्रतिकूल छ पुनरावेदन सुन्ने अदालतले पेटबोलीबाट बुझिएको व्यक्तिले वादी दावी बमोजिमको जग्गाका सम्बन्धमा खिचोला गरे नगरेको समेत ठहर गर्ने पूरा अधिकार भएको स्पष्ट छ यस्तो स्थितिमा मुद्दामा बुझिएका व्यक्तिहरूले आफ्ना आफ्ना नाउँमा नापी दर्ता गरे गराएको र गराउन कारवाई चलाएको समेत गैरकानूनी भई अमान्य हुनुपर्नेमा वादीको ४ किल्ला भित्रको जग्गामा बुझिएको व्यक्तिहरूले चापे दखल गरेको भन्ने प्रश्न उठ्दैन भनी तर्क गर्ने ठाउँ नै देखिन्न भन्ने समेत उल्लेख भएको रहेछ ।

     २९.  ख.अभिनारायण १, भगलु थारू १, सुवेदार जोखन थारू १, अलोपी थारू १, ह.गंगाप्रसाद १, मेघराजको मु.स.गर्ने भद्रकुमारी १, पद्मबहादुर १, दलबहादुर १, कृष्णगोविन्द १, मुगालाल १, तेजबहादुर सुर्जेवंशी घलेमगर १, रङ्गनाथ उप्रेती १ समेतलाई अ.बं.२०२ नं. बमोजिम छलफलमा झिकाउने भन्ने समेत ०३३।१२।२६ को फुल बेञ्चको आदेश ।

     ३०.  निवेदक वादी तर्फबाट उपस्थिति विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको वादी दावीको जग्गा वादीको ठहरे पछि प्र.को दर्ता यथावतै रहने भन्ने डिभिजनको फैसला मिलेको छैन मुद्दा पर्दापर्दै नापीमा दर्ता भएको कुनै मान्यता हुँदैन खिचोला मेटाई जग्गा सदर गरिपाउँ भन्ने दावी लिएको भएपछि जग्गा वादीको ठहराई जग्गा नदिलाएको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी प्रतिवादी रङ्गनाथतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले १८ सालमा पेटबोलीबाट प्र.रङ्गनाथलाई बुझेकोले जग्गा चापिएको भन्ने मिल्दैन प्रतिवादी नै नभएकोले दर्ता गरेकोमा मुद्दा पर्दापर्दै दर्ता गर्‍यो भन्न सकिंदैन, दर्ता बदर गर्ने तर्फ अ.बं.८६ नं. बमोजिम जानु पर्ने हो लालमोहरको जग्गा थामी पाउँ भन्ने वादी दावी भएकोमा सो कुरा कायमै गरेको हुँदा डिभिजनको फैसला मिलेन भन्न मिल्दैन भन्ने समेत र प्र.मैया, भीमाकुमारी र रघुनाथ रिजाल समेतकातर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद चापागाईले प्रस्तुत मुद्दामा ज.मि.को १८ नं. को हदम्याद लाग्ने र यो व्यक्तिले यति जग्गा मिच्यो भन्ने नहुँदा दावी नै निरर्थक छ यसले यति जग्गा मिचेको भन्ने फैसला गर्न नमिल्ने आफ्नो जग्गा दर्ता गरेतर्फ २ वर्ष भित्र उजूर गर्नुपर्ने गरेको समेत छैन भन्ने समेत बहस प्रस्तुत गर्ने भएको छ ।

