सर्वोच्च अदालतको
आवश्यकता सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०६७।४।२०
यस अदालतमा देहायको पदको कर्मचारी आवश्यकता भर्ई सेवा करारमा लिनुपर्ने भएको हुँदा देहाय वमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिन भित्र आफ्नो शैक्षिक पत्रको प्रतिलिपि सहित सर्वोच्च अदालतमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अनुभविलाई विशेष ग्राह्यता दिइने छ ।
१) पद :सिभिल इन्जिनियर
२) पद संख्या :१(एक)
३) न्यूनतम शैक्षिक योग्यता :B.E. (Civil Engineering )
४) अनुभव :भवन निर्माण सम्बन्धी कार्यमा कम्तिमा २ वर्ष काम गरेको हुनु पर्ने तथा Software मा Office Package, Auto CAD र SAP सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने ।
५) छनौट प्रकृया :अन्तर्वाता
६) करार अवधी :न्यूनतम १ वर्ष (समय व्यतित भएपछि नविकरण हुन सक्ने)
पुनश्चः अन्तरवार्ता मिति दरखास्त दिने मिति समाप्त भएपछि प्रकाशित गरिनेछ ।