     ३१.  यसमा निर्णयतर्फ विचार गर्दा वादीले गरेको फिरादमा १९९७ साल बैशाख सुदी १२ का दिन श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट सहश्र गौदान गर्दा तिल कुस हाली संकल्प गरी मलाई सन्तान दरसन्तान पर्यन्त कुस विर्ता जानी भोगचलन निमित्त दानबकसेको मोरङ प्र.मानगढ मौजे भुलके जङ्गल ५० बिगाहा जग्गाको विराटनगर गोश्वारा माल अमीन, वन जाँच चारै अड्डा र सितुमारी समेत मौजाको पटवारी पदनलाल कायस्थ अरू अफिसर भलाद्मी समेत भई मेठबन्दी गरी २००३ सालदेखि भोग गर्न पाउने गरी सनद लालमोहर समेत भई पाएको जग्गा मध्ये अं.९ बिगाहा मैया भीमकुमारीले अं ४ बिगाहा अभिनारायणले अं.४।। रामचन्द्र काफ्लेले अं ६।। रघुनाथ रिजालले १० नं. किल्ला भित्र अरू अन्यायवालाले समेत आवाद गर्न लागेकोले जग्गा खिचोला गरेमा सजाय गरी लालमोहर मेठबन्दी बमोजिमको जग्गा मेरो सदर थामीपाउँ भन्ने वादीले दावीलिएको । प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीलाई लालमोहर भई नापी मेठबन्दी समेत भई कुस विर्ता जग्गा बिगाहा ५० प्राप्त भएको भएपछि सो जग्गामा वादीको हक स्वामित्व कायम रहेको मान्नु पर्ने हुन आउँछ र वादीको मञ्जूरी बेगर प्रतिवादीले आवाद दर्ता समेत गराएको काम कुराहरू वादीको हकको जग्गामा हटक खिचोला भएको सिद्ध गर्ने हुन आउँछन् । वादीको मेठबन्दी भित्रको जग्गामा नै वादीले दावी गरेको र प्रतिवादीले आवाद दर्ता वा दर्ता गराउने कारवाई गरे गराएको अञ्चल अदालतबाट ठहर भइसकेको छ र सो ठहरबाट वादीले विर्ता पाएको भन्न वादी दावी बमोजिम सदर भएकै देखिन आउँछ भन्ने ठहर भएकोबाट वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको र वादीले लालमोहर मेठबन्दी समेत भई पाएको वादी दावीको ५० बिगाहा जग्गा वादीको हक सदर गरी दिएको देखिएकै छ ।

     ३२.  विर्ता उन्मूलन ऐन, २०१६ लागू हुनु भन्दा अगावै र २०११।१२।२२ मा अदालतमा दायर भएको यस मुद्दामा पछि लागू भएको उक्त विर्ता उन्मूलन ऐनले विर्तावाला वादीले के के सुविधा पाउने हो सो कुरा यस मुद्दामा कुनै विचार गर्न मिल्ने स्थिति हुन नआउनेमा सो ऐन प्रयोग गरी (क) विर्ताको भूस्वामित्व श्री ५ को सरकारमा सरी सकेको हुनाले वादी दावी बमोजिम जग्गामा वादीको दावी पुग्न नसक्ने भन्ने उल्लेख गरेको र क्षतिपूर्तितर्फ अदालतबाट लेखी पठाउने गरेको कोशी अञ्चल अदालतको बढी बूँदा देखिन्छ भन्ने डिभिजन बेञ्चबाट निर्णय गरेको पनि मिलेकै देखिन्छ ।

     ३३.  कोशी अञ्चल अदालत उपर पुनरावेदन गर्दा मुद्दा परी सकेपछि जारीभएको विर्ता उन्मूलन ऐनको गलत प्रयोग गरी मेरो हक नगराई दिएको चित्त बुझेन भन्ने वादीको पुनरावेदन जिकिरतर्फ डिभिजन बेञ्चबाट निर्णय हुँदा वादी अदालतमा प्रवेश भएको मितिसम्म विवाद उठेको सम्पत्तिमा सो भन्दा पछि कानूनी व्यवस्था भई अन्य कुनै स्थिति उत्पन्न हुन आउँछ भन्ने सो कुरा सम्बन्धित कानून बमोजिम नै हुने विषय हुन जान्छ भन्ने उल्लेख गरी दर्ता भइसकेको कलमको हकमा विर्ता उन्मूलन भई रैकरमा दर्ता हुनु नै पर्ने भएकोले सो दर्ता पनि यथावतै रहने देखिन्छ ठहर्छ भन्ने ठहर भएको हकमा विचार गर्दा ०११ सालमा प्रस्तुत मुद्दा दायर भई सकेपछि जारी भएको विर्ता उन्मूलन ऐन, २०१६ ले गरेको कानूनी व्यवस्थाले के कस्तो हुने अथवा गर्नुपर्ने हो त्यस सम्बन्धमा सो विर्ता उन्मूलन ऐन जारी हुनु भन्दा अगाडि नै अदालतमा फिराद दर्ता भई विवाद उठेको प्रस्तुत मुद्दामा कुनै विचार गर्न नमिल्ने र मुद्दा अदालतमा दायर हुँदाको अवस्थाको कानूनी स्थितिलाई नै हेरी निर्णय गर्नुपर्ने भएकोले दर्ता भइसकेको कलमको हकमा विर्ता उन्मूलन भई रैकरमा दर्ता हुनुपर्ने नै भएकोले सो दर्ता पनि यथावतै रहने देखिन्छ भनी विर्ता उन्मूलन ऐनको आधार लिई वादीले आफ्नो फिराद दावीमा दावी नै नगरेकोमा दर्ता यथावतै रहने भनी दर्ताको सम्बन्धमा गरेको निर्णय र साथै कोशी अञ्चल अदालतको फैसलाले आवाद गरिसकेको भनेको र दर्ता गरिसकेको छ भन्ने रैतीलाई निकाल्न नमिल्ने हुनाले अब थप नयाँ अवाद गर्न पाउँदैन भनी प्रतिवादीलाई सुनाई दिने आवाद भइसकेको जग्गा तर्फ लगत खडा गर्न मालमा पठाई दिने गरेको निर्णय मिलेको छैन भनी ठहर गर्नुपर्नेमा सो नगरेको सम्म डिभिजन बेञ्चको उक्त निर्णय मिलेको देखिएन ।

     ३४.  अरू माथि उल्लेख गरे अनुसार वादीले लामोहर गरी पाएको मोरङ प्र.मानगढ मौजे भुलके जङ्गलको ५० बिगाहा जग्गा वादीको हक सदर कायम गर्ने गरेको डिभिजन बेञ्चको ०३०।३।३।१ को इन्साफ मनासिव ठहर्छ भन्ने ०३४।१२।२२।३ को फुल बेञ्चको फैसला ।

     ३५.  निवेदक वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले वादीले जङ्गल विर्ता पाएको नभई प्रति जग्गा विर्ता पाएको लालमोहर भएको मेठबन्दीबाट वादीले विर्ता पाएको जग्गाको किल्ला प्रष्ट देखिन आउँछ । वादीको जग्गा फिराद पर्दाको अवस्थामा विभिन्न पलटमा नापी नभएको हुँदा यो यो प्रतिवादीले यति यति जग्गा खिचोला गर्‍यो भनी उल्लेख गर्न सकिने स्थिति थिएन भन्ने बहस प्रस्तुत गर्नुभयो र निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता गणेशराज शर्माले वादीले यो समयमा यो प्रतिवादीले यति जग्गा खिचोला गर्‍यो भनी किटानी साथ फिरादमा उल्लेख गर्न नसकेकोले वादीको फिराद खारेज हुन पर्छ फिराद पर्नु अघि नै प्रतिवादीहरूले अवाद दर्ता गरी भोगचलन गरेकोले वादीको जग्गा खिचोला गरेको छैन भन्ने बहस प्रस्तुत गर्नुभयो र प्र.मध्येका रङ्गनाथतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले र रङ्गनाथले जग्गा चापेको भनी वादी समेतले उल्लेख गर्न सकेको छैन र रङ्गनाथ पेटबोलीबाट बुझिएकोसम्म हो वादीको जग्गा खिचोला गरेको छैन भन्ने बहस प्रस्तुत गर्नु भयो ।

     ३६.  यसमा निवेदक वादी कृष्णप्रसाद शर्मा र निवेदक प्रतिवादी ख.अभिनारायण समेतले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनमा मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हु.प्र.बमोजिम निर्णथार्थ बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा १९९७ साल बैशाख सुदी १२ मा सन्तान दरसन्तान भोगचलन गर्न पाउने गरी दान पाई भुलके जङ्गल जग्गा बिगाहा ५० को २००४।५।२।२ मा लालमोहर सनद गरी पाएको सो जग्गा मध्ये अन्दाजी ९ बिगाहा जग्गा भीमकुमारीले र अन्दाजी ४ बिगाहा ख.अभिनारायण श्रेष्ठले अन्दाजी ४।। बिगाहा रामचन्द्र काफ्लेले अन्दाजी ६।। बिगाहा रघुनाथ रिजालले र अरू जग्गा अरू प्रतिवादीहरूले आवाद गरी खिचोला गरेको हुनाले लालमोहर मेठबन्दी भित्रको जग्गा मेरो हक सदर थामी पाउँ भन्ने प्रस्तुत मुद्दामा वादीको दावी भएकोले वादी दावीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको हो होइन भनी निर्णय गर्नुपर्ने विषय हुन आएको छ । प्रतिवादी मध्ये मैयाँ भीमकुमारीले ०५ सालमा हाल अवादीमा दरखास्त गरेको ०११ साल कार्तिकमा नम्बरी भएको भन्ने र प्रतिवादी मध्ये ख.अभिनारायणले निज मैयाँ भीमकुमारीबाट राजीनामा गराई लिएको भनेको र प्र.रघुनाथ रिजालले मेरो आफ्नो जग्गा भोग गरेको छु वादीको जग्गा थाहा छैन भन्ने र प्र.रामचन्द्र काफ्लेको हकमा ०८।८।२१ मा हाल आवादीमा दरखास्त दिई ढालफाँड गरी भोगचलन गरेको भन्ने पृथकपृथक जिकिर लिएको देखिन आउँछ । वादी पं.होमनाथले विर्ता दान पाएपछि मोरङ जिल्ला भुलकेको सो जग्गा समेतको मेठबन्दी गरी जग्गा छुट्याउँदा २००२ सालमा भएको भनी हाल सर्वे गोश्वाराबाट प्रप्त हुन आएको शुरू नक्सामा प्लट नं. ३ साहेवज्युको पैनी देखि दक्षिण गोलापरासी आवादी देखि पूर्व वेलेपुर आवादी देखि पश्चिम प्लट नं. ३ मा पं.होमनाथ भनी लेखिएको देखिन आएको र हाल प्रस्तुत मुद्दाबाट भएका आदेश बमोजिम अदालतद्वारा ०२८ साल मार्ग २६ गते भएको नक्सामा पनि गोलापरासी आवादी देखि पूर्व र साहेवज्यूको पैनी देखि दक्षिणतर्फको जग्गामा नै झगडा परेको देखिन आएकोले उक्त वादीले पाएको लालमोहरमा उल्लिखित मेठबन्दीको किल्ला भित्रैको जग्गामा हाल झगडा परेको देखिन आएको छ । सो झगडा परेको जग्गालाई प्रतिवादीहरू कसैले हाल आवादी दर्ता गराएको र कसैले दर्ता गर्न दरखास्त दिइरहेको र कसैले आफ्नो पुरानो लम्बरी भनी जिकिर गरेको देखिन्छ तापनि ९७ सालमा वादीले पर्ति कायम भई विर्ता पाएको जग्गा त्यसपछि कसैले हाल आवादीमा दरखास्त दिएको वा दर्ता गराएको भन्ने हकमा एकाले हक प्राप्त गरिसकेको जग्गालाई अर्कोले हाल आवादी दर्ता गर्न पाउने कानूनमा व्यवस्था नभएको र आफ्नै पुरानो लम्बरी हो भन्ने हकमा पनि लालमोहर मेठबन्दी समेतबाट पर्ति बाँझो जग्गा देखिन आएको र त्यस्तो वादीको हकको जग्गालाई मेरो पुरानो साविक दर्ताको भन्ने प्रतिवादीको जिकिर मनासिव देखिन आएन प्रतिवादीहरूले आफ्नो प्रतिउत्तरपत्रमा वादीको मञ्जूरी लिई जग्गा आवाद गरेको वा वादीको हक टुटाई लिई जग्गा आवाद गरेको भन्ने जिकिर लिन सकेको नदेखिएको र वादीले पाएको लालमोहर सनद भित्रको जग्गा विभिन्न बहानाबाट आवाद गरी भोगचलन गरेको देखिन आउँछ । प्रस्तुत मुद्दाको फिरादपत्र ०११ साल चैत्र २२ गतेमा दर्ता भई मुद्दाको कारवाही हुँदाहुँदै जारी भएका कानूनको स्थिति अनुसार व्यवहार बदलिँदै गएको देखिन आए पनि इन्साफको निरोपण गर्दा नालिस परेकै अवस्थालाई विचार गरी निरोपण गर्नुपर्ने र पछि भएको कानूनद्वारा बदलिँदै गएको व्यवहारको सन्दर्भमा वादीको हकमा प्रतिकूल असर पर्ने गरी बदलिएको देखिन नआएको हुनाले नालिस परिसकेपछि जारी हुन आएका विर्ता उन्मूलन ऐन तथा जग्गा नाप जाँच ऐनको स्थितिको हकमा प्रस्तुत मुद्दाको फैसला बमोजिम हुँदै जाने हुनाले झगडा परेको जग्गाको हकमा अदालतद्वारा भई आएको ०२५ साल माघ १९ गतेको नापी नक्साबाट देखिन आएको न.नं. १ कित्तामा तेजबहादुर मगरको स्वास्नी विष्णुमायाले उब्जा बाली खाने गरी आएको जग्गा बिगाहा १४ को कित्ता १, न.नं. २ प्र.अभिनारायणले आफैं जोतफोड गरी उब्जा बाली खाने गरी आएको जग्गा बिगाहा २३ को कित्ता १ न.नं. ३ टुनु झाँगडले ढालफाँड गरी उब्जा बाली लगाएको प्र.अभिनारायणले मेरो नम्बरी भनी समुच्चा बाली खाने गरी आएको जग्गा बिगाहा ०१० को कित्ता १ न.नं. ४ मा मायाँ झाँगड समेत बसेको टोल बस्ती बिगाहा ०० को कित्ता १ न.नं. ५ मा बुध्दु झाँगडले बाली लगाएको त्यसको समुच्चा आयस्ता प्र.मैयाँ भीमकुमारी शाहले मेरो नम्बरी भनी खाई आएको जग्गा बिगाहा १० को कित्ता १ न.नं. ६ मा मंगरा झाँगड चौधरी झाँगडले ढालफाँड गरी बाली लगाई आएको त्यसको आयस्ता मैया भीमकुमारी शाहले मेरो नम्बरी पनि खाने गरी आएको जग्गा बिगाहा २१० को कित्ता १ न.नं. ७ मालतो झाँगडले ढालफाँड गरी जोतेको आयस्ता प्र.अभिनारायणले खाने गरी आएको जग्गा बिगाहा ३१० को कित्ता १ न.नं. १० मा ह.दुर्गाबहादुर राउत बसिरहेको घर आँगनको जग्गा बिगाहा ०० को कित्ता १ न.नं. ११ मा प्र.रामचन्द्रको स्वास्नी र छोराहरू बसेको घर आँगन जग्गा बिगाहा १० को कित्ता १ न.नं. १२ को जग्गा बिगाहा १०१० मा प्र.रामचन्द्र काफ्लेले ढालफाँड गरी आवाद गरेको हाल निजकी पत्नी छोराहरू र निजको ज्वाँई ह.दुर्गाबहादुर राउत र निजको साडोभाइ गोविन्दप्रसाद उपाध्याय समेतले कमाई भोगी आएको कित्ता १ न.नं. १४ को जग्गा बिगाहा ९१७० न.नं. १२ मा लेखिए बमोजिमका व्यक्तिहरूले ढालफाँड गरी भोग गरेको कित्ता १ न.नं. १५ मा जग्गा बिगाहा १७१३१० न.नं. १७ मा जग्गा बिगाहा ०१५१० न.नं. १८ मा जग्गा बिगाहा ४५ समेत कित्ता ३ को जग्गा बाली प्र.रघुनाथ रिजालले खाई आएको कित्ता १ न.नं. १९ मा तेजबहादुर मगरकी स्वास्नी विष्णुमायाले ढालफाँड गरी उब्जा बाली खाएको जग्गा बिगाहा ०५ को कित्ता १ समेतका उपरोक्त लेखिए बमोजिमका कित्ताकित्ताको जग्गा उपरोक्त लेखिए बमोजिमका व्यक्तिहरूले भोगी चर्ची आएको देखिन आएकोले वादी दावी बमोजिम खिचोला गरेकै ठहरिन आउँछ । उपरोक्त लेखिए बमोजिम वादीले लालमोहरद्वारा पाएको जग्गाको मूल अङ्कमा केही घटीबढी देखिन आए पनि मेठबन्दी सीमाना भित्र बाटो खोलो पैनी समेत भएको देखिन आएकोले सो खोलो बाटो पैनी यथास्थितिमा कायम राखी साँध किल्ला भित्र नरघटी नरबढी भएकोमा वादीले व्यहोर्नु पर्ने हुन आउँछ ।

     ३७.  यस सम्बन्धमा प्रतिवादीहरूतर्फका विद्वान अधिवक्ता गणेशराज शर्माले बहस गर्दा वादीको दावी प्रष्ट किटानी नभएको र धेरै जना प्रतिवादी उपर एउटै फिरादपत्र भएको हुनाले वादी दावी खारेज हुनुपर्छ भनी बहस जिकिर गर्नुभएको हकमा वादीले आफूले हक प्राप्त गरेको लालमोहरको व्यहोरा दर्शाई नालिस गरेको र लालमोहरको ४ किल्ला भित्रका एकै पलट समुच्चा जग्गा भएको र माथि लेखिएका प्रतिवादीहरूबाट ढालफाँड आवाद गरी समुच्च जग्गा गुम हुन गएको विषयमा जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने दावी गरेको एउटै जग्गाको विवादको विषय देखिन आएको र यस अदालतबाट यसै मिसिलबाट जो बुझ्नु पर्ने बुझी निर्णय गर्नु भनी ०१३।१२।१।५ मा फैसला भएकोले समेत दावी प्रष्ट र किटान नभएकोले खारेज हुनुपर्छ भन्ने विद्वान अधिवक्ताको बहस जिकिर युक्तिसंगत देखिन आएन ।

     ३८.  तसर्थ भई आएको नक्साबाट वादीले जग्गा पाउँदा प्रति बाँझो जग्गा पाएको देखिन आए पनि समुच्चै जग्गा हाल बाँझो प्रति नभई ढालफाँड आवाद गुल्जार भई घर धुरी गाउँ बस्ती समेत भएकोले देखिन आएकोले घर धुरी गरी बस्नेका हकमा घर धुरीतर्फ वादीको दावी नभएकोले त्यसतर्फ यस मुद्दाबाट विचार गरिरहन परेन । आवाद गरी बाली खाएतर्फ प्रतिवादीहरू मध्ये कसैले हाल आवादी र राजीनामा समेतबाट पाई ढालफाँड आवाद गुल्जार गरी खाई भोगी आएको देखिन आएको र वादीले विर्ता पाएको प्रति बाँझो जग्गा भएको र हाल सबै जग्गा आवादीमा परिणत भइसकेको हुनाले आवाद गुल्जार गरी बाली खाने व्यक्तिसँग नालिस परेको मितिदेखि यो फैसला भएको मितिसम्मको बाली बिगो समेतमा वादीले पछि दावी गर्न पाउने अवस्था नरहने र यो फैसलाबाट जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहरी वादीको हक कायम हुन आएकोले अब उप्रान्त आफ्नो हक पुगेको उपर्युक्त लेखिए बमोजिम प्र.हरूले खिचोला गरेको ठहर्न आएको जग्गा बाली कानून बमोजिम भोगचलन गर्नु भनी वादीलाई सुनाई दिने ठहर्छ । अरू तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथी इन्साफ खण्डमा निवेदक वादी कृष्णप्रसाद शर्माको दावी बमोजिम प्रतिवादीहरूले जग्गा खिचोला गरेको ठहरेकोले निजलाई कोशी अञ्चल अदालतबाट तजवीजी रू.२। जरिवाना गरी सो जरिवाना पुनरावेदन गर्दा राखेको धरौटी रकमबाट सदर स्याहा गरेको देखिएकोले जरिवाना नलाग्ने हुँदा कानूनको रीत पुर्‍याई फिर्ता दिन मो.जि. अ.मा लेखी पठाई दिन का.जि. अ.त.मा लगत दिने........................१

निवेदक वादी कृष्णप्रसाद शर्माके निजले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.७८। र अघि फुल बेञ्चबाट मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी रू.५२ समेत जम्मा रू.१३०। देहायका प्रतिवादीहरूबाट भरी पाउने हुँदा भरी पाउँ भन्ने प्र.को जायजात देखाई ३ वर्ष भित्र दरखास्त गरे दस्तूर केही नलिई बराबरका दरले देहायका प्रतिवादीबाट वादीलाई भराई दिने ऐ.ऐ.....................२

मोरङ हरैचा बस्ने प्र.अभिनारायण श्रेष्ठ १, ऐ.ऐ.गोलापरासी बस्ने प्र.मैया भीमकुमारी देवी १, ऐ.ऐ.भुल्के बस्ने रामचन्द्र काफ्ले १, मोरङ विराटनगर बजार बस्ने रघुनाथ रिजाल १, ऐ.ऐ.हरैचा हात्तिसार बस्ने भगलु थारू १, ऐ.ऐ.बस्ने सु.जोखन थारू २, ऐ.ऐ.बस्ने अलोपी थारू १, ऐ.ऐ.बस्ने लैनमान थारू १, ऐ.ऐ.पैनी पारी बस्ने गङ्गाप्रसाद शर्मा १

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. त्रैलोक्यराज अर्याल,

न्या. बब्बरप्रसाद सिंह,

न्या. घनानाथ पन्त

 

माननीय न्यायाधीश श्री हेरम्बराजको राय

     ३९.  लालमोहरको किल्ला नं. १ को पिलरको पूर्व दक्षिण भाग पैनीको डिलमा गज ८५ को फिट २५५ मा २ नं. को किल्ला २ नं. को किल्लाको पश्चिम भाग भई शाहेवज्यूको पैनिको डिलै पैनीको छेउमा गज ३४८ को फिट १०४४ मा ३ नं. किल्ला । ३ नं. किल्ला देखि पूर्व मोहोडा गरी जुडी खोलाको पूर्व डिलमा गज २५५ को फिट ७६५ मा ४ नं. किल्ला । ४ नं. को किल्लाबाट दक्षिण मोहोडा गरी खोलै खोला । गज ५०१ को फिट १५०३ मा ५ नं. को किल्ला । ५ नं. किल्लाबाट पूर्व मोहोडा गरी गज ३९१ को फिट ११७३ मा ६ नं. को किल्ला । ६ नं. को किल्ला देखि उत्तर मोहोडा गरी गज ८२४ को फिट २४७२ मा ७ नं. को किल्ला । ७ नं. किल्ला देखि पूर्व मोहोडा गरी बेलेपुरको हाल सलकपुरको आवादी छेउ गज २५३ को फिट ७५९ मा ८ नं. को किल्ला । ८ नं. को किल्ला देखि पश्चिम उत्तर मोहोडा भई गज १३० को फिट ३९० मा ९ नं. को किल्ला । ९ नं. को किल्लाबाट सिधा पश्चिम गज ६४८ को फिट १९४४ मा प्रथम १ नं. किल्लामा जोडिएको भनी नक्सा भएको भित्र फिराद परेको समयमा भीमकुमारी, अभिनारायणतर्फ ११ साल कार्तिकको दर्ताको म्यादभित्रै उजूर परेको पर्तिको लालमोहर हुँदा रघुनाथ रिजालको साविक दर्ता आवादी गरेको नदेखिने र रामचन्द्र समेतको दर्ता नभएकोले प्रतिवादीको हक पुग्दैन।

     ४०.  माथि नक्सा खण्डमा उल्लिखित लालमोहरको ४ किल्ला भित्रका नक्सा नं. १ को जग्गा मृगौलीया गा.पं.वर्डा नं. ९ मा परेको भन्ने हरैचा गा.पं.वार्ड नं. ७ क.को नक्साबाट देखिएको क्षेत्रफल ०० नक्सा नं. २ पैनी क्षेत्रफल ९ कठ्ठा । नक्सा नं. ३ हाल सर्भे कित्ता नं. २ को जग्गा उदयबहादुर बस्नेतको नम्बरी भनी फिल्डबुकमा जनिएको हाल क्षेत्रफल २ बिगाहा ३ कठ्ठा नक्सा नं. ४ हाल सोही कि.नं. ३ मा जग्गाधनी उदयबहादुर बस्नेत त्यसको क्षेत्रफल ११४१० नक्सा नं. ५ सर्भे कि.नं. ५ जग्गाधनी उदयबहादुर बस्नेत त्यसैको क्षेत्रफल ११५१० नक्सा नं. ६ सर्भे कि.नं. मा प्रति जनिएको । त्यसको क्षेत्रफल ०१५ नक्सा नं. ७ सर्भे कि.नं. १२६ जग्गाधनी अग्नीप्रसाद क्षेत्रफल ११० नक्सा नं. ८ सर्भे कि.नं. नभई प्रति क्षेत्रफल ०१४० नक्सा नं. ९ सर्भे कि.नं. ७ जग्गाधनी महालक्ष्मी उप्रेती क्षेत्रफल २१० नक्सा नं. १० सर्भे कि.नं. ८ धनी टिकाप्रसाद उप्रेती क्षेत्रफल ०१५, नक्सा नं. ११ सर्भे कि.नं. ९ जग्गाधनी टिकाप्रसाद उप्रेती क्षेत्रफल ११७१० नक्सा नं. १२ सर्भे कि.नं. १० ज.ध.लिलाप्रसाद उप्रेती क्षेत्रफल ११०० नक्सा नं. १३ सर्भे कि.नं. छैन पर्ति क्षेत्रफल ०१९५ । नक्सा नं. १४ सर्भे कि.नं. ११ जग्गाधनीमा विष्णुकुमारी र जोखन थारूको झगडा जनिएको क्षेत्रफल ३० नक्सा नं. १५ सर्भे कि.नं. १२ ज.ध.मा विष्णुकुमारी जोखनको झगडा क्षेत्रफल ०१५ । नक्सा नं. १६ सर्भे कि.नं. १४ ज.ध.मा विष्णुकुमारी जोखनको झगडा क्षेत्रफल ०१५ । नक्सा नं. १७ सर्भे कि.नं. १५ ज.ध.मा ऐको झगडा क्षेत्रफल ०१५ नक्सा नं. १८ नं. सर्भे कि.नं. १३ ज.ध.मा ऐ.झगडा क्षेत्रफल ०० न.नं. १९ सर्भे कि.नं. १७ ऐ.ऐ.झगडा क्षेत्रफल ०२ न.नं. २० सर्भे कि.नं. १८ ज.ध.ऐ.झगडा क्षेत्रफल ०१७० नं. २१ सर्भे कि.नं.१९ ऐ.झगडा क्षेत्रफल ०५ नक्सा नं. २२ सर्भे कि.नं. १६ ऐ.झ.क्षेत्रफल ५१५५ नक्सा २३। सर्भे कि.न.ं २० ज.ध.ऐ.झगडा क्षेत्रफल १० । नक्सा नं. २४ सर्भे कि.नं. २१ ज.ध.मा अभिनारायण दर्ता भई झगडा जनिएको क्षेत्रफल १० । नक्सा नं. २५ सर्भे कि.नं. छैन बाटो हो क्षेत्रफल ०१५१० । नक्सा नं. २६ मा पैनी क्षेत्रफल १० । नक्सा नं. २७ मा पर्ति क्षेत्रफल ०११५ । नक्सा नं. २८ सर्भे कि.नं. ५२ कुलप्रसादको हाल वादी दर्ता नभएको क्षेत्रफल ११८० । नक्सा नं. २९ सर्भे कि.नं. ५३ ज.ध.गङ्गाप्रसादको हाल आवादी दर्ता नभएको क्षेत्रफल ०१५० । न.नं. ३० सर्भे कि.नं. ५४ सर्भे नापीमा दर्ता नभई खाली क्षेत्रफल ११०० । नक्सा नं. ३१ जुडी खोला क्षेत्रफल १० । नक्सा नं. ३२ सर्भे कि.नं. ५५ सर्भे डोरले २५।७।१४।२ को पर्चा गरी तेरो मेरो जनाएको क्षेत्रफल ११०० । नक्सा नं. ३३ सर्भे कि.नं. ५९ ज.ध., राजेन्द्रप्रसाद रिजाल क्षेत्रफल ०० । नक्सा नं. ३४ सर्भे कि.नं. ६० ज.ध.राजेन्द्रप्रसाद रिजाल क्षेत्रफल ०१० । नक्सा नं. ३५ सर्भे । कि.नं. ५० ज.ध.गोविन्दप्रसादको हाल आवादी क्षेत्रफल ३० । नक्सा नं. ३६ सर्भे कि.नं. ६४ ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल २१७ ।।.। नक्सा नं. ३७ सर्भे कि.नं. ६३ ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल ०१५५ । नक्सा नं. ३८ सर्भे कि.नं. ६६ ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल ०१२१५ । नक्सा नं. ३९ सर्भे कि.नं. ६५ ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल ११० नक्सा नं. ४० सर्भे कि.नं. ४७ जग्गाधनी ख्यामावती घिमिरे क्षेत्रफल ११६५ । नक्सा नं. ४१ सर्भे कि.नं. ५१ जग्गाधनी रोहिणीकुमारीको हाल आवादी क्षेत्रफल ११०० नक्सा नं. ४२ सर्भे कि.नं. ४९ कुलप्रसाद घिमिरेको हाल आवादी क्षेत्रफल ११२० । नक्सा नं. ४३ सर्भे कि.नं. ४८ ख्यामावती घिमिरे दर्ता क्षेत्रफल ०७ नक्सा नं. ४४ सर्भे कि.नं. ११४ ज.ध.मनमाया लुईटेल क्षेत्रफल ०१० । नक्सा नं. ४५ सर्भे कि.नं. ४६ जग्गाधनी मनमाया लुईटेल क्षेत्रफल ०१० । नक्सा नं. ४६ सर्भे कि.नं. ४५ जग्गाधनी सावित्रिदेवी क्षेत्रफल ०१५ । नक्सा नं. ४७ सर्भे कि.नं. ११५ ज.ध सावित्रिदेवी क्षेत्रफल ०५ । नक्सानं. ४८सर्भे कि.नं. ११६ जग्गाधनी हर्षमाया घिमिरे भनी फिल्डबुकमा जनिएको क्षेत्रफल ०१७ । नक्सा नं. ४९ सर्भे कि.नं. ११७ जग्गाधनी अम्बिकादेवी जनिएको क्षेत्रफल ०१५ । नक्सा नं. ५० सर्भे कि.नं. ४४ ज.ध.हर्षमाया घिमिरे क्षेत्रफल ०० । नक्सा नं. ५१ सर्भे कि.नं. ४३ ज.ध.अम्बिकादेवी क्षेत्रफल ०० । नक्सा नं. ५२ सर्भे कि.नं. ६८ ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल ०१०८ । नक्सा नं. ५३ सर्भे कि.नं. ६९ ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल ०१२० नक्सा नं. ५४ सर्भे कि.नं. ४२ ज.ध.ईन्द्रबहादुर काफ्ले क्षेत्रफल २१३५ न.नं. ५५ सर्भे कि.नं. ७० ज.ध.माधवप्रसाद बजगाई क्षेत्रफल ०१८ न.नं. ५६, सर्भे कि.नं. ४० ज.ध.इन्द्रबहादुर काफ्ले क्षेत्रफल ०० माथि उल्लिखित सर्भे कित्ता नं. हरू मोरङ हरैचा गा.पं. वडा नं. ७ क.को फिल्डबुक बमोजिम उतार गरी कैफियत जनिएको समेत जग्गाधनी देखिन आएको भनी २०२८ सालमा माघ २६ गते रोज ४ मा नक्सा मुचुल्का भएको देखिन्छ उक्त नक्सा मुचुल्का अनुसारको जग्गा वादीका हकको जग्गा भएको देखिएकोले वादीको हक ठहर्‍याएको माननीय सहयोगी न्यायाधीशहरूको रायमा म सहमत छु ।

 

इति सम्वत् २०३६ साल माघ २५ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु